Thursday 20 Chaitra, 2076 | April 02, 2020
Menu

समाज

बागमतीमा सामूहिक स्नान

  • मङ्गलबार २ बैशाख, २०७१
  • प्रवीण ढकाल
  • DISQUS_COMMENTS
(0 votes)
बागमतीमा सामूहिक स्नान
काठमाडौं- झन्डै मृत अवस्थामा पुगेको बागमती नदीमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च पदाधिकारीले सामूहिक स्नान गरेका छन्।

बागमती सफा र स्वच्छ बन्दै गएको सन्देश दिन गुह्येश्वरीमा मुख्य सचिव पौडेलसहित प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा, सहरी विकास सचिव किशोर थापा, काठमाडौं महानगरपालिका प्रमुख लक्ष्मण अर्याल, बागमती सफाइका प्रमुख अभियन्ता राजु अधिकारी लगायत एक सयभन्दा बढीले सामूहिक स्नान गरेका हुन्।
बिहान साढे सात बजे मुख्य सचिव पौडेलले बागमतीमा नुहाउनुअघि उपस्थित सबैलाई नदी सफाइमा निरन्तरता दिने 'शपथ' खुवाएका थिए। सामूहिक शपथपछि गुह्येश्वरीमा नुहाउनका लागि तयार पारिएको स्थानमा उनीहरु डुबुल्की मारेका थिए। डुबुल्कीपछि मुख्य सचिव पौडेलले मगमा पानी निकालेर जिउमा खन्याए।
नदीछेउ मुख्यसचिवसहित अन्य उच्च पदाधिकारीले एकआपसमा हात समातेर घुमेका र पानी छ्यापाछ्याप गरेका थिए। मुख्य सचिवसहित उच्च सरकारी अधिकारीले बागमतीमा नुहाएपछि अरु पनि स्वतस्फूर्त रुपमा नदीमा पसेका थिए। नुहाउनेमध्ये कोहीले पौडी खेले भने कोहीले डुबुल्की मारे।
नुहाउनका लागि गुह्येश्वरीमा नदीलाई बाँध बाधेर पोखरीजस्तो बनाइएको थियो। पोखरीको माथिल्लो भागमा जाली लगाएर पानी छानिएर आउने व्यवस्था गरिएको थियो भने नजिकै रहेको ढल प्रशोधन केन्द्रले तीन दिनदेखि पानी प्रशोधन गरिरहेको थियो। मलमूत्रसहितको ढल मिसिने बागमतीको गुह्येश्वरी खण्डको पानी तीन दिनदेखि नियमित परीÔण भइरहेको थियो। परीक्षणक्रममा पानी नुहाउन योग्य देखिएपछि नुहाउने कार्यक्रम तय भएको हो।
पोखरीलाई करिब दुई सय मिटर दुरीमा दुईतिरबाट थुनेर राखिएको थियो। गुह्येश्वरीघाटको माथ्लो र तल्लो तटमा सिमेन्टका बोरामा माटो र बालुवा भरेर बाँध बनाइएको थियो। घाटका दुवै किनार र बीचबीचमा बालुवा हालिएको थियो। तीन दिनदेखिको नियमित परीक्षण र प्रशोधनपछि मात्र उक्त स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार नुहाउनका लागि उपयुक्त भएको थियो। ढल प्रशोधन केन्द्रका कर्मचारीका अनुसार अन्य समयमा सधैं लोडसेडिङका कारण बन्द हुने प्रशोधन केन्द्र तीन दिनदेखि लोडसेडिङमुक्त भएको थियो।
स्नानपछि मुख्य सचिव पौडेलले गत वर्ष सुरु भएको बागमती सफाइ अभियानले नदीलाई नुहाउन योग्य बनाएको सन्देश दिन यस्तो कार्यक्रम गरिएको बताए। 'सकारात्मक सोचका साथ सबै लाग्ने हो भने जस्तो काम पनि गर्न सकिने रहेछ भन्ने बागमती सफाइ अभियानले देखाएको छ,' पौडेलले भने, 'यो अभियानले आमनागरिकमा स्वयंसेवाको भावना जगाउन सकिएको र नदी सफाइ जीवन सफाइ भन्ने मान्यता स्थापित भएको छ।'
पौडेलले बागमतीलाई एक पटक मात्र नुहाउनका लागि तयार बनाएर छोड्न लागिएको नभई १२ महिना नुहाउन योग्य बनाउन लागिएको बताए। उनले सफाइ अभियानलाई तीव्रता दिँदै तीन महिनाभित्र कोटेश्वर मनोहरा दोभनसम्म नुहाउन योग्य बनाइने जानकारी दिए। 
'गुह्येश्वरीमा एक दिन मात्र नुहाउन यो अभियान चलाइएको होइन,' उनले भने, 'तीन महिनाभित्र मनोहरा दोभानसम्म सबैतिर नुहाउन सकिने गरी सफाइ अगाडि बढाइरहेका छौं।' उनले सफाइ अभियानसँगै नदीको दायाँबायाँ ढल निर्माणको काम, प्रशोधन केन्द्र निर्माण लगायतका सरकारी तवरबाट गर्नुपर्ने काम पनि अगाडि बढिरहेको बताए।
गत जेठबाट सुरु सफाइ अभियानले बागमतीमा सोझै मिसाइएको ढललाई मीनभवन क्षेत्रसम्म हटाइसकेको छ। ती स्थानमा विगतमा जताततै फोहोर तैरिन्थ्यो, प्रत्येक घरको ढल सीधै नदीमा खस्थ्यो। सफाइ अभियानयता बागमतीमा ८ सय टनभन्दा बढी फोहोर निकालिसकिएको छ।
सफाई अभियानमा विभिन्न संघसंस्था, स्थायिन तथा अन्य आम मानिसहरुको उल्लेख्य सहभागिता बढ्दै गएपछि गत महिनादेखी अभियानलाई तिव्र बनाउन र सफाईलाई व्यापक बनाउन समुह विभाजन गरेर नदी सफाईको काम भैरहेको छ। त्यो भन्दा अघि सबैजना एकै ठाउँमा भेला भएर नदी सफा गर्ने गर्थे। समूह बनाउ“दा काम छिटो र स्तरीय हुने निर्णय गर्दै मुख्य सचिव पौडेलले नै स्थान भागल लगाएर काम गर्न निर्देशन दिएका थिए। हरेक शनिवार हुने सफाई कार्यक्रमलाई अहिले विभिन्न ३ समुहमा बाँड्दै काम भैरहेको छ।
भविष्यमा स्वच्छ र हरीयाली बागमति बनाउने भन्दै गत जेठ ५ गते मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मिले उद्घाटन गरेका थिए। अभियान शुरु भएदेखि हालसम्म बागामतिमा दैनिक ५० जनाले सफाईको काम दैनिक गरीरहेका छन् भने हरेक शनिवार विभिन्न संघसंस्थाले वृहत सफाईका काम गर्दै आइरहेका छन्।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...