Thursday 18 Mangshir, 2077 | December 02, 2020
Menu

समाज

आत्महत्या अँगाल्दै ज्येष्ठ नागरिक

(0 votes)
इलाम- राज्यले अपेक्षाअनुरूप सम्मान र सुविधा नदिएको भन्दै ज्येष्ठ नागरिकहरू १४ महिनादेखि राजधानीमा अनशन बसिरह“दा सुदूरपूर्वी इलाममा भने ज्येष्ठ नागरिकले जानीजानी ज्यान फाल्ने क्रम बढ्दै छ। बुढेसकालमा आफ्नै परिवार र राज्यबाट उपेक्षित हुनुपरेपछि उनीहरू मृत्युको बाटो रोज्न थालेका हुन्। आत्महत्या दर बढिरहेको इलाममा आत्महत्या गर्नेमा ज्येष्ठ नागरिकको संख्या उल्लेख्य हुँदै छ।

शान्तिडा“डाकी ८२ वर्षीया खन्डीमाया आचार्यले घरछेउमै झुन्डिएर आत्महत्या गरेको केही महिना नबित्दै नजिकैको जितपुरका ९० वर्षीय चन्द्रबहादुर मगरले उस्तै बाटो पछ्याएका छन्। मगर चैत २४ गते घरनजिकैको दुधिलोको रूखमा झुन्डिएको अवस्थामा फेला परे। अरूलाई अर्ती–उपदेश दिने र लामो जीवन बा“च्न प्रेरित गर्ने ज्येष्ठ नागरिकले नै मृत्युको अप्राकृतिक बाटो रोज्न थालेपछि समाजमा थुप्रैखाले छलफल र बहस चल्दै छन्। 
चमैतास्थित रक्सेका ७८ वर्षीय पासाङ शेर्पाले पुस २१ गते झुन्डिएरै जीवन बर्बाद गरेका थिए। स्थानीय गुम्बाका संरक्षकसमेत रहेका उनको आत्महत्याले गाउ“ थुपै्र दिन शोकमा डुब्यो। गुम्बाको दैलो निकै दिन उघि्रएन। बौद्ध मन्त्रोच्चारण गर्दै तनाबमुक्त जीवन बिताउने उमेरमा शेर्पा घरबाट अघिल्लै दिन 'बेपत्ता' भई खस्रुको रूखमा झुन्डिएको भेटिएका थिए। 
मासिक भत्ता वृद्धि, सवारी भाडा छुट र उपचारमा सुविधालगायत माग राख्दै ज्येष्ठ नागरिकले राजधानीमा यतिका महिना अनशन गर्दासमेत वास्ता नगर्ने सरकारले मोफसलको पीडा झन् नसुनेको गुनासो छ। २०६३ मा सर्वोच्च अदालतले ६० वर्षभन्दा माथिकालाई ज्येष्ठ नागरिक मानी सार्वजनिक यातायातमा विशेष सुविधा दिनुपर्ने फैसला सुनाए पनि व्यवहारमा लागू भएको छैन। आत्मसम्मान खोज्ने बुढेसकालमा यस्तै–यस्तै साना घटनाले निराश हुनेहरू बढेका हुन्। 
सहरको भन्दा बेग्लैखाले दुःख भोग्ने गाउ“का बूढापाकाले सबैतिरबाट एक्लिएपछि मृत्युको बाटो रोजेको हुन सक्ने ज्येष्ठ नागरिक जिल्ला संघ अध्यक्ष धर्म गौतम बताउ“छन्। 'परिवारका सदस्य आफ्नै काममा व्यस्त हुने र पर्याप्त समय दिन नसक्दा वृद्ध–वृद्धा एक्लो अनुभव गर्छन्,' डिप्रेसनका कारण आत्महत्या दर बढेको अनुमान गर्दै गौतमले भने, 'हरेक मानिसलाई आयु लम्ब्याउने चाहना हुन्छ तर बूढापाकाले मृत्युको अप्रिय बाटो रोज्नु अनौठो हु“दै छ, यसको रोकथाम गर्नैपर्छ।' 
