Friday 16 Jestha, 2077 | May 28, 2020
Menu

समाज

ढुंगागिट्टी ओसार्दै कृषिका ट्र्याक्टर

  • मङ्गलबार २ बैशाख, २०७१
  • मिथिलेश यादव
  • DISQUS_COMMENTS
(0 votes)
लहान- कृषि प्रयोजनका लागि भारतबाट भन्सार छुटमा ल्याइएका ट्र्याक्टर क्रसर सञ्चालकले ढुंगागिट्टी ओसारपसारमा निर्वाध प्रयोग गरिरहेका छन्। तराईमा भित्रिएका हजारभन्दा बढी यस्ता ट्र्याक्टरमध्ये थोरै मात्र कृषि प्रयोजनमा प्रयोग भएका छन्।

लामो समयदेखि ढुंगागिट्टी ओसारपसारमा प्रयोग हुँदै आएका कृषि छुटका ट्र्याक्टर नियन्त्रण गर्नुको साटो प्रशासन, प्रहरी र यातायात व्यवस्था कार्यालय भने एक–अर्कालाई दोष देखाउँदै पन्छिरहेका छन्।
सुरुमा किसानले नै भन्सार छुटमा ट्र्याक्टर भिœयाए पनि पछिल्लो समय व्यापारीले भित्र्याउन थालेका हुन्। कृषि छुटका ट्र्याक्टरमा पाँच प्रतिशतमात्र पैठारी महसुल लाग्छ। तर, यसरी भित्रिने ट्र्याक्टरले प्रयोजन मिचेर गैरकानुनी तरिकाले चुरे र खोलाको ढुंगागिट्टी ढुवानी गरिरहेका छन्।
व्यवसायीले यस्ता ट्र्याक्टरमा बिनास्वीकृति ट्रली झुन्ड्याउने गरेको सगरमाथा अञ्चल यातायात कार्यालयका नायव सुब्बा मोहन भण्डारीले बताए। ‘कानुनी रुपमा सवारीसाधनले प्रयोजन मिच्नै पाउँदैन तर ट्र्याक्टरको हकमा बलमिच्याइँ छ,’ उनले भने। 
पर्सादेखि सप्तरीसम्म ढुंगागिट्टी उद्योग धेरै भएका क्षेत्रमा यस्ता ट्र्याक्टर बढी दर्ता भएका छन्। नारायणी अञ्चल यातायात कार्यालयमा ४० हजारभन्दा बढी ट्र्याक्टर दर्ता छन्। बारामा मात्रै २४ क्रसर उद्योग छन्। 
जनकपुर अञ्चल यातायात कार्यालयमा ६ हजार ५ सयभन्दा बढी ट्र्याक्टर दर्ता भएका छन्। धनुÈामा सात, महोत्तरीमा १७ र सर्लाहीमा २२ ढुंगागिट्टी उद्योग छन्। सगरमाथा अञ्चल यातायात कार्यालय लहानमा ३ हजार ७ सय ३२ ट्र्याक्टर दर्ता छन्। सगरमाथाअन्तर्गत सिरहामा १० र सप्तरीमा दुईवटा क्रसर उद्योग छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ठाकुरप्रसाद पोखरेल भन्छन्, ‘कृषि कार्यका लागि हलो लिएर भित्रिएको ट्र्याक्टरमा ट्रली झुन्डयाउन पाउने नीति ल्याउनु नै कमजोरी भयो।’ ढुंगागिट्टी लिएर आउने ट्र्याक्टरलाई नियन्त्रण गर्न मुस्किल छ,' पोखरेल भन्छन्, ‘बरु ट्रली झुन्डयाउनै नपाउने नियम बनाउनुपर्छ।’ 
प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर यस्ता ट्र्याक्टर नियन्त्रण गर्ने काम प्रहरीको भएको बताउँछन्। ‘गैरकानुनी रुपमा ढुंगागिट्टी ओसार्ने ट्र्याक्टर नियन्त्रण गर्ने काम प्रहरीले गर्ने हो, मैले होइन,' उनले भने, ‘सडकमा प्रहरी हुन्छ, त्यसैले यसबारे एसपीलाई थाहा होला।’
