Thursday 18 Mangshir, 2077 | December 02, 2020
Menu

समाज

चर्पीले चुलियो फजुल खर्च

(0 votes)
इलामको इभाङ गाविसलाई खुला दिसामुक्त घोषणा गर्न आयोजित सभा।  तस्विर: बेनुप इलामको इभाङ गाविसलाई खुला दिसामुक्त घोषणा गर्न आयोजित सभा। तस्विर: बेनुप
इलाम— भोज जसरी थरीथरीका हुन्छन् मनाउने तरिका पनि एकै हुँदैनन्। कुनै खुसीमा हाँसेर मनाइन्छन् त कुनै दुःखमा रोएर। अहिले इलामका हरेक गाउँमा एक लाख हाराहारी सरकारी रकम खर्चेर नौलो खाले खुसी मनाउन भोज गरिँदैछ। यो क्रम देशभर फैलिने खतरा छ।
इलाममा साँखेजुङबाट सुरु भएको भोज मनाउनेक्रम ११ गाविसमा सकिएको छ। बाँकी ३७ गाविस यस्तै भोज गरेर खुसी बाँड्ने तरखरमा छन्। बेलैमा नियन्त्रण नगरे भोज देशैभर चल्नेछ र विकासमा छुट्टिएको ठूलो धनराशी एकैछिनको रमाइलोमा कहिल्यै फिर्ता नहुने गरी सिद्दिनेछ। घरैपिच्छे चर्पी बनाएर गाउँलाई खुला दिसामुक्त पार्ने सरकारी अभियान सबैतिर जारी छ। सन् २०१७ भित्र नेपाल खुला दिसामुक्त पार्ने लक्ष्य छ। मेचीमा पाँचथरलाई भरखरै खुला दिसामुक्त घोषणा गरिएको छ। इलामका ४८ मध्ये ११ गाविस पनि 'उत्तीर्ण' भइ उत्सव मनाइसकेका छन्।

'रोगले भोलि भन्दैनः चर्पी आफैं बन्दैन' नारासहित मनाइने उत्सव पट्यारलाग्दो हुन्छ। मञ्चमा ३८ जनासम्मलाई आसन ग्रहण गराइन्छ । त्यसमध्ये भाषण गर्ने आधा हुन्छन्। सम्मान कार्यक्रमले झन् ढिलो हुन्छ। उत्सवको पैसा खर्चेरै एफएम रेडियोबाट प्रत्यक्ष प्रशारण गरिन्छ।

भरखरै इभाङ गाविसमा त्यस्तै खर्चालु प्रवृत्ति दोहोरियो। स्कुल मैदान प्रवेशद्वार चारवटा फ्लेक्स व्यानर झुण्ड्याइए। राई, लिम्बू र सुनुवार जातिको झा"की देखाइयो। रंगीचंगी कागजले मञ्च सजाइयो । हुर्रा र च्याबु्रङ नाच देखाइयो। दुई सयभन्दा धेरैलाई मासु भात र भुटन चिउरा पस्कियो।

जुन गाविसलाई खुला दिसामुक्त घोषणा गरिन्छ, त्यस दिन यसैगरी भोज गरिँदैछ। सामान्यतया घरसँगै बनाइपुर्ने चर्पी महिनौंको कर बल र धाक धम्कीले ठडिँदा भोज गरेर खुसी बाँड्नु सुशासनमा पर्दैन। तर, भोजमा जिल्ला र क्षेत्रका उच्च सरकारी अधिकारीकै उपस्थिति हुन्छ।

पहिलोपल्ट साँखेजुङलाई खुला दिसामुक्त घोषणा गर्ने दिन पूर्वाञ्चल क्षेत्रीय प्रशासक जनार्दन नेपालको उपस्थिति थियो। जिल्लाका प्रशासन र सुरक्षा निकाय प्रमुख क्षेत्रीय प्रशासकस"गै उत्सवमा सरिक थिए । घण्टौंको कार्यक्रमले उनीहरुको एक दिन त्यहीं बित्यो ।

सदरमुकामबाट आधा दर्जन सरकारी गाडीमा दर्जनौं कर्मचारी चर्पी बनेको उत्सव मनाउन साँखेजुङ पुगेका थिए। निजी संघ संस्थाका पदाधिकारीको झनै बाक्लो जमघट थियो। सरकारी अनुदानबाट किनेको खसी काटियो, झाँकी देखाइयो, नाचगान गरियो र भोज सकियो।

