Friday 19 Ashad, 2077 | July 02, 2020
Menu

समाज

अजित तिवारी

अजित तिवारी

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

  • देश
विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम नबुझाउँदा बक्यौता धेरै भएको हो। 

विराटनगरको विकास गति सुस्त

  • देश
विराटनगर-विराटनगरमा मोरङ सदरमुकाम स्थापना भएको सय वर्ष पुगेको अवसरमा बुधबार आयोजित विशेष समारोहको राष्ट्रपति रामवरण यादवले शुभारम्भ गरेका छन्। राजा विराटको दरबार मोरङ भेडियारीबाट ल्याइएको सतवार्षिकी ज्योति बालेर राष्ट्रपति यादवले कार्यक्रम शुभारम्भ गरेका हुन्।

नक्कली रक्सी उत्पादक पक्राउ

  • अपराध
विराटनगर- ब्रान्डेड र महँगा विदेशी रक्सीको नक्कली उत्पादन गर्ने र अन्तःशुल्क स्टिकरसमेत दोहर्यापएर प्रयोग गर्ने गिरोहका नाइकेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। ब्ल्याक, रेडलेबल, चिभास लिगल, बिफिटरजस्ता ब्रान्डेड रक्सीको बोतलमा रोयल स्टेग, सिग्नेचर र रुस्लान भोड्का मिसाएर बेच्ने मोरङ, पथरीका बाबुराम रायमाझी परेका हुन्।

ट्यांकर पल्टिँदा व्यवसायी ‘मालामाल’

  • देश
विराटनगर- कोसीपूर्वका पेट्रोलियम व्यवसायीका लागि तेल बोकेको ट्यांकर पल्टिनु ‘लाभको दुर्घटना’ साबित हुने गरेको छ। ट्यांकर दुर्घटनामा पर्दा तेलको परिमाण बढाएर बिमा संस्थानसँग व्यवसायीले मोटो रकम असुल्ने गरेका छन्।

६ ट्रक सुपारी यार्डमै रोकिए

  • समाज
विराटनगर– भारत निकासीका लागि झापाको बुधवारेबाट सुपारी बोकेर आएको आठ ट्रकमध्ये छ ट्रक सुपारी स्थानीयहरुले भारत निकासीमा रोक लगाएका छन्। विराटनगर भन्सार कार्यालयको यार्डमा निकासीका लागि तयारी अवस्थामा रहेको सुपारीमा 'गडबडी' रहेको आशंका गर्दै रानीका युवाहरुले रोकिराखेको छ।

काठमाडौं हुँदै लगिएको ८ किलो सुन मोरङमा बरामद

  • अपराध
विराटनगर– काठमाडौ हुँदै ल्याइएको ८ किलो सुन मोरङको निमुवामा फेला परेको छ। तस्करहरूले चीनको खासा हुँदै स्थलमार्गबाट काठमाडौं भित्र्याई स्थल मार्गबाटै मोरङ ल्याइएको सुन आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीले फेला पारेका हुन् । 

अख्तियार प्रमुख 'जोगाउन' पत्रकार पक्राउ

  • समाज
विराटनगर- मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले अख्तियार प्रमुखलाई सुरक्षा दिन पत्रकारहरुलाई पक्राउ गरिएको बताएका छन्। विराटनगरको जिल्ला प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आइतबार बोलाएको पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको थियो।

जनताले हड्ताल छोट्याउन भनेका छन्, हामी मान्छौं : गजुरेल

विराटनगर— नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निर्वाचनलाई लक्ष्यित गरी घोषणा गरिएको १० दिने आमहड्ताल फिर्ता लिने संकेत गरेका छन्। उनले २५ गते आमहड्ताल बारे पूर्नमूल्याकन गर्न सकिने बताए।

गच्छदारको स्वागतमा दुई हजार बढी सवारीसाधन प्रयोग, उनीविरुद्ध आयोगमा उजुरी

विराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको स्वागतमा पार्टीको झण्डा र चुनावचिन्ह अंकित दुई हजारभन्दा बढी सवारीसाधन प्रयोग गरिएको विरूद्धमा बिहीबार निर्वाचन आयोगमा उजुरी परेको छ। चुनावको आचारसंहिता उल्लंघन गरेको भन्दै दुई पार्टी मधेसी जनअधिकार फोरम नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीले आयोगको विराटनगरस्थित कार्यालयमा लिखित उजुरी बुझाएको छ।

राधाकृष्ण रथयात्रामा हजारौ सहभागी हुँदै

  • देश
विराटनगर — विराटनगरमा केही बेरमा हजारौंको सहभागितामा राधाकृष्ण रथयात्रा निस्कदैछ। हरेक वर्ष कृष्णाष्टमीको भोलीपल्ट यहाँ भब्य रथयात्राको आयोजन हुनेगर्छ। झकिझकाउ पारिएको १८ फिट लम्वाईको राधाकृष्णको रथसँगै हजारौं सर्वसधारणले विराटनगरको झण्डै आठ किलोमिटर सहरी इलाकाको पैदल यात्रा गर्नेछन्।
Subscribe to this RSS feed