22 Chaitra, 2076 | April 04, 2020
Menu

समाज

समुन्द्रछेउका रोग भित्रिए

(0 votes)
काठमाडौं-नेपालीको आउजाउ विश्वका कुना–कुनाका देश–दुनियाँसम्म भइरहेको छ। विभिन्न उद्देश्यले हुने यस्ता विदेश आउजाउले ज्ञान–विज्ञानको क्षेत्र फराकिलो मात्र भएको छैन, फर्कंदा नौला र डरलाग्दा रोगसमेत भित्रिरहेका छन्।
विज्ञका अनुसार अचेल नेपालीमा नयाँ–नयाँ रोग देखिने क्रम बढ्दो छ। अफ्रिका तथा समुन्द्र छेउछाउका क्षेत्रमा मात्र देखिने रोग नेपालीमा भेटिन थालेको छ। सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पछिल्लोपटक भाइरसले गराउने चिकेनगोनिया, वाइस्ट नाइल र न्युराइन टाइफस, रिपेक्सियाजस्ता ब्याक्टेरियाका कारण हुने रोग भेटिएका छन्।

केही महिनाअघि टेकु अस्पतालले धादिङबाट चिकेनगुनियाका पाँच बिरामी आएको रिपोर्ट गरेको थियो। नाइल नदीवरपरका क्षेत्रमा फैलिएको वाइस्ट नाइल भाइरसका बिरामी नेपालगन्जमा पनि भेटिएको महाशाखा निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिए। 

अफ्रिकी देशमा पाइने न्युराइन टाइफस ब्याक्टेरिया पनि यहाँ धेरै ठाउँमा भेटिन थालेका छन्। पाटन अस्पतालले केही समयअघि ज्वरोका कारण भर्ना भएका १५ प्रतिशत बिरामीमा यस खालको ब्याक्टेरिया भेटिएको जानकारी दिएको थियो। ‘पाटनमा १५ प्रतिशत भेटियो भनेपछि अन्य अस्पतालमा पनि भेटिएको होला,' डा. मरासिनीले भने, ‘२/३ प्रकारका एन्टिबायोटिक्स चलाइदिएपछि ठिक भइहाल्छ, कारण नै खोजिन्न।'

भुसुना, उपियाँ, उडुसजस्ता परजीवी टोकाइबाट सर्ने रिपेक्सिया हालसम्म नेपालमा भेटिएको छैन। तर यहाँ आएर फर्किएकाहरूमा कडा खालको ज्वरो परीक्षण गर्दा रिपेक्सिया पुष्टि भएको थियो।
‘सबै ठाउँमा यस्ता रोगको परीक्षण सम्भव छैन, त्यसैले हामी सीमित ठाउँको अनुभवमा खुम्चिएर बस्नुपरेको छ,' उनले भने, ‘यस्ता रोग हाम्रो भविष्यका चुनौती हुन्, त्यसका लागि हामी तयार रहनुपर्छ।'
यस्ता भाइरस संक्रमित भएपछि कडा खालको ज्वरो आउँछ। चिकेनगुनियाका ब्याक्टेरिया पनि डेंगे ज्वरो ल्याउने प्रजातिकै लामखुट्टेले सार्ने भएकाले यस्तो रोगका बिरामी बढ्नसक्ने महाशाखाको आँकलन छ। यसले कडा खालका ज्वरो र ज्वरोमा आन्तरिक रक्तस्रावजस्ता समस्या ल्याउँछ। एन्टिबायोटिक्सले पनि हतपती काम गर्दैन।