एसपी पूर्णचन्द्र जोशीले ढुंगागिट्टी ओसार्ने ट्र्याक्टर नियन्त्रणमा लिन मातहतका प्रहरीलाई सर्कुलर गरिएको बताए। ‘चुरेक्षेत्रबाट ढुंगागिट्टी ल्याउने ट्र्याक्टर नियन्त्रणमा लिन मातहतका प्रहरी कार्यालयलाई सर्कुलर गरिएको छ,’ उनले भने। तर, अहिलेसम्म कतिलाई कारबाही गरियो भन्ने रेकर्ड कार्यालयमा छैन।
जिल्ला वन कार्यालयले ढुंगागिट्टी ओसारपसारमा प्रयोग भइरहेका दशवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको सहायक वन अधिकृत अमरेन्द्र यादवले बताए। जंगल क्षेत्रबाट ढुंगागिट्टी निकालेर ल्याइरहेको अवस्थामा भेटिएका ट्र्याक्टरलाई वन पैदावारको अवैध निकासीअन्तर्गत कारबाही गरेको निमित्त जिल्ला वन अधिकृत रामनारायण यादवले जानकारी दिए।
जिल्ला वनले निश्चित दायराभित्र रहेरमात्रै कारबाही गर्न सक्छ तर प्रशासनसँग कारबाहीका लागि दायरा फराकिलो भए पनि उसले त्यसतर्फ पहलसम्म गरेको छैन। 
क्रसर उद्योगको ढुंगारोडाको स्रोतबारे जिल्ला वनका प्रतिनिधिसहित पाँच सदस्यीय टोलीको अनुगमनपछि सार्वजनिक प्रतिवेदनमा ‘चुरेक्षेत्रको एक किलोमिटर भित्रबाट निकालिएको' उल्लेख छ। निमित्त वन अधिकृत यादवले नागरिकसँग भने, ‘ढुंगागिट्टी बोक्ने ट्र्याक्टरमाथि नियन्त्रण भए चुरेक्षेत्रको ढुंगारोडा उत्खनन र निकासीमा धेरै हदसम्म लगाम लाग्ने थियो।’ 
भन्सार छुटमा आउने ट्र्याक्टरमा कसल्टभेटरलगायत कृषि प्रयोजनका सामानमात्र हुन्छन्, ट्रली हुँदैन। नेपालमा पहिले ट्र्याक्टरमा ट्रली झुन्ड्याउन पाउने व्यवस्था थिएन। यातायात व्यवस्था कार्यालय लहानका नायव सुब्बा भण्डारीका अनुसार २०६०–६१ बाट यो व्यवस्था लागू भएको हो।
खरिदलगत्तै ट्र्याक्टरमा ट्रली झुन्ड्याउन पाइँदैन। यातायात व्यवस्था कार्यालयले सिफारिस गरेको साइजअनुसारको स्वीकृतिप्राप्त वर्कसपमा बनाएरमात्र झुन्ड्याउन पाउने नियम छ। तर, सगरमाथा र जनकपुर र नारायणी अञ्चलका अधिकतर ट्र्याक्टरमा यातायात व्यवस्था कार्यालयबाट स्वीकृति नलिई ट्रली जडान गरिएको छ।
किसानका लागि भित्रिने ट्र्याक्टरलाई सडक सुधार दस्तुर लाग्दैन। मोटरसाइकलबाहेक अन्य सवारीसाधनले खरिद मूल्यको पाँच प्रतिशत सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई तिर्नुपर्छ। यस्ता ट्र्याक्टरले रुट इजाजत पनि लिनुपर्दैन। राजमार्गमा नगुड्ने भएकाले यसलाई वार्षिक कर २ हजार ८ सयबाहेक अन्य दस्तुर लाग्दैन। जिल्ला ट्राफिक कार्यालय सिरहाका प्रमुख पोखरेल अधिकांश ट्र्याक्टरमा ट्रली झुन्ड्याउने स्वीकृति नभए पनि जरिवाना काटेर छाड्ने गरेको बताउँछन्।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...