Friday 23 Shrawn, 2077 | August 07, 2020
Menu

समाज

धरौटीमा छुटेका असई अख्तियारको हिरासतमा

(1 Vote)
काठमाडौं - दुई व्यापारीको अपहरण गरी रकम असुलेको अभियोगमा धरौटीमा छुटेका असई राजु भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा अनुसन्धान शुरु गरेको छ। व्यापारी अपहरण गरी रकम असुलेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले भ्रष्टाचार कसुरमा अनुसन्धानका लागि सोमबार अख्तियार पठाएको थियो।


प्रहरीको राय सुझावअनुसार सरकारी वकिलको कार्यालयले 'तीनैजना राष्ट्रसेवक कर्मचारी भएको र उनीहरुले पाएको अख्तियारी दुरुपयोग गरेकाले अदालतबाट छुटी जाने भए प्रहरीमा बुझाउनअभियोग पत्र मार्फत अदालतलाई आग्रह गरेको थियो।

दुईजनालाई प्रहरी पुर्पक्षको आदेशअनुसार केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएको थियो। धरौटी मागिएका भण्डारीलाई अदालतले प्रहरीमा बुझाएको थियो। 

'अदालतले हामीलाई बुझाएपछि सोमबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइसक्यौं,' बौद्ध बृत्तका प्रमुख डिएसपी मनोज केसीले नागरिकन्युजसँग भने। 

अख्तियारका सचिव गणेशराज जोशिले अनुसन्धान अधिकृत तोकेर प्रकृया शुरु गरिएको बताए। 'यस विषयमा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रकृया अगाडि बढाइसकेका छौंउनले भने।

चैत ४ गते कुमारीगालमा मूर्ति व्यापारी कर्णध्वज लिम्बू र सूर्यमान तामाङलाई कब्जामा लिएर दुई लाख ६१ हजार रुपैयाँमोबाइल र मोटरसाइकल कब्जामा लिएको अभियोगमा भण्डारीसहित सईद्वय रुद्र पौडेल र प्रकाश मल्लविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोग लगाइएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण उप्रेतीको इजलासले दुवै सईलाई पुर्पक्षमा पठाउने आदेश दिए पनि प्रहरी अनुसन्धानमा अपहरण योजनाकार र असुलीको रकम भागबन्डामा संलग्न देखिएका भण्डारीलाई भने एक लाख ५० हजार धरौटी मागेको थियो।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...