Monday 19 Jestha, 2077 | June 01, 2020
Menu

समाज

दृष्टिविहीन दिदीबहिनीका सपना

(0 votes)
दृष्टिविहीन दिदीबहिनीका सपना
इलाम- आँखा भएर पनि दृष्टिक्षमता नभएकाको जीवन कस्तो होला? उत्तर आउन सक्छ– 'उपेक्षित, पीडादायी र चित्तदुख्दो।' तर, सबैका हकमा त्यस्तो हुँदैन। नपत्याए इलामको जमुना–९ स्थित लिम्बँ समुदायको एउटा घरमा जन्मेका चार दिदीबहिनीलाई हेर्नुस्। 
खेतीपाती र पशुपालनबाट जीवन गुजारा गर्ने टेकबहादुर थेवे र बालकुमारी थेवेका छ सन्तानमध्ये चार छोरी छन्। सबै दृष्टिविहीन। लेकाली गाउँमा जन्मेका ती चारै दिदीबहिनी बच्चैदेखि सदरमुकामस्थित बालमन्दिरमा आश्रित छन्। पढाइमा दत्तचित्त हुँदा उनीहरू अरूभन्दा कम छैनन्। 
विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा ३ करोड ९० लाख दृष्टिविहीन छन्। तीमध्ये सबैले केही न केही सपना बोकेका हुन्छन्। कतिले मेहनतपँर्वक पँरा गर्छन्, कतिले सपनै देख्दैनन्। यी दिदीबहिनी भने बेलैमा लक्ष्य निर्धारण गरी शिक्षाको ज्योतिले आँखा खुलाउनतिर लागेका छन्। शिक्षाप्रति उनीहरूको झुकाव ईर्ष्यालाग्दो छ। 
टुकुटुकु हिँड्ने उमेरमा उभिन गाह्रो भएपछि, खेल्न तँछाडमछाड गर्ने बेला लड्न थालेपछि र किताब च्यापेर स्कुल जाने बेला बाटो नदेखेपछि यी दिदीबहिनी थुप्रैका लागि 'घाँडो' थिए। कमजोर आर्थिक अवस्थाका थेवे दम्पतीले विस्तारै थाहा पाए– चारै छोरी दृष्टिविहीन छन्। उनीहरूको कमलो मन त पग्लियो तर गोजी गरुँगो थिएन। 'उपचारले पनि छोरीले आँखा देख्दैनन्' भन्ने बुझेपछि मन बुझाए, उपचारतिर लागेनन्। 
गाउँ विकट थियो तर थेवे दम्पतीमा शिक्षाको मोह मनग्गे। आफँले धेरै नपढेको पीडा सन्तानमा देख्नु थिएन। त्यसै बेला सदरमुकामको बालमन्दिरमा दृष्टिविहीन बालबालिकालाई आश्रय दिइँदैथ्यो। त्यो थाहा पाउनासाथ टेकबहादुरले जेठी र माइली रीना र मीनालाई त्यहाँ ल्याइपुर्यााए। केही पछि जन्मेका साइँली सञ्जिता र कान्छी समृद्धि पनि दृष्टिविहीनै थिए। उनीहरूको आश्रयस्थल पनि बालमन्दिर नै बन्न पुग्यो। 
'अहिले चारै दिदीबहिनी एकै ठाउँ बसेर पढ्दैछौं,' ११ दृष्टिविहीन आश्रित बालमन्दिरमा आइतबार बिहान रीनाले भनिन््, 'वर्षमा चारपल्ट घर जान्छौं, बाँकी समय स्कुल र यहीं बित्छ।' ब्रेल लिपिबाट लेखपढ जानेका उनीहरूमध्ये १६ वर्षीया रीना र १५ वर्षीया मीना कक्षा ९ मा अध्ययनरत छन्। ११ वर्षकी सञ्जिता र ९ वर्षकी संवृद्धि क्रमशः ५ र ४ कक्षा पढ्दैछन्। कक्षामा अलग हुने उनीहरू बालमन्दिरमा रहँदा सँगसँगै हुन्छन्। 
