Thursday 20 Chaitra, 2076 | April 02, 2020
Menu

समाज

लेबनानमा अलपत्र ३७ युवतीको उद्धार

(0 votes)
लेबनानमा अलपत्र ३७ युवतीको उद्धार
काठमाडौं- लेबनानमा अलपत्र ३७ महिलासहित ३९ नेपाली कामदारलाई सोमबार उद्धार गरी काठमाडौं ल्याइएको छ। म्यानपावर कम्पनी र एजेन्टमार्फत रोजगारका लागि त्यहाँ पुर्या३इएका उनीहरुलाई सरकार, इजिप्टस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को प्रयासमा उद्धार गरिएको हो।
त्रिभुवन विमानस्थलमा उनीहरूले आफूहरुमाथि शारीरिक यातना तथा श्रम शोषण गरिएको बताए। घरेलु कामका लागि त्यहाँ पुगेका अधिकांशलाई भनेजति तलब नदिएको, शारीरिक यातना र श्रम शोषण गरेको पीडितले बताएका छन्। सहनै नसकेपछि भागेर उनीहरु नेपाली समुदाय भएका ठाउँमा बस्दै आएका थिए। राहदानीलगायत कागजात काम दिने एजेन्टसँगै हुँदा लामो समय अवैध बस्नुपरेको उनीहरुले जानकारी दिए।
काठमाडौं नयाँबसपार्ककी पुतली घले ६ वर्षअघि लेबनान पुगेकी थिइन्। तर उनी त्यहाँ एक दिन पनि ढुक्कले काम गरेर बस्न पाइनन्। घरेलु कामदार रहेकी उनले तलब त के, राम्रोसँग खान पनि नपाएको बताइन्। 'खान पनि दिन छाडे, अनि घर छाडेर भागेँ,' घलेले दुःख बिसाइन्, 'छ वर्षसम्म अवैधानिक भएर बसेँ, पासपोर्ट आफूसँग नहुँदा फर्कनसमेत सकिएन।'
उनीहरुलाई वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समूहले चलाइरहेको 'पौरखी' संस्थाले जिम्मा लिएको छ। केही समय पौरखीकै सेन्टरमा राखिने र आइओएममा स्वास्थ्य जाँच गरेर बिस्तारै घर पठाइने जनाइएको छ।
पीडित घलेका अनुसार घरमालिकनीले राम्रो व्यवहार नगरेको र भनेको भन्दा कम तलब दिएपछि उनी भागेर केटी नै केटी भएको ठाउँमा बसेकी थिइन् जहाँ उनीजस्ता थुप्रै पीडित थिए।
उनीहरु अधिकांशले कामदार एजेन्ट र केही म्यानपावर कम्पनीमार्फत लेबनान गएको बताए। काठमाडौंकी कोपिला लामाले आफू मिराकल म्यानपावरमार्फत लेबनान गएको सुनाइन्। म्यानपावरले उनलाई मासिक डेढ लाख तलब दिने बताए पनि ४०–५० हजार मात्र दियो। 
'कुट्ने र मानसिक तनाव दिन थालेपछि काम गर्ने ठाउँ छाडेर भागेँ,' उनले अलपत्र कथा सुनाइन्, 'लेबनानमा धेरै महिला कामदारको अवस्था दयनीय छ।'
उद्धार गरिएका कामदार लिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निमित्त कार्यकारी निर्देशक टीका भण्डारीलगायत सरकारी अधिकारी विमानस्थल पुगेका थिए। भण्डारीले लेबनानमा धेरै अघिदेखि अलपत्र कामदारलाई नेपालबाट पहल गरी इजिप्ट दूतावासको सहयोगमा उद्धार गरिएको जानकारी दिए। 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले नेपालबाट संस्थागत रुपमा घरेलु कामदार पठाउने प्रावधान नभए पनि एजेन्टले नेपाली चेलीलाई विदेश पुर्या उने काम गरिरहेको बताए। 
'सरकारले घरेलु महिला कामदार पठाउन संस्थागत रुपमा बन्द गरे पनि हजारौं विदेशमा छन्,' उनले भने, 'यसलाई कसरी नियन्त्रण गर्ने, बेलैमा सोच्नुपर्छ।'

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...