Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

समाज

थन्केको दमकललाई बर्षेनी लाखौं

(0 votes)
इलाम—मेचीका तीन पहाडी जिल्लामा रहेको एकमात्र दमकल बिग्रेर थन्केको लामो समय बितिसक्दा पनि विकल्प खोजी भएको छैन। आगलागीका घटना बर्षेनी बढ्दै गरेको अवस्थामा दमकल थन्किँदा सम्भावित क्षतिको खतरा त छँदैछ, खर्च पनि रोकिएको छैन।
आफ्नो स्वामित्वमा रहेको दमकललाई इलाम नगरपालिकाले बर्षेनी चार लाख रुपैयाँभन्दा धेरै खर्चिंदै आए पनि आगलागी नियन्त्रणमा यसको भूमिका काम लाग्ने छैन । मर्मत र सामान फेर्नेक्रम भने नरोकि"दा दमकल 'हात्ती पाल्नु बराबरी भएको' देखिएको छ ।

२०६६ फागुनमा इलाम बजार आगलागी हुँदा बिग्रेर काम नदिएको दमकल त्यसपछिका घटनामा पनि उपयोगमा आएको छैन । आगलागीका घटना धेरै हुने सुख्खा मौसम सुरु भइसक्दासमेत नया" दमकल नल्याइनुलाई नगरवासीले आपत्ति जनाइरहेका छन्।

स्थानीय विकास मन्त्रालयले १३ बर्षअघि नगरपालिकालाई अनुदान दिएको दमकल चाइनिज कम्पनीको हो । सुरुका केही बर्ष राम्ररी गुड्ने र आगलागी नियन्त्रणमा उपयोगी बनेको दमकल ०६५ देखि निकम्मा बनेको हो । दमकललाई खर्च हुनेक्रम जारी छ ।

'चाइनिज कम्पनीको दमकल बिग्रिँदा सामान नपाएर बनाउनै हैरान छ' सुरुदेखिकै फायरम्यान खगेन्द्र कार्कीले भने, 'इण्डियन दमकल भए सामान पाइन्छ, चाइनिजको मरिगए भेटिँदैन ।' स्टेरिङ बक्स, क्लज, व्याट्री, गियर आदि बिग्रेर दमकल थन्केको कार्कीले बताए ।

नगरपालिका कार्यालय परिसरको ग्यारेजमा राखिएको दमकल धूलोले छोपिएको छ भने हेर्दै जीर्ण देखिन्छ । आक्कलझुक्कल स्टार्ट गरेर 'तयारी अवस्थामा' राखेको बताइए पनि फायरम्यान स्वयंले दमकल कतै गुडेर गएर आगलागी नियन्त्रण गर्न नसक्ने बताउ"छन् ।

'गुड्न थाल्यो कि इन्जिन तातेर हैरान हुन्छ, अनि कसरी आगलागीमा यसले काम दियोस' कार्कीले थपे, 'जसिक्दो चा"डो नया" दमकल नल्याए आगलागीका घटनाले फेरि ठूलो क्षति हुनसक्छ ।' दमकल थन्किए पनि केहीलाई 'कमाई खाने दुहुनो गाई' भएको देखिन्छ ।

नगरपालिकाको जिन्सी शाखाका पदमसिंह खत्रीका अनुसार एउटा सामान फेरेको केही समयमैं त्यही सामानको माग गर्दै थुप्रैपल्ट निवेदन पर्छन् । बर्षमा पा"च÷सातपल्ट सामान फेर्दा नगरपालिकाको हजारौं रुपैया" सकिन्छ तर दमकलको अवस्था ज्यु"का त्यु" देखिन्छ ।

'दमकल मर्मत गर्नु भनेको हात्ती पाल्नु बराबर हु"दैछ, कति कर्मचारीलाई यो गतिलो आम्दानी स्रोत हु"दैछ' नगरपालिकाकै एक कर्मचारीले भने, 'आगो निभाउन यसले काम दि"दैन भन्ने पहिल्यै जानेर पनि बर्षैनी लाखौं रुपैया" खर्चेर सरकारी ढुकुटी रित्याउनु नहुने हो ।'

चार हजार लिटर पानी अटाउनसक्ने क्षमताको दमकलका लागि दुई ड्राइभर र दुई फायरम्यान नियुक्त छन् । सुरुका केही बर्ष फायरम्यानहरु दमकलकै काममा अल्झिए पनि अहिले थन्केपछि नगरपालिकाको अन्य शाखामा कार्यरत छन् ।

२०६८ को जनगणनाअनुसार चार हजार सात सय घरधुरी रहेको नगरपालिकामा आगलागीका घटना भए दमकलले तुरुन्तै नियन्त्रण गर्न सकोस भन्ने उद्देश्यले नारायणस्थानमा ठूलो रकम खर्चेर बनाइएको 'रिजर्भ ट्यांकी' पनि बनाइएको छ ।

दमकलका लागि कर्मचारीको तलव, मर्मत, सामान र इन्धनमा अघिल्लो आर्थिक बर्षभित्र चार लाख २२ हजार दुई सय १७ रुपैया" खर्च भएको जनाउ"दै नगरपालिकाका लेखा अधिकृत रामकुमार श्रेष्ठले कर्मचारीको तलव बढ्दा खर्चको मात्रा अब बढ्ने बताए ।

दमकलको हविगत मन्त्रालयमा थुप्रैपल्ट नया" माग गरिए पनि सुनुवाई नभएको नगरपालिकाका अधिकृत रामकुमार शाहले बताए । 'हामी मागेको मागेकै छौं तर वेवास्ता हु"दै आएको छ' शाहले भने, 'उपलव्ध हुने छा"ट नदेखेर अब विकल्प खोज्दैछौं ।

मेची पहाडमा आगलागीका घटना बर्षेनी बढ्दै गरेको अवस्थामा पुरानोले काम नदिएपछि जगेडा कोषमार्फत नया" ल्याउने कुरा भइरहेको शाहले बताए । झण्डै ७० लाख रुपैया" पर्ने इण्डियन कम्पनीको दमकल ल्याए आगलागीका घटना बेलैमा नियन्त्रण हुने उनको ठम्याई छ ।

ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम र इलाम बजारमा पछिल्ला पाँच बर्षमा आगलागीका आधा दर्जन ठूला चारवटा ठूला घटना हु"दा दमकल नभएर क्षतिको मात्रा ठूलो हुनपुगेको थियो । आगलागीपछि दमकलकै निहुँमा इलामवासीले नगरपालिकामा तोडफोडसमेत गरेका थिए ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...