'हामीलाई त घर छोडेको थोरैथोरै मात्र सम्झना छ, जान्ने भएदेखि नै यहींको यहीं छौं,' एक दशकदेखि बालमन्दिर बस्दै आएका रीना र मीना भन्छन्, 'घरमा त पाहुनाजस्तो बेलाबेला मात्रै गइन्छ।' पाँच वर्षदेखि यहीं आश्रय लिइरहेका चार छोरी आफैं गाडी चढ्दै, ओर्लंदै र ठमठमी हिँडेर घर पुग्दा थेवे दम्पती खुसीले फुरुङ्ग हुन्छन्। त्यस बेला दृष्टिक्षमता भएका दुई छोराभन्दा बुबाआमाका लागि दृष्टिविहीन छोरी नै प्रिय बन्छन्। 
बालमन्दिरमा आश्रय लिँदा थेवे दिदीबहिनीसहित ११ जनै दृष्टिविहीनले कुनै शुल्क तिर्नुपर्दैन। शिक्षा कार्यालय, बाल संगठन र सुनगाभा क्लबले सबै बेहोर्छन्। उल्टै उनीहरूलाई प्रत्येक महिना पकेट खर्चबापत प्रतिविद्यार्थी तीन सय रुपैयाँ दिइन्छ। अभावको पीडा नजिकबाट नियालेका थेवे दिदीबहिनी त्यो रकम 'पछि पढ्न चाहिन्छ' भन्दै बैंकमा राख्दैछन्। उनीहरूको छ हजार रुपैयाँ छ।
ब्रेल लिपिबाहेक पढ्न नसक्ने उनीहरू अरूबाट सुनेका भरमा ज्ञान लिन्छन्। शिक्षकशिक्षिका पसेपछि ठाडा भएका कान कक्षा नसिद्धिएसम्म सुस्ताउँदैनन्। टेलिभिजनमा दृश्य देख्दैनन्, आवाज सुनेरै अनुभव गर्छन्। बिहानबेलुका रेडियो सिरानीमै राख्छन्। देशमा को प्रधानमन्त्री, को शिक्षामन्त्री छ– जोकोहीलाई फ्याट्ट आउँदैन, उनीहरू विदेशका जल्दाबल्दा घटनाक्रमसम्म सर्सर्ती सुनाउँछन्। पढाइमा फेलको रेकर्ड राखेका छैनन्।
'गाउँमै भएको भए बोल्न पनि जान्दैनथ्यौं होला, लेखपढ गर्नु त परको कुरा,' पत्रकारितामा रुचि राख्ने मीनाले सुनाइन्, 'एसएलसीपछि पत्रकार हुने रहर हो तर आँखा नदेख्दा सबैतिर पुग्न सकिँदैन होला, एफएममा आरजे त हुन्छु–हुन्छु।' अर्को वर्ष एसएलसी सकेर आर्ट्समा अंग्रेजी विषय पढ्ने सोच बनाएकी रीनाचाहिँ विश्वसाहित्यमा रुचि राख्छिन्। बहिनी सानै छन्, लक्ष्य बनाइसकेका छैनन्। तैपनि संगीतप्रति उनीहरू व्यग्र छन्। 
आफ्नो लुगा आफैं धुने, खाएका भाँडा आफैं माझ्ने र कोठाको सरसफाइ आफैं गर्ने उनीहरू 'आँखा देखेको भए अरूको भरपर्दा यत्तिको काम जान्दैनथ्यौं भन्ने ठान्छन्। 'अहिले सबैजसो काम आफैं गछौं, कसैको मुख ताक्नु पर्दैन,' आँखा नदेखे पनि दरिलो आत्मविश्वास बोकेकी मीनाले भनिन्, 'स्कुल जाँदा र फर्कंदा दिदीबहिनी हात समाउँछौं, अरू काम पनि उत्तिकै मिलेर गर्छौं।' शिक्षाले गर्दा उनीहरूको संस्कार र सभ्यता फेरिँदै छ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...