Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

समाज

कलेन्द्र सेजुवाल

कलेन्द्र सेजुवाल

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

पूर्वाधारबिनै पाठेघर अप्रेसन

  • अपराध
सुर्खेत- पाठेघर अप्रेसनपछि सालकोटकी अम्बिका अधिकारीको अवस्था अत्यन्तै गम्भीर बन्यो। स्वास्थ्यकर्मीले उनका श्रीमान् हरिलाई ‘ब्लड’ खोज्न अह्राए। ‘ब्लड’ शब्द कहिल्यै नसुनेका हरि भौतारिँदै गाविस सचिवसमेत रहेका दाइ तीलक अधिकारीकहाँ पुगे।

‘सुकुमबासी’ सँग १२ कोठे पक्की घर

  • देश
सुर्खेत-नेपाली बृहत् शब्दकोशमा सुकुमबासीको अर्थ हुन्छ– घरबार, जायजेथा नभएको। सुर्खेतको सुकुमबासी समस्या समाधान समितिले भने त्यस्ता व्यक्तिलाई जग्गा दिएको छ, जोसँग लाखौंको जायजेथा छ। त्यति मात्र होइन, समितिले दिएको जग्गामा ‘सुकुमबासी'ले १२ कोठाको भव्य भवन बनाएका छन्।

क्षेत्रीय स्वास्थ्य पन्छिँदा बेथिति

सुर्खेत-पाँच वर्षअघिसम्म पाठेघर खस्ने समस्याको अप्रेसन क्षेत्रीय स्वास्थ्य निर्देशनालय आफैंले गर्थ्याे। वर्षमा थोरै महिलाको अप्रेसन हुन्थ्यो। भएजति प्रायः सबै महिला सेवाबाट सन्तुष्ट हुन्थे। यो समस्यासम्बन्धी कार्यविधि निर्देशिकामार्फत ‘सार्वजनिक–निजी साझेदारी अवधारणा’को विकल्प खुला गरिएपछि भने सेवाको नाममा बेथिति भित्रियो।

पाठेघर व्यापारः अनुदान असुल्न उमेरै हेर्दैनन्

सुर्खेत-छोरीहरूले त भनेकै थिए, ‘आमा! यो उमेरमा अप्रेसन गर्नुपर्दैन।’ बुढेसकालमा बेथा झिकेर सुविस्ताले समय काट्ने इच्छाले अस्पताल पुगेकी ८० वर्षीया टिमोरी खत्री छोरीहरूको करले एकपटक त अप्रेसन नगरी फर्किइन्।



शिविर भन्नासाथ डराउन थाले

मेहलकुनाकी कल्पना विक चैत पहिलो साता घरनजिकै अस्पतालमा भएको पाठेघर खस्ने समस्यासम्बन्धी छनोट शिविर (स्त्रि्कनिङ) मा गइनन्। स्वास्थ्यकर्मीले ‘क्षेत्रीय अस्पतालका राम्रा डाक्टर आएका छन्’ भनेर फकाउँदा उनी पसल बन्द गरेर बसिन्। ‘बिनासित्ति अप्रेसन गरेर दुःख दिन्छन्, किन जाने भनेर म त गइनँ,’ उनले नागरिकसँग भनिन्, ‘अब जति दुःख भए पनि सहन्छु, मर्नलाई अप्रेसन त गर्दिनँ।’
सुष्मा कोइराला मेमोरियल ट्रस्टको अप्रेसनपछि शिविरबाट भाग्ने उनी एक्लो महिला होइनन्। अप्रेसन गरेर झन् दुःख भोगेका र समस्या साँचेर बसेका महिला अचेल यस्तो शिविर भन्नेबित्तिकै झस्किने गर्छन्। डरले उनीहरूलाई समस्या लुकाउन बाध्य तुल्याउँछ।
सामाजिक कार्यकर्ता प्रकाश घर्ती ट्रस्टको अप्रेसन असफल भएको सन्देश गाउँमा फैलिएपछि समस्यामा परेका महिला शिविर आउनै नमान्ने अनुभव सुनाउँछन्। ‘सबैको संघर्षले महिलाहरू यो समस्या निर्धक्क भन्न सक्ने भएका थिए,’ उनले भने, ‘फेरि आएर अहिले अप्रेसन गर्नुपर्छ भनेर लुकाउने अवस्थामा पुगे।’
मेहलकुना–७ की भद्री वली पाठेघर खस्ने समस्याले आक्रान्त छिन्। उनको पाठेघर तेस्रो डिग्रीमा छ। तर, प्रकाशले उनलाई शिविरमा ल्याउन जति प्रयास गर्दा पनि सफल भएनन्। ‘सुरुमा त आउँछु भन्नुभएको थियो,’ उनले भने, ‘पछि–पछि त अप्रेसन गरेपछि झन् दुःख हुन्छ रे भन्दै आउनै मान्नुभएन।’ तीनपटकसम्म प्रयास गर्दा पनि शिविरमा नआएपछि घर जानै छाडेको उनले बताए।
यसको प्रभाव केही समयअघि मेहलकुनामा भएको स्त्रि्कनिङ शिविर पनि देखियो। क्षेत्रीय अस्पताल र महिला प्रजनन् अधिकार कार्यक्रमको आयोजनामा भएको स्त्रि्कनिङ शिविरमा ४ सय ४० महिलामात्र परीक्षणका लागि आएका थिए। अघिल्लो वर्ष भएको शिविरमा भने त्यसको झन्डै दोब्बर ७ सय ४८ जना शिविरमा सहभागी भएका थिए। ‘गाउँमा समस्या भोगेका महिला धेरै छन्,’ घर्ती भन्छन्, ‘तर अप्रेसन गर्दा झन् पीडा हुन्छ भनेर उनीहरू खुल्न चाहँदैनन्।’ गाउँमा परीक्षणमात्र गरी क्षेत्रीय अस्पतालमा अप्रेसन गर्ने भनेर फकाएपछि मात्र केही महिला शिविरमा आउन तयार भएको उनले बताए।

