Thursday 20 Chaitra, 2076 | April 02, 2020
Menu

समाज

बेनुपराज भट्टराई

बेनुपराज भट्टराई

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

आत्महत्या अँगाल्दै ज्येष्ठ नागरिक

  • देश
इलाम- राज्यले अपेक्षाअनुरूप सम्मान र सुविधा नदिएको भन्दै ज्येष्ठ नागरिकहरू १४ महिनादेखि राजधानीमा अनशन बसिरह“दा सुदूरपूर्वी इलाममा भने ज्येष्ठ नागरिकले जानीजानी ज्यान फाल्ने क्रम बढ्दै छ। बुढेसकालमा आफ्नै परिवार र राज्यबाट उपेक्षित हुनुपरेपछि उनीहरू मृत्युको बाटो रोज्न थालेका हुन्। आत्महत्या दर बढिरहेको इलाममा आत्महत्या गर्नेमा ज्येष्ठ नागरिकको संख्या उल्लेख्य हुँदै छ।

चर्पीले चुलियो फजुल खर्च

  • देश
इलाम— भोज जसरी थरीथरीका हुन्छन् मनाउने तरिका पनि एकै हुँदैनन्। कुनै खुसीमा हाँसेर मनाइन्छन् त कुनै दुःखमा रोएर। अहिले इलामका हरेक गाउँमा एक लाख हाराहारी सरकारी रकम खर्चेर नौलो खाले खुसी मनाउन भोज गरिँदैछ। यो क्रम देशभर फैलिने खतरा छ।

‘पेवा' बनाइदै पक्की सडक

  • देश
इलाम-२७ बर्षदेखि एउटै अड्डा, सडक विभागमा कार्यरत जेवी राईको पेन्सन पाकिसक्यो। उमेरको हद ननाघेका कारण अवकाश चाहिँ भएको छैन। राईलाई राम्रो थाहा छ, शरीरमा रक्तसञ्चार गराउन नशाको जति महत्व छ, विकासका लागि सडकको अर्थ त्यत्तिकै हुन्छ।

२६ जना तुरुन्तै मनोनित गर्नुपर्छ : नेम्वाङ

इलाम- संविधान सभामा छ सय एक सदस्य नपुर्या इ गरिने निर्णय 'असंवैधानिक हुने' बताउँदै आएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले २६ जनाको मनोनयन तुरुन्तै गर्नुपर्नेमा जोड दिएका छन्। संविधानसभामा दोस्रोपल्ट अध्यक्ष निर्वाचित भएपछि पहिलोपल्ट गृहजिल्ला इलाम आइपुगेका नेम्वाङले सोमवार सञ्चारकर्मीसँग सरकारले २६ व्यक्तिलाई अविलम्ब मनोनयन गरी संविधानसभालाई पूर्णता दिनुनर्पे बताएका हुन्।

दृष्टिविहीन दिदीबहिनीका सपना

  • देश
इलाम- आँखा भएर पनि दृष्टिक्षमता नभएकाको जीवन कस्तो होला? उत्तर आउन सक्छ– 'उपेक्षित, पीडादायी र चित्तदुख्दो।' तर, सबैका हकमा त्यस्तो हुँदैन। नपत्याए इलामको जमुना–९ स्थित लिम्बँ समुदायको एउटा घरमा जन्मेका चार दिदीबहिनीलाई हेर्नुस्। 

संघीयता बुझ्दैनन् जनता

अमरपुर (पाँचथर)- कुनै बेला जातीय पहिचानको चर्को आवाज उठेको पूर्वी पहाडमा अहिले संघीयताको चर्चा स्वात्तै घटेको छ। संघीयताबारे गाउँले जान्न चाहन्छन् तर सिकाउने र चर्चा गर्ने कोही छैनन्। 'कोही संघीयतामा जाँदा देश टुक्रिन्छ भन्छन्, कोही झन् जोडिन्छ भन्छन्,' अमरपुरका व्यापारी नगेन्द्र रिजालले भने, 'नेताहरूले संघीयताको कुरा गर्दै भोट त लगे तर यसको अर्थ राम्ररी बुझाएनन्।'

थन्केको दमकललाई बर्षेनी लाखौं

  • देश
इलाम—मेचीका तीन पहाडी जिल्लामा रहेको एकमात्र दमकल बिग्रेर थन्केको लामो समय बितिसक्दा पनि विकल्प खोजी भएको छैन। आगलागीका घटना बर्षेनी बढ्दै गरेको अवस्थामा दमकल थन्किँदा सम्भावित क्षतिको खतरा त छँदैछ, खर्च पनि रोकिएको छैन।

१ लाख भारुको साहित्य एकेडेमी पुरस्कार प्रधानलाई

  • अन्य
इलाम– भारतमा साहित्यतर्फ नेपालीभाषी स्रष्टाले पाउने सबैभन्दा ठूलो र प्रतिष्ठित 'एकेडेमी पुरस्कार' यसपल्ट कालेम्पोङका मनबहादुर प्रधानलाई दिइने भएको छ। 'मनका लहर र रहरहरु' नामक यात्रा वृतान्त कृतिका लागि प्रधानले सन् २०१४ को एकेडेमी पुरस्कार पाउने भएका हुन्।

नेपालीभाषीद्वारा आरक्षण माग्दै धर्ना

  • समाज
इलाम— भारतको हिमाली राज्य सिक्किममा नेपालीभाषीले गुमेको आरक्षण सिट पुन दिनुपर्ने माग राख्न थालेका छन् । राज्य विधानसभामा गुमेको नेपालीको सिट पुनःस्थापनाको माग राख्दै सिक्किम प्रदेश तृणमुल कांग्रेसले सिच्छेस्थित जिल्लापाल कार्यालयअघि धर्ना दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जितेका नेता विजयोत्सवमा

इलाम— तीन निर्वाचन क्षेत्रमध्ये १ र २ बाट क्रमशः विजयी एमालेका झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ शनिवार बिहान सदरमुकाममा आयोजित विजय जुलुसमा सहभागी भएका छन्।

Subscribe to this RSS feed