Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

समाज

बेनुपराज भट्टराई

बेनुपराज भट्टराई

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

बुथमा खटिने अनुगमन अधिकृतलाई सिडिओ सरहको अधिकार

इलाम— सुरक्षाकर्मीबाहेक सबैलाई हातहतियार बोकेर हिँड्न निषेध गरिएको निर्वाचन बुथ र मतगणना स्थलमा कसैले हुलदुङगा गरी बिथोल्ने दुस्प्रयास गरे तुरुन्त गिरफ्तार गरिनेछ। मुलुकका १० हजार १३ स्थानका १८ हजार पाँच सय ८५ चुनावी बुथमा खट्ने सुरक्षाकर्मीले कानुनविपरीत कार्य गर्ने जोकोहीलाई गिरफ्तार गर्ने अधिकार पाएका छन्। १० घण्टाको मतदान अवधिमा चुनाव बिथोल्न खोज्नेलाई म्यादी, जनपथ, सशस्त्र र सेनाले पक्रिनेछन्।

अपहरित उम्मेदवार अझै सम्पर्कमा आएनन्

इलाम— चुनावी प्रचार क्रममा झापाबाट मंगलबार बेलुकीदेखि अपहरणमा परेका संघीय लिम्बूवान राज्य परिषद इलाम ३ र झापा ३ का उम्मेदवार गोपाल थेवे अझै सम्पर्क बाहिर छन्।

नयाँ उम्मेदवार आश्वासन बाँड्न अगाडि

इलाम— 'पुरानो अनुहारले नयाँ पुस्ताको प्रतिनिधित्व नगर्ने' भन्दै पहिलोपल्ट चुनावी मैदानमा उत्रिएका युवा उम्मेदवार मतदातासमक्ष पूरा गर्नै मुस्किल पर्ने खालका ठूला आश्वासन बाँड्दै भोट फकाउँदैछन् । इलाममा ३९ उम्मेदवारमध्ये ३५ जना पहिलोपल्ट संसदीय निर्वाचनमा सामेल छन्।

भाषणले भासियो नेताको स्वर

इलाम — ‘धेरैतिर भाषण गर्दा गर्दा स्वरै भासिइसक्यो’ नेपाली कांग्रेसका हिमालय कर्माचार्य शनिवार भन्दैथिए, ‘नबोली पनि नहुने, बोल्दा पनि अप्ठ्यारो हुने ।’

ठूला नेताको बर्चश्व गुम्ने खतरा

इलाम— राष्ट्रिय राजनीतिको मूलधारमा छाइरहने आधा दर्जन नेतासहित झण्डै सय जना उम्मेदवार रहेको मेचीको चिसो पहाडीक्षेत्र चुनाव नजिकि"दै गर्दा तात्तिएको छ । कञ्चनजंघा फेदीमा भारतस"ग जोडिएका इलाम, पा"चथर र ताप्लेजुङमा 'फेरि जित्ने' कसरत गरिरहेका चर्चित नेतालाई क्षेत्रीय पार्टीका उम्मेदवारका कारण बर्चश्व कायम राख्न आच्छुआच्छु पर्दैछ । उल्लेख्य संख्यामा चुनावी मैदानमा उत्रिएका साना पार्टीका उम्मेदवारले निकै मत काट्ने हु"दा ठूलाको अवस्था संकटमा परेको हो।

भोट झार्नलाई 'नार्इं' भन्दैनन् नेता

गोदक (इलाम)— 'म बुढाको भत्ता रोकिएको थुप्रो भो काका, दशैंमा पनि पाइन", छिटो दिनुपर्‍यो' स्थानीय ८१ बर्षे वृद्धले हात समातेर रुञ्चे मुहार पार्दा एमाले उम्मेदवार झलनाथ खनाल धाप मार्दै मुस्कुराए, 'ए भइ हाल्छ नि भतिज, रोकिएको भत्ता अब तुरुन्त पाउनुहुन्छ ।' आफूभन्दा पाका व्यक्तिले 'काका' साइनो लाउ"दा मुस्कुराएका खनाल पनि के कम, भोट झार्नलाई 'भतिज' ठोकिहाले।

चुनावी मैदानमा निस्कँदै नेपाली सेना

  • रक्षा
इलाम — मंसिर ४ मा हुने संविधानसभा निर्वाचनको सुरक्षाका लागि मुलुकभर एक महिनाअघि परिचालन हुने निक्र्यौल गरेको नेपाली सेनाले चुनावी मैदानमा निस्कने तयारी थालेको छ। निर्वाचन हुनुभन्दा ३० दिनअघि अहिले बसिरहेका व्यारेकबाट निस्केर सेना निर्वाचन क्षेत्रमा पुग्नेछ। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न दशैं लगत्तै अस्थायी क्याम्प खडा गरेर परिचालित हुने तयारीमा सेना जुटेको छ ।

राजनीतिक अग्निपरीक्षामा गोजमुमो

खरसाङ — राजनीतिक अडान कायम नराख्दा कार्यकर्तामा छाएको निराशा र विपक्षी शक्तिको चलखेल बढ्न थालेपछि चेपुवामा परेको गोर्खा जनमुक्ति मोर्चा गोर्खाल्याण्ड मुद्दा टुंगोमा पुर्‍याउन उपाय खोज्दैछ। स्थापनाको छैटौं बार्षिकोत्सव मनाइरहँदा मोर्चासँग जनता रिझाउने कुनै उपलव्धि नभएपछि मोर्चा कुनै न कुनै राजनीतिक उपलव्धि हातपार्ने दाउमा देखिन्छ।

गोर्खाल्यान्ड आन्दोलन : मोर्चाले बहिष्कार गरेपछि 'जिटिए' बैठक स्थगित

इलाम— समग्र दार्जिलिङको विकासका निम्ति डेढ बर्षअघि गठित 'गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन' (जिटिए)को रिक्त कार्यकारी प्रशासक चयन गर्न बुधवार आयोजित बैठक कोरम नपुगेपछि स्थगित भएको छ । बैठकमा सहभागी भएपनि कार्यकारी प्रशासक छनौटमा सहभागी नहुने बताएको गोर्खा जनमुक्ति मोर्चाले अन्तिममा सहभागिता नजनाएपछि बैठक स्थगित भएको हो । ४५ सदस्यीय जिटिएमा मोर्चाले प्रतिनिधित्व नगर्दा मुख्य सचिव र अरु दुई÷चार सदस्यमात्र उपश्थित थिए ।

सिक्किम पहिरोमा पाँच नेपालीभाषीको मृत्यु

इलाम — पश्चिमी सिक्किमको योक्सम–टासिडिङ क्षेत्रको तमाबुङ गाउँमा आइतवार राति पहिरो जाँदा एकै घरका चारसहित पाँच नेपालीभाषीको मृत्यु भएको छ। दुई घण्टा जति मुसलधारे झरी परेपछि तोपोङडाँडाबाट पहिरो खस्दा त्यसको पुछार रहेको घरमा सुतिरहेका नेपालीभाषीको पुरिएर मृत्यु भएको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Subscribe to this RSS feed