Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

समाज

पूर्वाधारबिनै पाठेघर अप्रेसन

(0 votes)
पूर्वाधारबिनै पाठेघर अप्रेसन
सुर्खेत- पाठेघर अप्रेसनपछि सालकोटकी अम्बिका अधिकारीको अवस्था अत्यन्तै गम्भीर बन्यो। स्वास्थ्यकर्मीले उनका श्रीमान् हरिलाई ‘ब्लड’ खोज्न अह्राए। ‘ब्लड’ शब्द कहिल्यै नसुनेका हरि भौतारिँदै गाविस सचिवसमेत रहेका दाइ तीलक अधिकारीकहाँ पुगे।

शिविरस्थलको अवस्था देखेर तीलक असह्य भए। ‘तपाइँहरुले यस्तो के गरेको..?’ उनले यत्ति के भनेका थिए, शिविर आयोजकसँग आएका दुई युवाले पाखुरा सुर्किहाले। त्यहीँको बासिन्दा भएकाले अधिकारीले अरुको सहयोगमा उनीहरुलाई र्याकखर्याुख्ती पारे। ‘शिविर चलाउनेले रगतलगायत आधारभूत व्यवस्था नगरे पनि टाठाबाठालाई तर्साउन ‘गुन्डा’ भने ल्याउँदा रहेछन्,’ उनले भने, ‘सालकोटको शिविरमा त्यस्तै भएको थियो।’
सालकोटमा मात्र हैन, गाउँमा शिविर सञ्चालन गर्ने स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधारविनै अप्रेसन गरिदिन्छन्। त्यसबाट आउनसक्ने जोखिमबारे उनीहरु ख्याल गर्दैनन् र जोखिम देखिएपछि उपचारमा चासो पनि दिँदैनन्। ‘अप्रेसन शिविर चलाइसकेपछि उनीहरुले कम्तीमा रगतको व्यवस्था त गर्नुपर्ने हो,’ अधिकारी भन्छन्, ‘बिरामी मरणासन्न हुँदासमेत अरु महिलाको अप्रेसन गरिरहेका थिए, हामीले बल्लतल्ल रगत जोहो गरेर बचायौं।’ शिविर सञ्चालकले अप्रेसन गरेपछि दायित्व पूरा भएको सम्भि्कने र बिरामी बेहोस भएर मर्न लाग्दासमेत ध्यान नदिने गरेको उनले बताए।
मेहलकुना अस्पतालमा अप्रेसन शिविर सकेर पश्चिमको सालकोट प्राथमिक स्वास्थ्य केन्द्र गएको सुष्मा कोइराला मेमोरियल ट्रस्टले त्यहाँ पनि बिरामीको स्वास्थ्यमाथि खेलाँची गरेको स्थानीय भुक्तभोगी बताउँछन्। पूर्वाधारबिनै अप्रेसन शिविर चलाउँदा बिरामीले सास्ती भोगेका छन्। त्यसको असरले अधिकांश महिला अहिले पनि अस्पताल धाइरहेका छन्।
प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ट्रस्टले २०६९ चैत २५ देखि ३० गतेसम्म सञ्चालन गरेको शिविरमा १ सय ५३ महिलाको अप्रेसन गरेको थियो। शिविरमा २ सय ३२ महिलाको स्त्रि्कनिङ गरिएको थियो। ‘जाँच गर्न आएकामध्ये आधाभन्दा बढीको अप्रेसन गरिएको थियो,’ केन्द्र प्रमुख डिल्लीराम सापकोटाले भने, ‘कतिपय महिलाको त अप्रेसन गर्नु नपर्ने भए पनि गरिएको हल्ला उतिबेलै चलेको हो।’
गाउँमा शिविर सञ्चालन गर्नुपूर्व आयोजकले नेपाल रेडक्रस सोसाइटी, अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयसँग मिलेर रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। सुर्खेतको मेहलकुना र सालकोटमा चलाइएको शिविरमा ट्रस्टले यसमा हेक्का राखेन। रक्त–व्यवस्थापनमा कतिसम्म हेलचक्याेहइँ गरिएको थियो भने, बिरामी अचेत भएर ढलेपछि मात्रै आफन्तलाई ‘ब्लड खोज’ भनिन्थ्यो।
अप्रेसनमा सहभागी डा. जितेन्द्र महासेठको भनाइले पनि यसको पुष्टि गर्छ। उनले एक बिरामीलाई रगत नपाएपछि आफैँले रक्तदान गरेर बचाएको बताए। ‘मैले मेहलकुना शिविरमा आफैँ एक महिलालाई रगत दिएर बचाएको हुँ,’ उनी भन्छन्, ‘अहिले ममाथि अनेक आरोप लगाइएको छ।’
महिला प्रजनन अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मी दीपक रौनियारले गरेको अध्ययनमा समेत शिविरले यस्ता आधारभूत आवश्यकतामा ख्याल नगरेको बताएका छन्। ‘अप्रेसनपूर्व नै बिरामीका लागि रगत व्यवस्था गरिएको हुनुपर्छ,’ उनले अध्ययनमा भनेका छन्, ‘तर, शिविरमा त्यस्तो सावधानी अपनाएको पाइएन, बरु आवश्यक पर्नेबित्तिकै आफन्तलाई अत्याइन्छ।’
