24 Jestha, 2077 | June 06, 2020
Menu

राजनीति

एमाओवादी बहिष्कारले सर्वदलीय बैठक निष्कर्षहीन

  • बुधबार ३ बैशाख, २०७१
  • बालकृष्ण अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं-सत्तासाझेदार दल र प्रमुख विपक्षी एमाओवादीबीच समझदारी जुट्न नसक्दा २६ सभासद मनोनयन तथा अन्य महत्वपूर्ण निर्णय प्रक्रिया लम्बिने देखिएको छ।
एमाओवादीले फुजेल प्रकरणमा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता माग्दै मंगलबारको सर्वदलीय बैठक बहिष्कार गरेपछि दलीय सहमतिका आधारमा गर्नुपर्ने निर्णय प्रभावित हुने भएको हो।

यसको प्रभाव संविधानसभामा पनि पर्ने भएको छ। आगामी ५ गतेभित्र गरिने भनिएको संविधानसभाअन्तर्गतका समितिका सभापतिको चयन पनि एमाओवादी बहिष्कारकै कारण पछि धकेलिँदै छ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी सहभागी नभएकाले बैठकमा ठोस निर्णय नभएको जानकारी दिए। 'प्रमुख प्रतिपक्षी नै उपस्थित नभएपछि सभासद मनोनयन तथा सभापति चयनबारे ठोस निष्कर्षमा पुगेनौं,' उनले भने।

पौडेलले एमाओवादीलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको र उसको सहभागितामा पुनः बैठक बस्ने जानकारी दिए। 'फुजेल हत्याकाण्ड कानुनी प्रक्रियाअनुसार अघि बढेको हो,' पौडेलले भने, 'सरकार कुनै दललाई नियतवश कारबाही गर्ने मुडमा छैन।'

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीसहितका दलले एमाओवादीले सर्वदलीय बैठक बहिष्कार गरेकोमा असन्तुष्टि जनाएका छन्। नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले प्रमुख प्रतिपक्षी सहभागी नहुँदैमा सबै निर्णयप्रक्रिया रोक्नु ठीक नभएको धारणा राखे। 'प्रमुख प्रतिपक्षलाई प्रतिपक्षमा नै बस्न दिनुपर्छ,' उनले भनेे, 'दण्डहीनतालाई प्रश्रय दिनु हुँदैन।'

संविधान निर्माणलाई देखाएर दलहरू क्षेत्रीय र जातीय राज्य माग्नेदेखि मानवताविरोधी अपराध गर्नेलाई पनि छुन पाइँदैन भन्दै बार्गेनिङमा उत्रिएको आरोप राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले लगाए। उनले भने, 'अपराधीलाई छुनै पाइँदैन भन्ने होइन, कारबाही हुनुपर्छ।' दलहरूको आआफ्नै अडानका कारण समयमै संविधान बन्ने सम्भावना कम हुँदै गएको बताउँदै उनल थपे, 'प्रमुख प्रतिपक्षको सरकारसँग गुनासो होला तर संविधानसम्बन्धी सर्वदलीय बैठकमा नआउनु उपयुक्त भएन।' कांग्रेस उपसभापति पौडेलले पनि संविधान निर्माणमा पक्ष–विपक्षमा उभिनु उचित नहुने धारणा सबैतिरबाट आएको बताए, 'संविधान निर्माणको काम दलविशेषका कारण रोकिनु नहुनेमा सबैको जोड छ।'

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षबिनाको निर्णयले निकास नदिने भएकाले एमाओवादीसमेतको सहभागितामा बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए। 'एमाओवादीलाई सहमतिमा ल्याएर अर्को बैठक बोलाउन भनेका छौं,' महतोले भने।

उनले मुलुकको संक्रमणकालीन अवस्थाको अन्त्य नियम–कानुन पालनाले मात्र सम्भव नहुने दाबी गरे, 'नियम–कानुनको मात्र पछि लाग्दा शान्तिप्रक्रिया पूरा नहुन सक्छ, राज्य र दल मिलेर यसबारे स्पष्ट पार्नुपर्छ।'

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षीबिना बैठकले सहमति निर्माण गर्न नसक्ने दाबी गर्दै एमाओवादीको मागमा अन्तरिम संविधान र कानुनभित्र रहेर समाधान खोज्नुपर्ने बताए। थापाले दलहरूले हैसियतअनुसार संविधानसभाअन्तर्गतका समिति सभापति र मनोनीत हुन बाँकी २६ सभासद पाउनुपर्ने बताए। 'सीमित दलहरूले मात्र भागबन्डा गरे संविधान निर्माणको वातावरण बिग्रन सक्छ,' उनले भने।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आफूहरू दलीय सहमतिकै आधारमा अघि बढ्न तयार रहेको धारणा राखे। समिति सभापति तथा सभासद मनोनयनमा साझा धारणा बनाउन एमाओवादीसमेतको सहमतिमा बैठक डाकिएको दाबी उनीहरूले गरे। 'दलहरूको मागअनुसार नै बैठक राखिएको हो,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै सद्भावना अध्यक्ष महतोले भने, 'उहाँहरु (एमाओवादी) सरकारी वार्तामा पो नआउने भन्नुभएको थियो, सर्वदलीय बैठकमा किन आउनुभएन?'

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माले) महासचिव सीपी मैनालीले फुजेल प्रकरणमा मुद्दा अघि बढाइएको बारे सत्तारूढ दलहरूलाई समेत थाहा नभएको बताएका थिए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।