Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

राजनीति

प्रमको सर्वदलीय बैठकमा एमाओवादी अनुपस्थित

काठमाडौं - प्रधानमन्त्री सुशील कोइरालाले डाकेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले बहिस्कार गरेको छ। फुजेल काण्डको विषयमा आपत्ती जनाउँदै माओवादीले वार्ता बहिस्कार गरेका कारण प्रधानमन्त्रीले सहमतिका लागि डाकेको सर्वदलीय बैठक निष्कर्षहीन हुने देखिएको छ।
विस्तृतमा पढ्नुस्

सङ्घीयतालाई पाखा लगाउन स्थानीय निकायको निर्वाचन: उपाध्यक्ष गजुरेल

सुर्खेत- नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सङ्घीयतालाई पाखा लगाउनका लागि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिएको आरोप लगाएका छन्।
विस्तृतमा पढ्नुस्

राहदानीमा राहत, आवेदन सङ्कलन काउन्टर थपिए

 काठमाडौँ- सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आजदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ।
विस्तृतमा पढ्नुस्

फुजेल प्रकरण बल्झिँदै: प्रमले डाके सर्वदलीय बैठक

काठमाडौं - एकीकृत नेकपा माओवादीले हिजो तीन दलीय बैठक बहिस्कार गरेपछि कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइरालाले आज सर्वदलीय बैठक बोलाएका छन्।
विस्तृतमा पढ्नुस्

एमाओवादीको राष्ट्रिय सम्मेलन वैशाख १८ गते

काठमाडौं- एमाओवादीले वैशाख १८ गते बिराटनगरमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। सम्मेलन तयारीका लागि पाँच वटा उपसमिति बनाइएको छ। जसमा मूल व्यवस्थापक समितिमा पोष्टबहादुर बोग्टी, आर्थिक समितिमा लीलामणि पोखरेल,…
विस्तृतमा पढ्नुस्

नेपाली सेनामा अनियमितता : बिनाटेन्डर अर्बौंको सामान

काठमाडौं- महालेखापरीक्षकको प्रतिवेदनले नेपाली सेनाले नियम–कानुनविपरीत करोडौं रुपैयाँ खर्च गरेर सामान खरिद गर्ने गरेको देखाएको छ। महालेखापरीक्षकको ५१ औं प्रतिवेदनमा सेनाले सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत टेन्डर र गुरुयोजनाबिनै करोडौं पर्ने सामान सेनाले सीधै खरिद गर्दै आएको उल्लेख गरेको छ।
विस्तृतमा पढ्नुस्

धर्ममा लाग्नु राम्रो : पूर्वराजा शाह

सुनसरी- पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मले राष्ट्रको अखण्डता, एकता, सहुष्णुत र समाजिक भावनालाई अभिवृद्धि गर्ने बताएका छन्। सुनसरीको चतरामा जारी कुम्भ मेलामा बोल्दै पूर्वराजा शाहले धर्मले राष्ट्र र समाजलाई उजागर गर्ने बताए।
विस्तृतमा पढ्नुस्

सरकारको कार्यशैलीमा कांग्रेस सभासद असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसका सभासदले सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीका साथै मन्त्रीहरूको आलोचना गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको संसदीय दलको बैठकमा सभासदले सरकार गठन भएको दुई महिना बित्दासमेत जनताले नयाँ सरकार गठन भएको अनुभूति गर्न नसकेको…
विस्तृतमा पढ्नुस्

एमाओवादीद्वारा तीनदलीय बैठक बहिष्कार

काठमाडौं- एकीकृत नेकपा माओवादीले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा मुद्दा चलाइएको जनाउँदै तीन दलको बैठक बहिष्कार गरेको छ। नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीबीच सोमबार अपराह्न बालुवाटारमा बैठक बसेको थियो। 
विस्तृतमा पढ्नुस्

मुद्दा फिर्ता नलिए सदन र सडक ठप्प पार्ने एमाअाेवादीको चेतावनी

काठमाडौं- एनेकपा माओवादीले फुजेल घटनामा मुद्दा चलाएको भन्दै तीन दलको बैठक बहिस्कार गरेको छ। नेपाली कांग्रेस, एमाले र एनेकपा माओवादीको बैठक आज बालुवाटारमा बसेको थियो।
विस्तृतमा पढ्नुस्

विधेयकमा आममाफीको हल्ला व्यर्थ : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा सभासद्हरूलाई केही दिनअघि मात्र संसदमा प्रस्तुत सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमा आममाफीको व्यवस्था भएको भन्ने हल्ला निराधार भएको जनाएको छ।
विस्तृतमा पढ्नुस्

बाग्मतीमा नुहाए मुख्य सचिवले

काठमाडौं- झन्डै मृत अवस्थामा रहेको बाग्मतीमा स्नान गरेर मुख्य सचिव लीलामणि पौडेलले बाग्मती पहिलेकै अवस्थामा पुर्‍याउन सकिने संदेश दिएका छन्। गुहेश्वरीमा उनी सहित सय भन्दा बढीले आज बिहान नुहाए।
विस्तृतमा पढ्नुस्

स्थानीय निर्वाचनको मिति चाँडै : मन्त्री रिजाल

विराटनगर- सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सरकारले सबै दलको सहमतिमा चाँडै नै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकाय निर्वाचनबाट संविधान लेखनमा सहज हुने धारणा व्यक्त गरे।
विस्तृतमा पढ्नुस्

तीन दर्जन विधेयक अलपत्र

काठमाडौं-अघिल्लो संविधानसभाका बेला विभिन्न मन्त्रालयका तर्फबाट व्यवस्थापिका संसदमा पेस भएर पनि पारित हुन नसकेका तीन दर्जनभन्दा बढी विधेयक अलपत्र परेका छन्। करोडौं खर्च गरेर तयार पारिएका ती विधेयकलाई अहिले संसद कामविहीन हुँदा पनि पेस गरिएको छैन।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed