Wednesday 21 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

मुद्दा फिर्ता गराउन एमाओवादी आन्दोलित

(0 votes)
काठमाडौं-एनेकपा माओवादीले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना १३ कार्यकर्ताविरुद्ध दायर मुद्दा फिर्ता लिन माग गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले आन्दोलनको निर्णय गरेको हो।


सोही निर्णयअनुरूप मंगलबार एमाओवादी कार्यकर्ताले चितवनमा विरोध प्रदर्शन गरेका थिए। बैठकले बुधबार चितवन र गोरखा तथा बिहीबार देशव्यापी प्रदर्शनको कार्यक्रम तय गरेकोे नेता पोस्टबहादुर बोगटीले जानकारी दिए। उनका अनुसार बिहीबारसम्म पहिलो चरणका विरोध कार्यक्रम हुनेछन्। बोगटीले भने, 'पहिलो चरणमा सांकेतिक विरोध मात्रै गर्दै छौं, माग सम्बोधन नभए थप कार्यक्रम आउनेछन्।'

एमाओवादीले कृष्णप्रसाद प्रकरणमा आफ्ना माग सम्बोधन नभए बुधबारको व्यवस्थापिका संसद् बैठक अवरुद्ध गनर्ेे जनाउ दिइसकेको छ। बुधबार बिहानको संसदीय दल बैठकले यसबारे निर्णय लिने बोगटीले बताए।

बिहीबारसम्म माग पूरा नभए नेकपा–माओवादीसहितका दलसँग मिलेर देशव्यापी सडक आन्दोलनमा उत्रने चेतावनी एमाओवादीले दिएको छ। यसअघि विभाजनको २१ महिनापछि यी दुई पार्टीले फागुन २९ मा स्थानीय निकाय निर्वाचनको विरोध गर्दै संयुक्त विज्ञप्ति निकालेका थिए। कृष्णप्रसाद अधिकार हत्या प्रकरणमा पनि दुई माओवादीको समान धारणा छ। एमाओवादीले द्वन्द्वकालका सबै घटना सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत समाधान गर्नुपर्ने बताउँदै आएको छ।

मुद्दा चलाइएको विरोधमा एमाओवादीले मंगलबार प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। सोमबारको तीन दलीय बैठक पनि एमाओवादी नेताले १० मिनेटमा आफ्ना धारणा राखी बहिष्कार गरेका थिए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुद्दा फिर्ता नलिएसम्म पार्टी कुनै पनि बैठकमा सहभागी नहुने चेतावनी दिए।

गोरखा, फुजेल–७ का कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैद माग्दै सरकारी वकिलले आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। अधिकारीको ०६१ जेठमा चितवनमा गोली हानी हत्या भएको थियो। प्रहरीले मुद्दामा उल्लेख गरिएका १३ मध्ये ४ जनालाई पक्राउ गरेकोमा २ जना छुटिसकेका छन्। कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामाया हत्यारालाई कारबाही माग्दै चार महिनादेखि आमरण अनशनमा छन्।

राष्ट्रिय सम्मेलनलाई ६ समिति

एमाओवादी बैठकले जेठ १८ देखि विराटनगरमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ। यसका लागि नेता पोस्टबहादुर बोगटीको संयोजकत्वमा मूल व्यवस्थापन समितिसाथै अन्य पाँच समिति गठन गरिएका छन्।

वर्षमान पुनको संयोजकत्वमा सुरक्षा समिति, लीलामणि पोखरेलको संयोजकत्वमा आर्थिक संकलन समिति, दीनानाथ शर्माको संयोजकत्वमा प्रचार समिति, गोपाल किरातीको संयोजकत्वमा व्यवस्थापन समिति र हितराज पाण्डेको संयोजकत्वमा प्रशासनिक समिति गठन गरिएको बोगटीले जानकारी दिए। एमाओवादीले आन्तरिक विवाद समाधानका लागि भन्दै यसअघि नै राष्ट्रिय सम्मेलन घोषणा गरिसकेको थियो।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।