Wednesday 28 Shrawn, 2077 | August 12, 2020
Menu

समाज

एसएलसी परिणाम : दैलेखमा ८९ प्रतिशत अनुत्तिर्ण

  • मङ्गलबार २८ जेष्ठ, २०७०
  • गोविन्द केसी
  • DISQUS_COMMENTS
(0 votes)
दैलेख – यो वर्षको एसएलसीमा दैलेखको नतिजा लज्जास्पद रहेको छ। यहाँबाट नियमित तथा आंशिक गरी ७ हजार २ सय ४० परिक्षार्थीले एसएलसीमा भाग लिएकोमा ५ सय ८१ जना उर्तिण भएका हुन्। नियमित तर्फ ११. १५ प्रतिशत परिक्षार्थी उर्तिण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। ८८.८५ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन्।
जिल्लाभरीका २६ परिक्षा केन्द्रबाट ४ हजार ९ सय १७ रेगुलर र २३ सय २३ जना आंशीक परिक्षार्थीले भाग लिएका थिए। नियमित तर्फबाट ५ सय ४८ जना र ३३ जना आंशिकबाट परिक्षार्थीहरु उर्त्तिण भएका जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ।

'यो वर्ष एसएलसीमा होम सेन्टर हटाएका कारण नतिजा धेरै नै फकर आयो' जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आर्चायले भने, 'लगभग ११ प्रतिशत परिक्षार्थी उर्तिण भएका छन् यो नै दैलेखको वास्तविक नतिजा हो।' परिक्षामा शुद्धिकरण, आचार संहिता कडाईका साथ लागू भएका कारण एसएलसीको नजिता निकै फरक आएको जिल्ला शिक्षा अधिकारीको भनाइ छ।

जिल्लाका मावि र उमाविका शिक्षकहरुलाई श्रावनपछि जिल्लामा बोलाएर पढ्ने र पढाउने बातावरण निर्माणमा लाग्न निर्देशन दिने आर्चायले बताए। यो वर्षको परिक्षा नतिजाको बारेमा समिक्षा गर्ने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। गत वर्ष ४७ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए। जिल्लाबाट थोरै विद्यार्थी उर्त्तिण भएको यो नै पहिलो रेर्कड हो। यो वर्ष दैलेखमा चिट् चोरर्न नपाएको भन्दै ३ वटा केन्द्रमा अभिभावक र प्रहरी विच झडप समेत भएको थियो।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...