22 Chaitra, 2076 | April 04, 2020
Menu

समाज

‘सुकुमबासी’ सँग १२ कोठे पक्की घर

(0 votes)
सुकुमबासीको नाममा डिलकुमारी पंगेनीले पाएको जग्गाको पूर्जा र हालै निर्मित घर। तस्बिर : कलेन्द्र सुकुमबासीको नाममा डिलकुमारी पंगेनीले पाएको जग्गाको पूर्जा र हालै निर्मित घर। तस्बिर : कलेन्द्र
सुर्खेत-नेपाली बृहत् शब्दकोशमा सुकुमबासीको अर्थ हुन्छ– घरबार, जायजेथा नभएको। सुर्खेतको सुकुमबासी समस्या समाधान समितिले भने त्यस्ता व्यक्तिलाई जग्गा दिएको छ, जोसँग लाखौंको जायजेथा छ। त्यति मात्र होइन, समितिले दिएको जग्गामा ‘सुकुमबासी'ले १२ कोठाको भव्य भवन बनाएका छन्।
साटाखानी स्थायी घर भई हाल वीरेन्द्रनगर, इत्राममा बस्दै आएकी डिलकुमारी पंगेनीलाई समितिले २०६७ चैत ७ गते इत्रामखोला किनारको करिब साढे ८ कट्ठा जग्गा दियो। जग्गाको हालको बजारमूल्य कम्तीमा ३ करोड रुपैयाँ पर्छ। यसरी नामसारी गरिएको जग्गामध्ये साढे एक कट्ठा इत्रामखोला क्षेत्रभित्र पर्छ।
समितिले सुकुमबासी भनेर जग्गा दिए पनि पंगेनीको परिवार भने वर्षौंदेखि सोही ठाउँमा नम्बरी जग्गामा बसोबास गर्दै आएको छ। नजिकै पक्की घरसमेत छ।
नेकपा मालेका तर्फबाट समितिका सुर्खेत जिल्ला अध्यक्ष बमबहादुर बिसीको कार्यकालमा पंगेनीलाई नियम मिचेर जग्गा दिइएको हो। समितिले २०६७ चैत ७ गते एकै दिन साबिक जर्बुटा ४ ‘क’ मा रहेको कित्ता नं. २९४६ मा पर्ने एक कट्ठा १० धुर, जर्बुटा ३ ‘क’ मा रहेको कित्ता नं. ६३ को तीन कट्ठा १५ धुर र जर्बुटा ३ ‘क’ कै कित्ता नं. २७ मा रहेको तीन कट्ठा ५ धुर ऐलानी जग्गा पंगेनीको नाममा पास गरिदिएको जग्गाधनी स्रेस्ता प्रमाणपुर्जामा उल्लेख छ।
सुकुमबासी समस्या समाधान समितिले प्रक्रिया मिचेर जग्गा पास गरेको भन्दै जिल्ला मातपोत कार्यालयले तिरो चलाउन मानेको छैन। नापी कार्यालयले समेत कित्ताकाट गरेको छैन। ‘राजनीतिक व्यक्तिलाई समितिको काम सुम्पँदा यस्ता समस्या धेरै आएका छन्,’ मालपोतका एक कर्मचारी भन्छन्, ‘त्यसैले प्रक्रियासम्मत नभएका जग्गाको तिरो चलाइएको छैन।’
मालपोतले तिरो नचलाए पनि पंगेनीले भने घर ठड्याइसकेकी छन्, २८ मिटर मोहडा र १८ मिटर चौडाइ क्षेत्रफलमा। ‘उहाँको परिवार घर बनाउन नसक्ने त होइन,’ छिमेकी भन्छन्, ‘तर सुकुमबासीको नाममा यति धेरै जग्गा कसरी प्राप्त भयो?' 
जिल्ला नापी कार्यालयप्रमुख धर्मराज ओझाले समितिले पंगेनीलाई दिएको जग्गा इत्राम खोला क्षेत्रमा पर्ने बताए। खोलाढिकको जग्गा सुकुमबासीको नाममा गैरसुकुमबासीलाई दिइएपछि त्यसले कानुनी मान्यता नपाएको उनको भनाइ छ। ‘अहिलेसम्म जे भइरहेको छ, प्रक्रियाविपरीत छ,’ उनले भने, ‘त्यसैले हामीले कागजपत्र बुझेका छैनौं।’
