Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

समाज

उपेन्द्र लामिछाने

उपेन्द्र लामिछाने

उपेन्द्र लामिछाने २०६१ सालदेखि पत्रकारितामा सक्रिय छन्। नागरिक दैनिकको स्थापनाकालदेखि नै कार्यरत लामिछाने सामाजिक सरोकारका विषयमा दक्षता राख्छन्।

facebook : @upendralamichhane

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

  • देश

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

सुरु भयो बिस्केट जात्रा

  • देश
भक्तपुर-भक्तपुरवासीले मनाउने परम्परागत बिस्केट जात्रा बिहीबार भैरवको रथ तानेर सुरु भएको छ। प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिर प्रांगणबाट ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा लैजान सर्वसाधारणले डोरी तानातान गरेर जात्रा सुरु गरे।

भक्तपुरमा आजबाट बिस्केट

  • देश
भक्तपुर-भक्तपुरमा बिहीबार सुरु हुने बिस्केट जात्राको सबै तयारी पूरा भएको छ। जात्रा व्यवस्थापन र सुरक्षाका सबै तयारी पूरा भएको गुठी संस्थानले जनाएको छ।

मलखाल्डोमा लिच्छवीकालीन चैत्य

  • देश
भक्तपुर-भक्तपुरको झौखेल गाविसमा मलको खाल्डोमा लिच्छवीकालीन बौद्ध चैत्य फेला परेको छ। गाविसको वडा नम्बर ७ स्थित किसानको गोठपछाडिको मलखाल्डोमा इस्वी संवत पाँचौं या छैटौं शताब्दीको मानिएको अशोक चैत्य फेला परेको इतिहास एंव पुरातत्वविद पुरुषोत्तमलोचन श्रेष्ठले बताए।

मनोनित २६ सिट दलीय भागबन्डाका आधारमा गर्नु गलतः बिजुक्छे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान सभामा मनोनित गर्न बाँकी २६ सिट दलीय भागबण्डाका आधारमा गर्न नहुँने बताएका छन्। प्रतिगमनका समयमा पिछडीएकालाई समेट्ने भनेर छुट्याइएको सिटलाई दलीय रुपमा भाग लगाउनु गलत हुने उनले बताए।

यातायातको चोर बाटो

काठमाडौं– उदयपुरका माधवप्रसाद दाहाल सोमबार दुई बजे मोटरसाइकलको कागजपत्र ‘चेक' गराउन ललितपुर ताल्छीखेलस्थित बागमती यातायात कार्यालय आइपुगे। बाटैमा उनलाई बिचौलियाले रोके, 'एक हजार दिनूस्, आजै काम हुन्छ।' दाहाल अन्कनाए। सोझै कार्यालयमा पुगेर समस्या बताए। तर, 'ढिलो भयो' भन्दै कर्मचारीले काम गरेनन्।

सेवाग्राहीलाई अल्झाउँछ थाना

म्यानपावरले ठग्यो भन्दै सर्लाहीका यादव थरका एक युवकले मंसिर २५ गते महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिए। उजुरी दर्ता भयो तर कागजपत्र नपुगेको भन्दै कारबाही अघि बढेन। उजुरीकर्तालाई आलटाले जवाफ दिइयो। ठगिएको ७५ हजार र पासपोर्ट म्यानपावरमै छाडेर यादव रित्तो हात सर्लाही फर्के।

टोखा महोत्सवमा वर्षभरिकै झल्को

  • देश
काठमाडौं- कतै दसैंको खड्गजात्रा, कतै बिस्केटको लिंगो। कतै गठेमंगल, कतै लाखे नाच। कोही हुक्का तान्दै, कोही चिउरा कुट्दै। कोही 'अइला' पिउँदै, कोही बाँसुरी बजाउँदै। शनिबार सुरु टोखा महोत्सवमा टोलटोलमा यस्तै देखियो। उपत्यकाको नेवार संस्कृति, पर्व, रहनसहन र परम्पराका वर्षभरिकै झल्को जात्रामा भेटिन्थ्यो।

जोगी जिन्दगी

  • देश
कोही कपाल कोर्दै, कोही ऐना हेर्दै। कोही खरानी घस्दै त कोही 'जय शम्भो' भन्दै। शिवरात्रि मनाउन आएका साधुसन्तको यो 'लाइफस्टाइल' ले पशुपति क्षेत्र परिसर साधुमय रह्यो, यो साता। फुस्रो खरानी धसेर आइपुगेका उनीहरूले पशुपति पुग्ने दर्शनार्थीलाई भने रंगीन खुसी दिलाए।

एमाओवादीसँग तत्काल एकता हुन्न, एकीकृतसँग तयारी: गजुरेल

भक्तपुर - नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेकपा एमाओवादीसँग तत्काल एकता हुन नसक्ने बताएका छन्। आज रफतसंचार क्लब भक्तपुरमा आयोजित साक्षत्कारमा बोल्दै एमाओवादीसँगको एकता हल्लामात्र भएको दावी गरे।
Subscribe to this RSS feed