Friday 19 Ashad, 2077 | July 02, 2020
Menu

समाज

रमेशकुमार पौडेल

रमेशकुमार पौडेल

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

अधिकारी हत्या प्रकरण : यथार्थ विवरण सार्वजनिक गर्न आरोपितको माग

  • अपराध
चितवन- कृष्ण अधिकारी हत्या प्रकरणका आरोपित र तिनका आफन्तले घटनासँग जोडिएका सबै पाटा सार्वजनिक गर्न माग गरेका छन्। भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरेर उनीहरूले कृष्णको हत्या कसले र किन गरेको भनेर माओवादीले भन्नुपर्ने बेला आएको बताए। आफूहरूलाई फसाएर वास्तविक अपराधी उम्क्याउने षड्यन्त्र भइरहेको उनीहरूको आरोप छ।

कृष्ण अधिकारी हत्याप्रकरण : १३ जनालाई सर्वस्वसहित जन्मकैद माग

  • अपराध
चितवन– गाेरखा फुजेलका कृष्ण अधिकारी हत्याप्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर गरेको छ। अभियोगपत्रमा १३ जनालाई सर्वस्वसहित जन्मकैदको माग गरिएको छ।

गाईभैंसीको दाना महँगियो

  • कृषि
चितवन-सरकारले दूधको मूल्य बढाएलगत्तै गाईभैंसीका दाना पनि महँगिएको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दिएको जानकारीअनुसार दूधको मूल्य बढ्नुअघि ९ सय ५० मा पाइने एक बोरा चापटको लागि अहिले ११ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ। एक बोरामा ४० किलो चापट हुन्छ।

पौडेल हत्यामा आठ जनालाई जन्मकैद

  • समाज
चितवन– भरतपुर कारागारभित्रै भएको आक्रमणमा परेर ज्यान गुमाएका नेपाल तरुण दलका तत्कालीन जिल्ला सभापति शिव पौडेल हत्या प्रकरणमा जिल्ला अदालतले बिहीबार आठ जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। ६ जनालाई पाँच वर्ष कैद फैसला भएको छ भने घटनामा नाम मुछिएका २७ मध्ये १४ जनाले सफाइ पाएका छन्।

घटना के हो?

चितवनका दुई प्रतिस्पर्धी युवा समूह 'कमिले समूह' र 'चमेरे समूह'बीच चल्दै आएको प्रतिशोधका कारण शिव पौडेल प्रकरण भएको थियो। तरुण दलका अध्यक्ष पौडेल कमिले समूहका मुख्य व्यक्ति पनि थिए भने चमेरे समूहलाई एमालेनिकट युवाहरूले सञ्चालन गर्दथे। अवैध असुलीमा यी समूहको नाम मुछिने गर्दथ्यो।
शिवका भाइ गोपीको हत्या भएपछि दुवै समूहबीच आक्रमणका घटना भए। गोपी हत्याको दुई वर्षपछि नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा दिउँसै गोली हानेर सञ्जय लामाको हत्या भएपछि शिव पौडेलविरुद्ध जाहेरी परेको थियो। सञ्जय लामा एमालेनिकट थिए। लामाको हत्यापछि 'सी ब्वाइज' भनिने चमेरे समूहका प्रकाश रेग्मीले शिवविरुद्ध अभियान चलाएका थिए।
शिव भदौ २२ मा समातिएका थिए। चितवन जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई भरतपुर कारागार पठाएको थियो। जहाँ शिवका भाइ गोपीको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार बसेका चमेरेका युवाहरूको समूह पनि थियो। शिवमाथि उनीहरूले नै आक्रमण गरेका थिए।
नेकपा एमालेका सक्रिय युवा कार्यकर्ता प्रकाश रेग्मीलाई शिव हत्याको योजनाकारको अभियोगमा मुद्दा चलाइए पनि उनले सफाइ पाएका छन्। शिव पौडेलको कारागारभित्रै हत्या भएपछि नेपाली कांग्रेसले देशव्यापी आन्दोलन चलाएको थियो। पौडेललाई सहिद घोषणा गर्न माग गरेको थियो। सञ्जय लामा हत्या प्रकरणमा पौडेलसहितलाई लागेको मुद्दा भने सरकारले फिर्ता लिएको छ।
 
*सच्याइएको।

जंगलमा भूमिगत क्रसर

  • देश
दुम्किवास (नवलपरासी)- जिविसले रोक लगाए पनि यहाँको विनयी खोलामा निर्बाध रूपमा एक्स्काभेटर प्रयोग भएको पाइएको छ। भूमिगत शैलीले सञ्चालनरत एक क्रसर उद्योगले अनुमतिबिनै ढुंगागिट्टी उठाइरहँदा सम्बन्धित निकाय मौन छन्।

मिल्क होलिडेका मुक्तिदाता

चितवन- लक्ष्मणबाबु श्रेष्ठ व्यावसायिक दुग्ध उत्पादनसँग जोडिएका हरेक नेपाली किसानको मनमा नमेटिने गरी बसेको नाम हो। श्रेष्ठले चितवन, भरतपुर नगरपालिका १ ठिमुरा गाउँमा स्थापना गरेको चितवन मिल्क प्रालि सञ्चालन भएपछि नेपालमा मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) हट्यो।

चितवन अस्पताल क्षेत्र तनावग्रस्त

  • देश
चितवन - उपचारको क्रममा निधन भएकी सुत्केरीकोको विषयलाई लिएर भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पताल क्षेत्र बज दिउँसोदेखि तनावग्रस्त बनेको छ। आफन्तहरुले सुत्केरीको मृत्यु चिकित्सकको लापरबाहीले भएको आरोप लगाउँदै आएका छन्। विरोध प्रदर्शनका लागि अस्पताल पुगेका मृतकका आफन्त, छिमेकी र माओवादी कार्यकर्तालाई प्रहरीले लठीचार्ज गरेर भगाएको छ।

बाँदरमुढेमा श्रद्धाञ्जली सभा हुँदै, आउँछु भनेका केपी ओली नआउने भए

  • देश
माडी (चितवन) - माओवादीले विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको माडी बाँदुमेढे खोलामा आज बिहान पीडितहरुले श्रद्धाञ्जली सभा आयोजना गरेका छन्। पत्रकारहरु कनकमणि दिक्षित, युवराज घिमिरे लगायतको उपस्थितिमा कार्यक्रम हुँदैछ। सभामा एमाले नेता केपी ओली आउने कार्यक्रम रहे पनि उनले अन्तिम समयमा नआउने जानकारी गराएका छन्।

महिलाको कम्मरमा चरेसको भारी

  • देश
गाउँका महिलाहरु लागू औषध चरेस बोक्ने भरियाका रुपमा प्रयोग हुन थालेका छन्। गाउँका कामकाजी गृहणी जस्ता देखिने तीन महिलासहित चितवन प्रहरीले शनिबार पाँच जनालाई पक्राउ गरेपछि चरेस तस्करीमा गाउँले महिलाको प्रयोगको खुलासा भएको हो।  उनीहरुको साथबाट २६ किलो चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ।
Subscribe to this RSS feed