आत्महत्या गर्ने ज्येष्ठ नागरिक थपिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले गाउ“मा त्यसविरुद्ध अभियान नै चलाउ“दै छ। पहिलो चरणमा धुसेनी, फिक्कल, इरौटार र महमाई गाविसमा अभिमुखीकरण गरिएको छ। 'आत्महत्या कुनै समस्याको समाधान होइन, जीवन खेर फाल्न हु“दैन,' अभिमुखीकरणमा दिइने सन्देशबारे गौतमले भने, 'फरक–फरक कारणले जीवनदेखि निराश बनेका व्यक्तिलाई आशा जगाउने खालका कुरा गर्दै मानसिक परामर्श दिने गरिएको छ।' 
चाहेको जिन्दगी बा“च्न नपाउ“दा डिप्रेसनको सिकार बन्ने कतिपय ज्येष्ठ नागरिकले विष सेवन गरेर पनि ज्यान फाल्दै छन्। जिल्ला प्रहरीप्रमुख डिएसपी भीमबहादुर दाहाल मानसिक रोग, दीर्घरोग, घरायसी किचलो, पारिवारिक अवहेलना आदिबाट निम्तिने डिप्रेसनका कारण जीवन बर्बाद गर्नेहरू बढेको बताउ“छन्।
'ज्येष्ठ नागरिक घरका मात्रै होइन, समाजका गहना हुन्, उनीहरूले जानी–जानी मृत्यु रोज्न हु“दैन,' गाउ“मा मानसिक उपचार गर्नुपर्ने जनाउ“दै दाहालले भने, 'बूढापाकालाई सम्मान गर्नुपर्छ।' 
ज्येष्ठ नागरिकले डिप्रेसनको उत्कर्षमा पुगेपछि आत्महत्या रोज्ने देखिएको छ। अघिल्लो आर्थिक वर्षका आत्महत्याका ७९ घटनामध्ये २२ वटामा ५० वर्षमाथिकाले जीवन खेर फालेका थिए। प्रहरी तथ्यांकअनुसार चालू आर्थिक वर्षमा यो क्रम अझ बढ्ने देखि“दै छ। 
भर्खरै लक्ष्मीपुर–६ मा ५२ वर्षीय दिलबहादुर कार्कीले खस्रेटोको रूखमा झुन्डिएर आत्महत्या गरिसकेका छन्। ज्येष्ठ नागरिकले आत्महत्या गरेको सूचना प्रहरीले महिनामा दुईवटासम्म दिइरहेको छ। 
ज्येष्ठ नागरिकको आत्महत्या दर बढ्दै जा“दा प्रहरी पनि त्यसको कारण खोज्ने प्रयास गर्दै छ। 'मानसिक र दीर्घरोगस“गै बढ्ने डिप्रेसनले जीवन पीडादायी भएको अनुभव गरेर बूढापाकाले आत्महत्याको बाटो रोजेको देखिन्छ,' डिएसपी दाहाल भन्छन्, 'लामो समय कुलतमा रहेका र परिवारको माया–ममता नपाएकाहरू पनि यो बाटोमा छन्।' भविष्यप्रति उदासीन हुने र बा“च्नु बेकार छ भन्दै निराशामा रुमल्लिनेहरू आत्महत्यामा अग्रसर भएको निष्कर्षसहित त्यस्ता ठाउ“मा विशेष स्वास्थ्यशिविर चलाउने तयारी हु“दै छ।
आत्महत्या अँगाल्दै ज्येष्ठ नागरिक 
बेनुपराज भट्टराई 
इलाम- राज्यले अपेक्षाअनुरूप सम्मान र सुविधा नदिएको भन्दै ज्येष्ठ नागरिकहरू १४ महिनादेखि राजधानीमा अनशन बसिरह“दा सुदूरपूर्वी इलाममा भने ज्येष्ठ नागरिकले जानीजानी ज्यान फाल्ने क्रम बढ्दै छ। बुढेसकालमा आफ्नै परिवार र राज्यबाट उपेक्षित हुनुपरेपछि उनीहरू मृत्युको बाटो रोज्न थालेका हुन्। आत्महत्या दर बढिरहेको इलाममा आत्महत्या गर्नेमा ज्येष्ठ नागरिकको संख्या उल्लेख्य हुँदै छ। 
शान्तिडा“डाकी ८२ वर्षीया खन्डीमाया आचार्यले घरछेउमै झुन्डिएर आत्महत्या गरेको केही महिना नबित्दै नजिकैको जितपुरका ९० वर्षीय चन्द्रबहादुर मगरले उस्तै बाटो पछ्याएका छन्। मगर चैत २४ गते घरनजिकैको दुधिलोको रूखमा झुन्डिएको अवस्थामा फेला परे। अरूलाई अर्ती–उपदेश दिने र लामो जीवन बा“च्न प्रेरित गर्ने ज्येष्ठ नागरिकले नै मृत्युको अप्राकृतिक बाटो रोज्न थालेपछि समाजमा थुप्रैखाले छलफल र बहस चल्दै छन्। 
