Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

समाज

नक्कली रक्सी उत्पादक पक्राउ

(0 votes)
विराटनगर- ब्रान्डेड र महँगा विदेशी रक्सीको नक्कली उत्पादन गर्ने र अन्तःशुल्क स्टिकरसमेत दोहर्यापएर प्रयोग गर्ने गिरोहका नाइकेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। ब्ल्याक, रेडलेबल, चिभास लिगल, बिफिटरजस्ता ब्रान्डेड रक्सीको बोतलमा रोयल स्टेग, सिग्नेचर र रुस्लान भोड्का मिसाएर बेच्ने मोरङ, पथरीका बाबुराम रायमाझी परेका हुन्।
रायमाझीले पथरीस्थित आफ्नै घरको दोस्रो तलाको पूजा कोठा, सुत्ने कोठा र बरन्डामा लुकाएर राखेको ठूलो परिमाणको ब्रान्डेड रक्सीको बोतल, बिर्को, खोल र रक्सी प्याक गर्दा आवश्यक पर्ने औजारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्व क्षेत्रका डिआईजी नवराज सिलवाललाई आएको सूचनाका आधारमा मोरङ प्रहरी र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले डिएसपी दीपक पोखरेलको नेतृत्वमा रायमाझीको निवासमा छापा मारेको थियो। 
प्रहरीले रेडलेबलको एक लिटर क्षमताका ४० थान बोतल, खोल ६९ थान, बिर्को २० थान र फाइभ सिएल लेखिएको रक्सी नै भरिएको २१ थान सानो बोतल बरामद गरेको छ। यस्तै, ब्ल्याक लेबलको एक लिटर क्षमताको खाली बोतल ४५ थान, खोल १ सय ६ थान, ब्ल्याक लेबलकै क्वार्टर बोतल दुई थानसमेत बरामद गरेको छ। भ्याट–६९ को एक लिटर क्षमताको खाली बोतल ३८ थान र बिर्को २७ थान, टिचर्स रक्सीको एक लिटर क्षमताकै खाली बोतल ३९ थान र बिर्को २६ थान, चिभास लिगलको ९ थान खाली बोतल र १ सय १७ थान खोल, बिफटर जिनको खाली बोतल र बिर्को दुई थान, सिग्नेचर रक्सीको खाली बोतल ६ थान, रोयल स्टेगको १३ थान खाली बोतल, रुस्लान भोड्का र ब्लु रिबन्ड जिनको खाली बोतल बरामद भएका छन्। 
ब्रान्डेड रक्सीमा रंग मिल्ने सस्तो रक्सी मिसाउने रायमाझीकै बयानका आधारमा धरान प्रहरीले त्यहाँस्थित बाबा कोल्ड सेन्टरमा बिहीबारै छापा मारेको छ। धरान प्रहरीले प्रदीप गुप्ता सञ्चालक रहेको बाबा कोल्डबाट ब्ल्याकलेबल ७ थान, भ्याट–६९ ९ थान, रेडलेबल तीन थान र डबल ब्ल्याक दुई थान बरामद गरेको छ। ‘राममाझीले मिसाएको रक्सी बाबा स्टोरलाई नै बेच्ने गरेको बताएपछि धरान प्रहरीको सहयोगमा छापा मारिएको हो,’ मोरङ प्रहरीका एसपी विश्वराज पोखरेलले भने, ‘महँगा रक्सीमा कमसल र सस्तो रक्सी मिसाएर बेच्ने गरेको खुलेको छ।’ केही महिनाअघि विराटनगरकै यती होटलका सञ्चालक राजेन्द्र प्रसाईलाई पनि यही अभियोगमा पक्राउ गरी प्रहरीले ठूलो परिमाणमा नक्कली रक्सी बरामद गरेको थियो। 
ब्रान्डेड रक्सीको बोतल र खोल काठमाडौंबाट र बिर्को तथा सिल भारतको कोलकताबाट ल्याएर रंग सुहाउँदो सस्तो रक्सी मिसाएर बजारमा बेच्ने गरेका रायमाझीले यो ‘धन्धा’ दुई वर्षअघि थालेको बयान दिएका छन्। ब्ल्याक लेबल र चिभास लिगलमा सिग्नेचर, रेडलेबल र भ्याट–६९ मा रोयल स्टेग, बिफ्टर जिनमा ब्लु रिबन्ड र टिचर्समा रुस्लान भोड्का हाल्ने गरेको उनले बताए। ‘महँगा रक्सीको खाली बोतलमा सस्तो रक्सी मिसाएर डिलर कहाँ पठाइदिने हो,’ उनले भने, ‘अन्तःशुल्कको स्टिकर पनि सस्तो रक्सीकै महँगोमा टाँसिन्छ।’
आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रकाश पौडेलले बरामद रक्सी सबै २५ युपीका रहेकाले राजस्व छली गरेको र किर्ते गरेर स्टिकर टाँसेको देखिएको बताए। पौडेलका अनुसार २५ युपी रक्सीको एक लिटरको ५ सय ८३ रुपैयाँ अन्तःशुल्क र भ्याट तिर्नुपर्छ। ‘राजस्व छली र अन्तःशुल्कको स्टीकर किर्ते गरेकोमा अनुसन्धान हुन्छ,’ कर अधिकृत पौडेलले भने।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...