Tuesday 18 Chaitra, 2076 | March 31, 2020
Menu

समाज

बस्ती अतिक्रमणले चुरे र वन विनाश

(0 votes)
रौतहट- जिल्ला वन कार्यालयको आडैमा रहेको राष्ट्रिय वनबाट मूल्यवान् काठ हराउने क्रम बढेको छ। साल, खयर, सिसौ र सतिसालका रूख सखाप भएको वृन्दावन साझेदारी वन अध्यक्ष शंकर यादवले बताए। रंगपुर, गैंडाटार, भोलनटार, बलेरी, सिमरी, लक्ष्मीनियाजस्ता जंगल र छेउका गाउँआसपासका जंगल नष्ट हुने क्रम बढेको छ। 
चन्द्रनिगाहपुर–३ को जंगलमा ५ सय हेक्टरभन्दा बढी राष्ट्रिय वन फाँडी हजारबढी परिवारले बस्ती बसालेका छन्। मकवानपुर र रौतहटको साँधमा पर्ने भोलनटार र अरुणबस्तीका बासिन्दाले गाविस कार्यालय चन्द्रनिगाहपुरबाट काम गराइरहेका भए पनि जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सो वनक्षेत्र मकवानपुरको भएकाले आफूले हेर्न नमिल्ने बताउँछन्। डेढ दशकदेखि निर्बाध वन फँडानी भइरहे पनि जिल्ला वन मूकदर्शक बनिरहेको छ। 
भोलनटारका स्थानीयको एउटा पेसा काठको व्यापार पनि हो। उनीहरू वन फाँडेर दाउरा बेची जीवनयापन गर्छन् । वन अधिकृत भण्डारी भोलनटार मकवानपुरको धियाँल गाविसमा पर्ने भएकाले आफूले केही गर्न नसक्ने बताउँछन्। जबकि जिल्ला शिक्षा कार्यालय रौतहटले त्यहाँ वनदेवी प्राथमिक विद्यालय सञ्चालन गरी तीन शिक्षक खटाएको छ। द्वन्द्वकालमै मकवानपुरको फापरवारीबाट भोलनटार बस्तीमा आएर बसोबास गरेको टेकबहादुर सिङताङले बताए। उनीहरू नागरिकतालगायत सबै काम रौतहतबाटै गर्छन्। जिल्लाको प्रहरी प्रशासन यहाँ अहिलेसम्म आएको छैन। 
चन्द्रनिगाहपुर रेन्जपोस्टअन्तर्गतकोे डावरीदेखि आपखोलासम्म ५० भन्दा बढी सखुवा संविधानसभा निर्वाचनको समयमा काटिएको पाइएको छ। केही ठाउँमा तस्करले काटेर लैजान ठिक्क पारेका गोलिया अझै देखिन्छन्। वन कर्मचारीकै मिलेमतोमा रूख काटिएको स्थानीय बताउँछन्। 'रेन्जपोस्टको एक सय मिटरनजिकै रूख काटिँदा पनि कर्मचारीले थाहा नपाउने हुनै सक्दैन, यसले मिलेमतो भएको देखाउँछ,' उनीहरू भन्छन्। रौतहटका चन्द्रनिगाहपुर, वृन्दावन, धन्सार, रेन्जपोस्टअन्तर्गतको जंगलमा व्यापक मात्रामा सालका रूख काटिएका छन्। 
पौराई गाविसको चुरेक्षेत्रमा वन फँडानी गरी बसेको जरायोटार बस्ती भने तत्काल हटाउने प्रक्रिया थालेको अधिकृत भण्डारीले बताए। सत्तरी घरपरिवार हटाई जरायोटार बस्तीमा रूख रोपिने र गत वर्ष विभिन्न अतिक्रमित बस्ती खाली गराई साठी हेक्टर जमिनमा वृक्षरोपण गरिएको उनले जानकारी दिए। 
वन, भूसंरक्षण तथा जिल्ला विकास समितिको समन्वय नहुँदा जिल्लाको वन र चुरेक्षेत्र निरन्तर विनाश भइरहेको छ। सत्ताइस हजार हेक्टर वनक्षेत्र भित्रभित्रै खोक्रो भइसकेको छ। झन्डै तीन हजार हेक्टर वन अतिक्रमणको चपेटामा छ। वन र चुरे दुवैको विनाश रोक्न समग्र चुरेक्षेत्रलाई बस्तीविहीन बनाउनुपर्ने भण्डारी बताउँछन्। 
जिल्ला विकास समितिले जथाभाबी ढुंगागिट्टी ठेक्कामा लगाउँदा चुरेसँगै वन पनि विनाश भइरहेको एक कर्मचारी बताउँछन्। चालू आर्थिक वर्षमा जिल्ला विकास समितिले वनक्षेत्रमा पर्ने धन्सार खोलाबाट ढुंगागिट्टी निकासीका लागि ३५ लाखमा ठेक्का दिए पनि वन कार्यालयले रोक लगाएको थियो। जिविसले अन्य विभिन्न खोलाबाट फागुन मसान्तसम्म ढुंगागिट्टी भारत निकासी गन ३८ लाख २५ हजारमा ठेक्का दिएको छ। लगाएका छन।
चुरे जोगाउन जिल्लामा २०६७ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको छ। कार्यक्रमअन्तर्गत तीन वर्षमा तीन करोड रुपैयाँ बजेट आए पनि वर्षौंदेखिको चुरे अतिक्रमण तीन वर्षमा हटाउन नसकिएको भूसंरक्षण प्रमुख भण्डारीले बताए। लामो समयदेखि कब्जा जमाएका बस्ती हटाउन राज्यले नै विशेष कदम चाल्नुपर्ने उनी देख्छन्। 
चुरेक्ष्।ेत्रबाट दैनिक ढुंगागिट्टी उत्खनन हुँदा पर्यावरणमा असर परेको तराइको मरुभूमीकरण हुँदै गएको सरोकारवाल बताउँछन्। 'सिंगो तराई विनाश हुनुभन्दा पहिले नै उत्खनन रोकिनुपर्छ,' संग्रामपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक बिसुन्दर राय यादव भन्छन्। 
शिवशंकर क्रसर उद्योगलाई २४ हजार ६ सय २५ घनमिटर ढुंगागिट्टी, ९ हजार २ सय २५ घनमिटर चिप्स र १० हजार ५ सय १९ घनमिटर ढुंगाको धुलो फागुन मसान्तभित्र भारत निकासी गर्न जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकबाट अनुमति दिइएको बुझिएको छ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...