पाठेघरको सल्यक्रिया ‘मेजर अप्रेसन’ मा पर्छ। यस्तो अप्रेसन गर्न आधुनिक सुविधासम्पन्न अप्रेसन कक्ष (ओटी रुम) चाहिन्छ। चिकित्सकलाई यसबारे जानकारी नहुने होइन तर करारमा गएका त्यस्ता चिकित्सकले जस्तोसुकै ठाउँमा अप्रेसन गरिदिन्छन्। सालकोटको शिविरमा त्यहाँको लेवर रुम (सुत्केरी गराउने ठाउँ) लाई अप्रेसन कक्षको रुपमा प्रयोग गरिएको थियो। ‘यति ठूलो अप्रेसन त सुविधासम्पन्न ओटी रुममै गरेको भए राम्रो हुन्थ्यो,’ प्राथमिक स्वास्थ्य केन्द्रका स्टाफ नर्स क्रिस्टिना सापकोटा भन्छिन्, ‘यहाँ त कामचलाउ मात्रै गरियो।’
अप्रेसनलगत्तै गरिने ‘पोस्टअप’ सेवा बिरामीका लागि अत्यावश्यक हो। यसका लागि सुविधायुक्त आइसियु रुम चाहिन्छ। त्यस्तो रुममा बिरामीलाई अप्रेसनपछि सम्झाइबुझाइ गर्ने, काउन्सिलिङ गर्ने र नकारात्मक असर देखिए उपचार गर्ने गरिन्छ। गाउँका शिविरमा भने महिलाले आइसियु रुम त टाढाको कुरा, सामान्य कोठामा समेत बस्न पाएनन्। ‘अप्रेसन गर्नेबित्तिकै चौरमा ल्याएर थचार्थे,’ मेहलकुनाकी दुजी वली भन्छिन्, ‘आफन्तलाई बिरामी खोज्नै हैरान हुन्थ्यो।’ अप्रेसन सकिएपछि आफन्तले के खाने, के नखाने, के गर्ने, के नगर्ने भनेर सोध्दासमेत राम्ररी जवाफ नदिइएको उनले बताइन्।
चिकित्सकका अनुसार पाठेघरको अप्रेसन गर्नुपूर्व बिरामीको रक्त–जाँचअन्तर्गत हेमोग्लोबिन, टिसी, डिसी, प्लेट्लेट्स काउन्ट, ग्लुकोज, पिसाब जाँचअन्तर्गत सामान्य र माइक्रोस्कोपिक परीक्षण गर्नुपर्छ। यसका साथै पाठेघरको एक्स–रे र इसिजी पनि गर्नुपर्ने प्रावधान छ। यस्ता शिविरमा भने सामान्य रगत र पिसाब जाँचमात्र गर्ने गरेको पाइएको छ। ‘बरु अस्पतालमा गरिने अप्रेसनमा इसिजीबाहेक अरु जाँच गरिएको पाइयो,’ रौनियारको प्रतिवेदनमा भनिएको छ, ‘घुम्ती शिविरमा भने रगत र पिसाबको सामान्य जाँचमात्र गर्ने गरिन्छ।’ यसरी अप्रेसन गर्दा महिलामा पिसाबथैली र अन्य प्रजनन अंग खस्ने, यौनअंगबाट रगत बगिरहने, यौनांगमा संक्रमण हुनेलगायत समस्या देखिने गरेका उनको भनाइ छ।
अप्रेसन शिविर चलाउँदा त्यहाँ एम्बुलेन्स पनि तयारी अवस्थामा राखिनुपर्छ। रगत व्यवस्थापनमा समेत ध्यान नदिने शिविर सञ्चालकका लागि एम्बुलेन्स धेरै टाढाको वस्तु हुने गरेको छ। ‘विरामीलाई एक्कासि केही भइहाल्यो भने एम्बुलेन्समा दौडाएर लग्दा सजिलो हुन्थ्यो,’ गाविस सचिव अधिकारी भन्छन्, ‘शिविर सञ्चालकले भने बिरामी गम्भीर अवस्थामा पुग्दासमेत त्यसलाई आफ्नो दायित्व सम्भि्कँदैनन्।’
सालकोट प्राथमिक स्वास्थ्य केन्द्रकी नर्स सापकोटा पूर्वाधारबिना अप्रेसन गर्दा धेरै महिलाले समस्या भोग्नुपरेको बताउँछिन्। उनका अनुसार उतिबेला अप्रेसन गरिएका महिला अहिले पनि समस्या बोकेर आउने गरेका छन्। ‘कतिपय बिरामी त जटिल अवस्थाका भेटिएपछि रेफर गरेर बाहिर पठाएका छौं,’ उनले भनिन्, ‘शिविरमा अप्रसेन गरेका धेरै महिलामा समस्या देखिएको छ।’ त्यस्ता बिरामी अहिले पनि एक–दुई दिन बिराएर दुई–चारजना आउने गरेका उनले बताइन्।
सदरमुकाम वीरेन्द्रनगरदेखि करिब ४० किलोमिटर पश्चिमको सालकोट प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि आधारभूत सुविधाबाट वञ्चित छ। स्वास्थ्यचौकीसरहको प्राथमिक स्वास्थ्य केन्द्रमा सुविधा अभाव हुने थाहा हुँदाहुँदै पनि अप्रेसन शिविर चलाउनु आश्चर्य भएको स्थानीय बताउँछन्। ‘उतिबेला त हामीले गाउँमै शिविर आएपछि खर्च जोगिने भयो भनेर खुसी मनाएका थियौं,’ अम्बिकाका पतिले भने, ‘अपे्रसनपछि उपचारमा भएको खर्चले भने दुःखी बनाएको छ।’ श्रीमतीको उपचारमा भएको ३२ हजार खर्च जुटाउन खेत बेच्नु परेको उनले बताए।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...