चमैतास्थित रक्सेका ७८ वर्षीय पासाङ शेर्पाले पुस २१ गते झुन्डिएरै जीवन बर्बाद गरेका थिए। स्थानीय गुम्बाका संरक्षकसमेत रहेका उनको आत्महत्याले गाउ“ थुपै्र दिन शोकमा डुब्यो। गुम्बाको दैलो निकै दिन उघि्रएन। बौद्ध मन्त्रोच्चारण गर्दै तनाबमुक्त जीवन बिताउने उमेरमा शेर्पा घरबाट अघिल्लै दिन 'बेपत्ता' भई खस्रुको रूखमा झुन्डिएको भेटिएका थिए। 
मासिक भत्ता वृद्धि, सवारी भाडा छुट र उपचारमा सुविधालगायत माग राख्दै ज्येष्ठ नागरिकले राजधानीमा यतिका महिना अनशन गर्दासमेत वास्ता नगर्ने सरकारले मोफसलको पीडा झन् नसुनेको गुनासो छ। २०६३ मा सर्वोच्च अदालतले ६० वर्षभन्दा माथिकालाई ज्येष्ठ नागरिक मानी सार्वजनिक यातायातमा विशेष सुविधा दिनुपर्ने फैसला सुनाए पनि व्यवहारमा लागू भएको छैन। आत्मसम्मान खोज्ने बुढेसकालमा यस्तै–यस्तै साना घटनाले निराश हुनेहरू बढेका हुन्। 
सहरको भन्दा बेग्लैखाले दुःख भोग्ने गाउ“का बूढापाकाले सबैतिरबाट एक्लिएपछि मृत्युको बाटो रोजेको हुन सक्ने ज्येष्ठ नागरिक जिल्ला संघ अध्यक्ष धर्म गौतम बताउ“छन्। 'परिवारका सदस्य आफ्नै काममा व्यस्त हुने र पर्याप्त समय दिन नसक्दा वृद्ध–वृद्धा एक्लो अनुभव गर्छन्,' डिप्रेसनका कारण आत्महत्या दर बढेको अनुमान गर्दै गौतमले भने, 'हरेक मानिसलाई आयु लम्ब्याउने चाहना हुन्छ तर बूढापाकाले मृत्युको अप्रिय बाटो रोज्नु अनौठो हु“दै छ, यसको रोकथाम गर्नैपर्छ।' 
आत्महत्या गर्ने ज्येष्ठ नागरिक थपिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले गाउ“मा त्यसविरुद्ध अभियान नै चलाउ“दै छ। पहिलो चरणमा धुसेनी, फिक्कल, इरौटार र महमाई गाविसमा अभिमुखीकरण गरिएको छ। 'आत्महत्या कुनै समस्याको समाधान होइन, जीवन खेर फाल्न हु“दैन,' अभिमुखीकरणमा दिइने सन्देशबारे गौतमले भने, 'फरक–फरक कारणले जीवनदेखि निराश बनेका व्यक्तिलाई आशा जगाउने खालका कुरा गर्दै मानसिक परामर्श दिने गरिएको छ।' 
चाहेको जिन्दगी बा“च्न नपाउ“दा डिप्रेसनको सिकार बन्ने कतिपय ज्येष्ठ नागरिकले विष सेवन गरेर पनि ज्यान फाल्दै छन्। जिल्ला प्रहरीप्रमुख डिएसपी भीमबहादुर दाहाल मानसिक रोग, दीर्घरोग, घरायसी किचलो, पारिवारिक अवहेलना आदिबाट निम्तिने डिप्रेसनका कारण जीवन बर्बाद गर्नेहरू बढेको बताउ“छन्।
'ज्येष्ठ नागरिक घरका मात्रै होइन, समाजका गहना हुन्, उनीहरूले जानी–जानी मृत्यु रोज्न हु“दैन,' गाउ“मा मानसिक उपचार गर्नुपर्ने जनाउ“दै दाहालले भने, 'बूढापाकालाई सम्मान गर्नुपर्छ।'

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...