समितिबाट जग्गा पाएको पाँच दिनमै पंगेनीले वीरेन्द्रनगर नगरपालिकाबाट पक्की घर बनाउन स्वीकृति लिएका थिए। नगरपालिकाले जग्गाधनी पुर्जाका आधारमा स्वीकृति दिएको जनाएको छ। नगरपालिकाका प्राविधिक किशोर कँडेलका अनुसार नियम मिचेर जग्गा दर्ता गरेको पाइएमा नक्सा रद्द गर्न सकिन्छ। ‘गैरकानुनी स्वीकृति लिएको पाइएमा नक्सापास स्वतः रद्द हुने सर्त राखिएको हुन्छ,’ उनले भने। घर निर्माणकै क्रममा विवाद आएपछि थप अनुमति दिने काम रोकिएको उनले बताए।
पंगेनी परिवारले भने उक्त जग्ाा आफ्नै भएको दाबी गरेको छ। खोलाले काटेर अव्यवस्थित हुँदा समितिमा निवेदन दिई सुकुमबासीको नाममा नामसारी गरेको डिलकुमारीका पति शिवलालले बताए। ‘मेरो व्यक्तिगत जग्गामाथि कसैले धावा बोल्न मिल्दैन,’ उनले भने।
समितिका तत्कालीन पदाधिकारी मोहन बडुवाल पनि गलत विवरण भरेर जग्गा नामसारी गरिएको स्विकार्छन्। ‘उनीहरूले पहिल्यैको समितिमा गलत विवरण पेस गरेका रहेछन्,' बडुवालले भने, ‘त्यही आधारमा पछिल्लो समितिले पुर्जा दिएको हो।' 
उनका अनुसार समितिले सुकुमबासीलाई सहरी क्षेत्रमा १० धुरदेखि एक कट्ठा र ग्रामीण इलाकामा पाँच देखि १२ कठ्ठासम्म दिने मापदण्ड बनाएको थियो। बसोबासी वा लिकढिकको जग्गा भए बढीमा तीन कट्ठासम्म दिन मिल्ने मापदण्ड थियो। 
सुकुमबासीको बिजोग
गैरसुकुमबासीले जग्गा हत्याउँदा वास्तविक सुकुमबासी भने जंगल र खोलाछेउमा दुःखपूर्ण जीवन बिताइरहेका छन्। समितिले दुई वर्षअघि सार्वजनिक गरेको तथ्यांकअनुसार सुर्खेतमा करिब २० हजार घरपरिवार सुकुमबासी छन्। २०५८ सालसम्म अस्थायी पुर्जा पाएका बाहेक अन्य ११ हजार व्यक्तिले पनि सुकुमबासी दाबी गर्दै समितिमा निवेदन दिएका छन्।
रुप्सेका पाँच घरका ३१ सदस्य सुकुमबासी हुनुको पीडाले पिरोलिइरहेका छन्। खाँणदेवी सामुदायिक वनभित्र पर्ने रुप्सेको सात हेक्टर वनक्षेत्र जिल्ला वन कार्यालयले खाली गराएपछि उनीहरूको बिचल्ली भएको छ। ‘पुर्ख्यौली घरजग्गा छैन, बस्दै आएको ठाउँ पनि वन कार्यालयले खाली गर्न लगायो,’ स्थानीय दिलबर नेपालीले भने, ‘सुकुमबासी आयोगले हाम्रो लागि जग्गा व्यवस्था गरिदिए हुन्थ्यो।’ एउटै छाप्रोभित्र पाँचदेखि ११ जनासम्म खाँदिएर बस्नुपरेको उनले बताए।
भूमिअधिकार मञ्चले सुकुमबासीलाई बसोबास व्यवस्था गर्न माग गरेको छ। ‘सुकुमबासीका नाममा हुकुमबासीले राम्रो–राम्रो ठाउँमा जग्गा लिएका छन्,’ मञ्च अध्यक्ष पहलसिंह पहराईले भने, ‘वास्तविक सुकुमबासीलाई भने ओत लाग्ने ठाउँसमेत छैन।’

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...