शिविरका नाममा पाठेघर व्यापारः अनुदान असुल्न मनपरी अप्रेसन

पाठेघर खस्ने समस्या तीन चरणले बढ्छ, तेस्रो चरणमा मात्र अप्रेसन गरेर फालिन्छ, शिविर चलाउनेहरु भने जुनसुकै चरणका महिलालाई फकाई–फुल्याई अप्रेसन गरिदिन्छन् ग्रामीण महिलाको स्वास्थ्य अवस्था सुधार्ने कार्यक्रम मिलोमतोमा मनपरी ठेक्का लगाइन्छ र शिविर आएकालाई इमोसनल ब्ल्याकमेलिङ गरेर पैसा सोहोरिन्छ

द्वन्द्वपीडित राहतमा मनपरी, पुरिएन द्वन्द्वको घाउ

सुर्खेत-सुर्खेत लेखपराजुलकी चन्द्रकली खड्का आठ वर्षअघि घरबाटै अपहरण गरी बेपत्ता पारिएका छोराको खोजीमा भौँतारिँदा थकित भइसकिन्।

किर्ते शैक्षिक प्रमाणपत्र बेच्ने अख्तियारमा

  • देश
सुर्खेत- नक्कली शैक्षिक प्रमाणपत्र बनाई मोटो रकममा बिक्री गर्ने दुई जनाविरुद्ध उजुरी परेको छ। गर्पनको आदर्श उमाविका प्राचार्य खुमप्रसाद लामिछाने र स्थानीय डन्डबहादुर विकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको सुर्खेतस्थित कार्यालय र जिल्ला प्रशासनमा उजुरी दर्ता भएको हो।

बेवास्ताले अधिकांश सरकारी योजना गुणस्तरहीन

  • देश
सुर्खेत- सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण सुरु भएको ६ वर्ष बित्यो। २०६४ सालमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको काठमाडौंको वज्र ग्रुपले हालसम्म पनि भवन हस्तान्तरण गर्न सकेको छैन। ‘भवन गुणस्तरहीन हुनुका साथै निर्धारित मापदण्डअनुसार छैन,’ केन्द्रका प्रमुख डिल्लीप्रसाद सापकोटा भन्छन्, ‘त्यसैले अहिलेसम्म हस्तान्तरण भएको छैन।’

अधुरा निर्माण योजना

योजनाको नाम स्टिमेट रकम सम्झौता रकम सम्झौता मिति सम्पन्न गर्नुपर्ने
सालकोट पिएचसी भवन २ करोड १३ लाख १ करोड ६४ लाख २०६४ २ वर्ष
क्षेत्रीय अस्पताल भवन ५ करोड ९२ लाख ५ करोड ८९ लाख २०६४ असोज ८ महिना
गुमी–पातीहाल्ना सडक ३ करोड ४६ लाख २०६७ पुस ६ महिनाभित्र
खलंगा–पाँचकटिया सडक ३ करोड ४२ लाख २०६९ फागुन ६ महिना
सुर्खेत कारागार भवन ३ करोड ३२ लाख २ करोड ३७ लाख २०६६ असार २० महिना

सेवा नदिने सचिवसँग क्षतिपूर्ति माग

सुर्खेत- एक साताअघि रानीबासका दिलबहादुर रोकाया नागरिकताको सिफारिसपत्र माग्न गाविस कार्यालय पुग्दा त्यहाँ ताला झुन्ड्याइएको थियो। उनले गाविस सचिव पीताम्बर पौडेललाई टेलिफोन सम्पर्क गरे। उनको मोबाइल 'स्विच अफ' थियो। रोकायाले सचिवको अनुपस्थितिमा कार्यालयमा काम गर्ने मुखियाको खोजी गरे, त्यो पनि सम्भव भएन।

चारदलीय सिन्डिकेट अन्त्यपछिमात्र वार्ता : चन्द

सुर्खेत- नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दले चारदलीय संयन्त्रको सिन्डिकेट निरन्तर रहेसम्म आफ्नो पार्टी वार्तामा नबस्ने बताएका छन्। आगामी वार्ता सर्तरहीत हुनुपर्नेमा पनि उनले जोड दिए। ‘वर्तमान सरकार र चार दलले हामीलाई हातखुट्टा बाँधेर वार्तामा बसाल्न खोजिरहेका छन्,’ वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यस्तो अवस्थामा कसरी वार्ता हुन्छ?’ मंसिर ४ गतेको निर्वाचन र चारदलीय संयन्त्र खारेजी वार्ताको मूल माग रहेको उनले बताए।
Subscribe to this RSS feed