नेपालमा यसै पनि लामखुट्टे, भुसुनाजस्ता कीराको टोकाइबाट सर्ने रोगको वृद्धिदर वर्षौंदेखि कायम छ। पुराना केही रोग खोप, विषादी छिर्का, औषधी वितरणबाट नियन्त्रणमा रहे पनि त्यस्ता रोगले खतराको क्षेत्र परिवर्तन गर्दै लगेको छ। ‘एकातिर भएका रोग पहाड र हिमाली क्षेत्रमा सर्दैछन्, अर्कातिर नयाँ रोग देखिँदैछन्,' डा. मरासिनीले भने, ‘सर्ने र कीटजन्य रोगको जोखिम नेपालमा उस्तै छ।'
विज्ञका अनुसार संसारका विभिन्न कुनामा भेटिएका रोगसमेत नेपालमा देखिनुको प्रमुख कारण आउजाउ नै हो। तापक्रम वृद्धिले जुनसुकै खालका किटाणु जहाँ पनि टिक्नसक्ने वातावरण रहेकाले नेपालमा यस्ता रोगको खतरा बढ्न सक्ने चिकित्सक बताउँछन्। 
यसअघि नेपालमा जापानिज इन्सेफ्लाइटिस, औलो, कालाजार, डेंगे, हात्तीपाइलेजस्ता कीराबाट सर्ने रोगले बर्सेनि थुप्रैलाई बिरामी पार्ने गरेको थियो। सन् २००२ सम्म ठूलो मृत्युको कारण रहेको जापानिज इन्सेफ्लाइटिस हाल नियन्त्रणमा रहे पनि अन्य रोगका बिरामी संख्या बढिरहेको महाशाखाले जनाएको छ। कैलाली, कन्चनपुर र बाँकेमा औलोको जोखिम बढी छ। यहाँ ५० प्रतिशत आयातीत औलो छ । 
भुसुनाको टोकाइबाट सर्ने कालाजारको जोखिम झापादेखि मध्य र पूर्वी तराईका ११ जिल्लामा छ। उपचार, विषादी छिर्का र झुल प्रयोगले मृत्युदर घट्दो रहे पनि जोखिम कायमै छ। ‘तराईका रोग' भनेर चिनिने कालाजार, औलो पहाड चढ्दै गरेको मरासिनी बताउँछन्। ‘चुरेबाट कोसीको तिरैतिर यी रोग ओखलढुंगा, खोटाङ, भेरी कर्णालीबाट दैलेख, काली गण्डकीबाट स्याङ्जातिर चढ्दैछ,' उनले भने।
सन् २००६ मा पहिलोपटक नेपालमा देखिएको डेंगे ज्वरो पछिल्ला दिनमा चुनौती बनिसकेको छ। सहरी क्षेत्रमा गमला, सफापानी, जम्ने ठाउँमा यसको जोखिम बढी छ। गत वर्ष चितवनमा मात्रै ७ सय बिरामी भेटिएका थिए। नवलपरासी र भैरहवामा बढी देखिएको डेंगे पहाडी क्षेत्रमा धादिङमा समेत भेटिएको छ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि लिङअङले दक्षिण एसिया क्षेत्रमै यस्ता रोगको जोखिम उच्च भएको बताए। ‘स्वास्थ्य कम प्राथमिकतामा पर्नु, योजनाबिनाको सहरी विकास, मौसम र नियन्त्रणका विशेष कार्यक्रम नहुँदा रोगको जोखिम बढ्दो छ,' उनले भने।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साहले केही सर्ने रोगको जोखिम घट्दै गए पनि पहाडी जिल्ला र गरिब बस्तीमा बढी देखिएको बताए।

१३४ निःशुल्क औषधी

स्वास्थ्यमन्त्री खगराज अधिकारीले निःशुल्क औषधीको संख्या १ सय ३४ पुर्‍याउने बताएका छन्। विश्व स्वास्थ्य दिवसका अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले हाल रहेका औषधीमा थप गरेर यो संख्या पुर्‍याउन लागेको बताए।
सरकारले अत्यावश्यकीय औषधी ४२ सहित, क्षयरोग, औलो, कालाजार, एचआइभीको औषधी निःशुल्क दिँदै आएको छ। आफ्नो कार्यकालमा जेष्ठ नागरिक, महिलालाई विशेष सहुलियत दिने, औषधी र औजार खरिदमा प्रक्रिया पारदर्शी बनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
मन्त्री अधिकारीले सरकारले घुम्ती अस्पताल सुरु गर्ने, औषधी र निजी अस्पतालले दिने सेवाको गुणस्तरीयता जाँच गर्ने, बेरुजु घटाउने, एक्स–रे प्याथोलोजीलाई गाउँगाउँ पुर्‍याउने कार्यक्रम ल्याउने जानकारी दिए। उनले स्वास्थ्य नीतिनिमार्णलाई तीव्र गतिमा अगाडि बढाउने, नसर्ने रोगका महँगो उपचारमा दिएको सहुलियत पुनरावलोकन गर्नेसमेत बताए।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...