Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

समाज

बेनुपराज भट्टराई

बेनुपराज भट्टराई

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

दार्जिलिङका शैक्षिक संस्था खोल्न सेन्ट जोसेफमा बैठक

  • विदेश
दार्जिलिङ — गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि एक महिनादेखि बन्द रहेका दार्जिलिङका शैक्षिक संस्था खुलाउनेबारे आज वृहत् बैठक हुँदैछ। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको आयोजनामा सिङमारीस्थित सेन्ट जोसेफ स्कुलको मैदानमा दिउ"सो सर्वपक्षीय बैठक हुने भएको हो । अगष्ट ३ देखि बन्द शैक्षिक संस्था खुलाउन चौतर्फी दबाव बढेपछि बैठक आयोजना गरिएको हो।

कैदी बन्दीलाई पुस्तकालय

  • देश
इलाम – 'पढ्न नपाएर पट्यारलाग्दो गरी दिन बित्थ्यो' सदरमुकामस्थित इलाम कारागारका कैदी कर्ण गुरुङले भने, 'अब चाहिं सजिलो गरी समय बित्ने भयो।' करोडौं रुपैया"को लगानीमा भरखरै निर्माण सकिएको नयाँ कारागार अत्याधुनिक भए पनि पुस्तकालय सुविधा थिएन। एक संस्थाको सहयोगमा शुक्रवारदेखि कारागारभित्रै पुस्तकालय खुलेपछि गुरुङजस्तै धेरै कैदी बन्दी खुशी भएका छन्।

प्रशान्तको मौनता तोडियो : गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन

इलाम — दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्किएको लामो समयसम्म मौन रहँदै आएका तेस्रो इण्डियन आइडल प्रशान्त तामाङले अन्ततः बुधवार छुट्टै राज्यको मागमा आफ्नो समर्थन रहेको उल्लेख गर्दै त्यस्तै अवस्था आइपरे यसमा खुलेर सहयोग गर्ने बताएका छन्। आफूलाई इण्डियन आइडल बनाउन एक ढिक्का भइ मरिमेट्ने दार्जिलिङबासीलाई सम्बोधन गर्दै प्रशान्तले छुट्टै राज्य कायम हुने संकेत देखा नपरेसम्म जारी आन्दोलन नरोक्न अपिल गरेका छन्।

गोर्खाल्यान्ड नपाएसम्म आन्दोलन नरोक्न सुझाव

इलाम - दार्जिलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चालाई आधा दर्जन भातृ संगठनले बुधवार लिखित सुझाव बुझाउँदै छुट्टै राज्य प्राप्त हुने संकेत देखानपरेसम्म गोर्खाल्याण्ड आन्दोलन नरोक्न आग्रह गरेका छन्। आगामी कार्यदिशा तय गर्न मोर्चाले आन्दोलनमा होमिएका भातृ संगठनसँग सुझाव मागेको थियो। आन्दोलनका कमजोरी सच्याउँदै भावी रणनीति तय गर्न मोर्चाले ती सुझावलाई महत्वपूर्ण आधार मानेको छ।
Subscribe to this RSS feed