22 Chaitra, 2076 | April 04, 2020
Menu

समाज

शिक्षा विभाग महानिर्देशक अवस्थीले स्वीकारे : विद्यार्थी होइन, हामी फेल

(1 Vote)
भक्तपुर -शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले हिजो प्रकाशित  एसएलसी नतिजामा विद्यार्थी असफल नभइ शिक्षा विभाग असफल भएको बताएका छन्।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित अन्तरसम्वादमा उनले कमजोर पठन पाठनले र शिक्षकहरुले दायित्व वोध नगर्दा एसएलसीको नतिजा खस्केकाले यसको जिम्मेवारी शिक्षा विभागको नै भएको स्वीकार गरे।

शैक्षिक नीति कमजोर नभएको दाबी गर्दै उनले कक्षा कोठामा पढाइने पद्दति कमजोर हुँदा नतिजा खस्केको बताए।

तीन घण्टाको परीक्षा अवधिलेमात्र विद्यार्थीको सबै क्षमताको मूल्याकंन गर्न नसक्ने भन्दै उनले आगामी दिनमा यस विषयलाई विभागले गम्भीर भएर सोच्ने बताए।

शिक्षकहरुले प्रतिबद्ध भएर कक्षा कोठामा पठन पाठन गराउने हो भने अहिलेको  नतिजामा सुधार हुने चर्चा गर्दै उनले भने, 'यसको दोषी विद्यार्थी नभइ शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षक हुन।'

आगामी वर्ष एसएलसीको नजिता बढाउनेतर्फ विभागको ध्यान केन्द्रित हुने भन्दै उनले अहिलेको एसएलसीको नजिताबाट निराश हुननपर्ने बताए।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...