15 Chaitra, 2076 | March 28, 2020
Menu

समाज

शिक्षकको आह्वानमा रौतहटका विद्यालय पाँच दिन बन्द

  • सोमबार २७ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट —आठ सूत्रीय माग राख्दै पिसिएफ शिक्षकहरुले सोमबारबाट रौतहटका सम्पूर्ण सरकारी विद्यालय बन्द गराएका छन्। विद्यालय बन्द भएपछि रौतहटका करिब साढे तीन लाख बालबालिका पढ्नबाट बञ्चित भई घर फर्केका छन्।
प्रतिविद्यार्थी लागत अनुदानका आधारमा नियुक्त भएका शिक्षक (पिसिफ) हरुले अन्य शिक्षक सरह भत्ता समान्य शिक्षकसरह तलब भत्ताको व्यवस्था, श्रमशोषण गर्न नपाइने, दरबन्दी परिणत गरिनुपर्ने, शिक्षक सेवा आयोगको परीक्षामा उमेरको हक नलागने, पिसिएफ शिक्षकहरुको बिमाको व्यवस्थालगायतका आठ सूत्रीय माग राख्दै जेठ १४ गतेदेखि नेपाल पिसिएफ सर्ङ्घष समितिको अगुवाइमा देशभरिका जिल्ला शिक्षा कार्यालय अगाडि पिसिएफ शिक्षकहरुले धर्ना दिँदै आइरहेका थिए।

धर्ना तथा नारा जुलुसबाट कुनै सुनुवाइ नभएपछि जिल्लास्थितका नेपाल शिक्षक युनियनलगायत अन्य शिक्षक संस्थाहरुलाई आग्रह गर्दा तिनीहरुले माग जायज भएको भन्दै सयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी आजबाट पाँच दिनका लागि जिल्ला स्थितका सम्पूर्ण सरकारी विद्यालय बन्द गरेको नेपाल पिसिएफ सर्ङ्घष समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हृदय नारायण यादवले बताए

जिल्ला शिक्षा अधिकारी लक्ष्मीराम भट्टराईले विज्ञप्ति प्रकाशित गरी विद्यालय बन्द नगर्न सम्पूर्र्ण शैक्षिक संस्थाहरुलाई आग्रह गरेका छन्।

आफूहरुको आन्दोलनलाई सफल हुन नदिन बन्द विद्यालय खुलाउने प्रयास सरकारले गरेकोप्रति सर्ङ्घष समितिले जिल्ला शिक्षा कार्यालयबाट प्रकाशित विज्ञप्तिको घोरर्भत्सना गरेका छन्।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...