Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

समाज

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

(0 votes)
विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम नबुझाउँदा बक्यौता धेरै भएको हो। 
पियुले शिक्षा संकायको सम्बन्धन लिने कलेजसँग प्रतिविद्यार्थी दुई हजार तथा विज्ञान, नर्सिङ र इन्जिनियरिङका कलेजसँग प्रतिविद्यार्थी पाँच हजार रूपैयाँ लिने गर्छ।
सम्बन्धनबापत कलेजले बुझाउनुपर्ने बक्यौतामा पदाधिकारी–कर्मचारीको ‘मोजमस्ती’ चल्ने गरेको छ। सम्बन्धनबापतको बक्यौता ताकेता गर्दै कलेजमा जाने पदाधिकारी–कर्मचारीले एक–दुई लाख रूपैयाँ पकेट खर्च बु‰ने गरेको पियु सुधार अभियानका संयोजक एमाले मोरङ अध्यक्ष महेश रेग्मी बताउँछन्। ‘बक्यौता रकम बढिरहन्छ तर पदाधिकारी–कर्मचारी भने गोजीमा एक–दुई लाख हालेर फर्किन्छन्,’ उनले भने।
स्थापनाको चारवर्षमै मोरङ गोठगाउँमा ८ सय ५ बिघा तथा विराटनगरमै १० कट्ठा जग्गा, ट्र्याक समातिसकेको शैक्षिक गतिविधि र १० करोडभन्दा बढी ब्यालेन्स रहेको पूर्वाञ्चल विश्वविद्यालय पदाधिकारी र कर्मचारीको व्यापक अनियमितताकै कारण यतिबेला विघटनको संघारमा छ। 
राजनीतिक दलले पियुलाई जागिर खुवाउने थलो बनाइदिएकाले समस्या आएको पहिलो रजिस्ट्रार भेषप्रसाद धमला बताउँछन्। ‘भौतिक पूर्वाधार, गतिलो शैक्षिक वातावरण र यथेस्ट सञ्चित बजेट थियो,' धमलाले भने, ‘तर दुर्भाग्य पियु विघटनको अवस्थामा पुगिसकेको छ।’
पियुसँग भएको भौतिक संरचना प्रयोगविहीन छ। शैक्षिक वातावरण यतिबिघ्न बिग्रेको छ कि सेड्युलअनुसार परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित नभएको तीनवर्ष नाघिसक्यो। 
कला, व्यवस्थापन, चिकित्साशास्त्र, कानुन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि संकायमा देशभरका करिब १ सय ५० कलेजले सम्बन्धन लिएको पियुको अवस्थासँग २५ हजार विद्यार्थीको भविष्य जोडिएको छ। गोठगाउँमा मेडिकल कलेजका लागि बनाइएको संरचनामा बिएस्सी नर्सिङ र बिएनको पढाइ जेनतेन जारी छ। ५२ विद्यार्थी अध्ययनरत गोठगाउँमा हजारभन्दा बढी विद्यार्थी पढ्ने संरचना प्रयोगविहीन छन्। 
स्थानीय मणिराम दाहालले पियु अस्तव्यस्तताले गोठगाउँका भवन ‘भूतबंगला’ जस्तै बनेको बताए। ‘मुख्यालय सानुपर्योण भनेर सडकमै उत्रिएर दिनरात आन्दोलन गर्दा पनि सुनुवाइ भएन,’ दाहालले भने, ‘काठमाडौं पुगेरसमेत अनुयविनय गर्यौंद।’ 
गतसाता मात्रै गोठगाउँवासीले शिक्षामन्त्री चित्रलेखा यादवलाई भेटेर पियुको मुख्यालय सार्नुपर्ने माग राखे। ‘हरेक प्रधानमन्त्री र शिक्षामन्त्रीलाई भेटेरै मुख्यालय सार्न भन्यौं, सबै हुन्छ भन्छन् तर प्रक्रिया अगाडि बढ्दैन,’ पियु मुख्यालय गोठगाउँ सार्ने अभियानमा सहभागी कांग्रेस नेता रमेशजंग रायमाझीले भने। 
पदाधिकारी नियुक्तिको भागबण्डामै रुम्लिएका मोरङका राजनीति पार्टीले विश्वविद्यालय सुधारका लागि अभियान नै चलाएका छन्। अभियानका संयोजक नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मीले बेथिति हटाउन आफूहरुले थालेको अभियान ‘सफलता’ तिर उन्मुख रहेको बताए। ‘विश्वविद्यालय हाँक्ने इमान्दार पदाधिकारी नियुक्त होस, बेइमानलाई कारबाही होस्,’ रेग्मीले भने, ‘अख्तियार र सरकारले चासो देखाएकाले सुधार हुने आशा छ।’ 
पदाधिकारीविरूद्ध परेको रकम हिनामिनाको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाउँदै उपकुलपति महेश्वरमान श्रेष्ठ, रजिस्ट्रार निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत र लेखा प्रमुख लक्ष्मण गेलाललाई निलम्बन सिफारिस गरिसकेको छ। स्रोतका अनुसार अख्तियारले कारबाही थालेपछि बचाउका लागि पदाधिकारी काठमाडौं पुगेका छन्। भ्रस्टाचार र अनियमितता उजुरीकै आधारमा अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले विश्वविद्यालयको मुख्यालयमा छापा मारेर कागजात जफत गरेको थियो। 
आर्थिक वर्ष २०६९/७० मा विश्वविद्यालय पदाधिकारीले सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐन मिचेकोमा अख्तियारले चासो देखाएको छ। स्रोतका अनुसार पदाधिकारीले ऐनविपरीत करिब १६ करोडको सामान खरिद गरेका थिए। गत वर्ष भदौमा भाडाको घर नेशनल ट्रेडिङबाट पुष्पलालचोकस्थित आंगिक क्याम्पसको माथिल्लो तल्लामा मुख्यालय सार्दा महँगा सामग्री खरिद गरेको भन्दै अख्तियारले छानविन थालेको हो।
कमाउने थलो
नयाँ कलेजको सम्बन्धनमा बैना असुल्ने, सम्बन्धनबापत बक्यौता रकम असुलीमा चासो देखाउने तर ‘पकेट खर्च’ पाएपछि चुप लाग्ने पदाधिकारी–कर्मचारीका लागि पियु कमाउने थलो बनेको छ।
‘जसले जहाँ पायो, त्यहीं ब्रम्हलुट गरेका छन्,’ शिक्षा मन्त्रालयले साउनमा गठन गरेको छानबिन समितिका एक सदस्यले भने, ‘छानबिन गर्दा चोखो कोही देखिएन।’ शिक्षा मन्त्रालयको टोलीले समस्या अध्ययन गर्न आए पनि वर्षौंदेखि यहाँ भइरहेको आर्थिक चलखेलले पियु ‘टाट’ पल्टेको तथ्य भेट्टाएपछि अनुसन्धानलाई त्यतै केन्द्रित गरेको थियो। 
शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव भोला पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...