चैतभित्र इलामलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिसक्ने सरकारी लक्ष्य अधकल्चै रहे पनि भोज मनाउनेक्रम जारी छ। जुन गाविसका सबै घरमा चर्पी बनिसक्छन् तब सचिव, दलका कार्यकर्ता, सामाजिक अगुवा र सामाजिक परिचालक स्वागतद्वार निर्माणमा व्यस्त हुन्छन्।

अतिथिको संख्या हेरी एउटाले नपुगे दुईटासम्म खसी खोजिन्छ। तामझामपूर्वक मञ्च बनाइन्छ । नौमती बाजा घन्काउ"दै जातीय झाँकी निकाल्न उनीहरुलाई भ्याईनभ्याई हुन्छ। सरकारी पाहुना र गैससकर्मीको स्वागत सत्कारमा हजारौं खर्चिइन्छ। भोज बिस्तारै 'ककटेल' बन्छ।

'जमाना कहाँ पुगिसक्यो तर गाउँमा बल्ल चर्पी बन्दैछन्, त्यसमा पनि खुसीयाली मान्दै भोज गर्नु हास्यास्पद कुरा हो' एक सामाजिक अगुवा भन्छन्, 'खसी काटेर भोज गर्ने पैसा विकास निर्माणमा छुट्याउनुपर्ने होइन र !' भोज नियन्त्रण नभए इलाममा मात्रै ५० लाख रुपैयाँ खर्च हुने देखिन्छ।

गाउँलाई खुला दिसामुक्त पार्न सबै विकास बजेट खर्चिइरहेका गाविसले घोषणा सभामा हुँदा एक लाख हाराहारी खर्चिंदै भोज गरिरहेको जिविसका अभियान सहजकर्ता राम रिमाल बताउँछन्। 'यसमा मितव्ययिता अपनाउनुपर्छ' उनले भने, 'लम्बेतान कार्यक्रम गर्नुपर्दैन, छोटो छरितो गर्नुपर्छ।'

खुला दिसामुक्त घोषणा हुन बा"की गाविसमा अझै अति विपन्न परिवारले चर्पी बनाउनै मजदुरी गर्दैछन् । उनीहरुकै कारण अभियान सक्न ढिला भइरहेको भन्दै सामाजिक परिचालकले प्रहरी लगाउँदै 'तुरुन्त चर्पी नबनाए सबै सरकारी सेवा सुविधाबाट वञ्चित गर्ने' धम्की दोहोर्याुउँछन्।'

'भोजमा गर्ने खर्च विपन्न परिवारलाई बाँडेर दिने हो भने पहिल्यै सबै घरमा चर्पी बनिसक्थे' ती अगुवाले थपे, 'एकथरी मानिस खसी काटेर रक्सीको चुस्की लिँदै खुसी मनाइरहँदा चर्पीको ऋणले थिचिएकाहरु निराश भइरहन्छन्', भोज 'अतिथि' र 'अगुवा'लाई मात्रै खुवाइन्छ। चर्पी बनाइसक्ने ९ गाविसमा मुख्य अतिथि बनेका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा 'अरु गाविसलाई प्रोत्साहित गर्न भोज र उत्सव गरिएको' बताउँछन्। 'मेरै कारणले खर्च बढ्दैन तर अरुलाई प्रोत्साहन गर्न यो आवश्यक छ' उनले भने, 'तर, सकेसम्म मितव्ययी हुँदा राम्रो।'

अभियान सफल पार्न गाउँका अगुवा 'औधि खट्नुपर्ने' बाध्यता औंल्याउँदै स्थानीय विकास अधिकारी मदन कोइरालाले 'समापनमा हल्का रमाइलो गर्न' खर्च भइरहेको बताए। 'खर्च बढेको गुनासो आउँदैछ अब घटाउँछौं' कोइरालाले भने, 'सबैको चित्त बुझाउँदा यस्तो भएको हो।'

गाउँ खुला दिसामुक्त भएपछि तामझामबिनै सीमित मानिसको उपस्थितिमा घोषणा सभा गर्दा खर्च घट्ने देखिन्छ । बनेका चर्पीमा दिसापिसाव गरे नगरेको अनुगमन गर्नु साटो भोजमा रकम खर्चिंदा अभियानको प्रभावकारीतामा प्रश्न उठ्दैछ । बनाएर पनि चर्पी प्रयोग नगर्ने घर धेरै छन् ।

झण्डै ६० हजार घरधुरी रहेको इलाममा अहिलेसम्म ४५ हजारले मात्र चर्पी बनाएका छन् । बाँकीले जग्गा र आर्थिक अभाव देखाउँदै आलटाल गर्दैछन्। गाविस, जिविस र खानेपानी तथा सरसफाई कार्यालयले विकास बजेट काटेर अभियानमा चार करोड जति खर्चिइसकेका छन् ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...