Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

समाज

विराटनगरको विकास गति सुस्त

(0 votes)
विराटनगरको सतवार्षिकी समारोह उद्घाटन गर्दै राष्ट्रपति रामवरण यादव। तस्बिर : चुमन बस्नेत विराटनगरको सतवार्षिकी समारोह उद्घाटन गर्दै राष्ट्रपति रामवरण यादव। तस्बिर : चुमन बस्नेत
विराटनगर-विराटनगरमा मोरङ सदरमुकाम स्थापना भएको सय वर्ष पुगेको अवसरमा बुधबार आयोजित विशेष समारोहको राष्ट्रपति रामवरण यादवले शुभारम्भ गरेका छन्। राजा विराटको दरबार मोरङ भेडियारीबाट ल्याइएको सतवार्षिकी ज्योति बालेर राष्ट्रपति यादवले कार्यक्रम शुभारम्भ गरेका हुन्।
१९७१ सालमा रंगेलीबाट सदरमुकाम विराटनगर सारिएको थियो। सय वर्ष पुगेको अवसरमा उपमहानगरपालिकाले वर्षैभरि विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ। 
नेपाली सेनाको पूर्वीपृतना कार्यालय इटहरीबाट हेलिकोप्टरमा विराटनगर आइपुगेका राष्ट्रपति यादवले सयवर्षे इतिहास बोकेको विराटनगरको विकास र विस्तारको योजना बनाउन ढिलाइ गर्न नहुने बताए। ‘आधुनिक इतिहास सय वर्षको होला तर विराटनगरको इतिहास महाभारतकालसँग जोडिएको छ।’ उनले सयवर्ष पुगेको खुसियाली उद्घाटन र समापनमा मात्रै केन्द्रित गर्न नहुने सुझाव दिँदै वृहत विकास योजना बनाउन आग्रह गरे।
‘सुन्दैछु जोगवनी–किमाथान्का सडक बन्दैछ,’ राष्ट्रपति यादवले भने, ‘यो सडकको छिटो निर्माणले उद्योग–व्यवसायको क्षेत्र फस्टाउनेछ।’ विराटनगरको भविष्य सुन्दर बनाउनुपर्ने बताउँदै उनले आर्थिक क्रान्तिको अगुवाई विराटनगरले गर्नुपर्ने बताए। 
राजनीतिज्ञ, कलाकार, कर्मचारीको बाक्लो उपस्थिति रहेको सतवार्षिकी समारोहमा अरु सहरको तुलनामा विराटनगरको विकास गति सुस्त रहेकोमा आलोचना गरियो। ‘अरु सहरको तुलनामा विराटनगर पछि परेको छ,’ विराटनगरकै बासिन्दा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भने, ‘हाम्रा अग्रजले यहाँसम्म ल्याइपुर्‍याए, अब अगाडि बढाउने काम हाम्रो पुस्ताको हो।’ उनले राजनीति, आर्थिक, शिक्षा र कलाको क्षेत्रमा विराटनगर अग्रणी मोर्चामा रहे पनि विकासको गतिमा पछाडि परेको बताए। ‘विराटनगरको विकासको स्पीड बढेको छैन,’ रिजालले भने।
उपप्रधान तना स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले प्रादेशिक राजधानी बन्ने क्षमता राखेको विराटनगरको पूर्वाधारमा सरकारले सहयोग पुर्‍याउने बताए। ‘आसपासको सहरसँग मिलेर मेट्रो विराटनगर बनाउनुपर्छ,’ सिंहले भने।
वनमन्त्री महेश आचार्यले पानी, बिजुलीको समस्या भोगिरहेको विराटनगरका सरकारी क्याम्पस र विश्वविद्यालयको अवस्था नाजुक बनेकोमा चिन्ता व्यक्त गरे। ‘औद्योगिक सहर भनिए पनि यहाँका उद्योगधन्दा सुस्त भएका छन्,’ आचार्यले भने। समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दोस्रो ठूलो सहरको पगरी गुथेको विराटनगर तेस्रो–चौथोमा पुग्न थालेकोमा दुःख लागेको बताए। ‘यही अवस्थामा विराटनगरले पहिचान गुमाउने खतरा छ,’ मन्त्री पण्डितले भने, ‘विराटनगर पछि परेकै हो।’
उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौलाले सदरमुकाम सारिएको सय वर्ष पुगेको अवसरमा वर्षभरि विराटनगरको फोहरमैला व्यवस्थापन, सडकको दुवैछेउमा वृक्षरोपण र पार्क निर्माण गरी बालमैत्री तथा दिसामुक्त सहर बनाउने योजना सुनाए।
रंगेलीको चिन्ता
१९७१ सालमा खोसेर विराटनगरलाई सदरमुकाम बनाएपछि विकासमा सरकारले चासो नदेखाएको आरोप लगाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका पुरानो सदरमुकाम रंगेलीवासीलाई सतवार्षिकी समारोहमा थामथुम पार्ने प्रयास गरियो। त्यही क्षेत्रका सभासद शिवकुमार मण्डलले रंगेलीको विकास र विस्तारप्रति राज्यले चासो नदेखाएको गुनासो गरेपछि स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले रंगेलीलाई सरकारले नबिर्सेको बताए।
सदरमुकाम सारिएकोमा विराटनगरले खुसियाली मनाइरहँदा विकासमा पछाडि पारिएको भन्दै रंगेलीवासीले ‘कालो दिन’ मनाइरहेका छन्। ‘विराटनगरको समृद्धि र विकाससँग रंगेलीवासीको डाह होइन,’ सभासद् मण्डलले भने, ‘त्यहाँका जनतालाई विकासबाट पछाडि पारिएको छ।’

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...