15 Chaitra, 2076 | March 28, 2020
Menu

समाज

एसएलसी फेल भएका दुई छात्राले कालीगण्डकीमा हाम्फाले

  • बिहीबार ३० जेष्ठ, २०७०
  • टेकनारायण भट्टराई
  • DISQUS_COMMENTS
(1 Vote)
पाल्पा - एसएलसीको रिजल्टमा फेल भएका दुई छात्राले सँगै कालीण्डीकीमा हाम्फालेका छन् । पाल्पा रामपुरको परेवाघाटमा नदीमामा हाम्फाली पाल्पा गाँडकोट-१ चिहानडाँडा घर भइ हाल रामपुर बस्दै आएकी सञ्चिता बंशी तथा रामपुर ३ मटेरीकी बविता थापाले आत्महत्या गर्ने प्रयास गरेका हुन्। उनीहरु श्री रामतुल्सी उमावि दर्छा, रामपुर पाल्पाका छात्रा हुन्।
हाम्फाले लगात्तै ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका ट्याक्टरका चालकहरुले उद्दार गरेर उनीहरूलाइ बचाएका छन्। अहिले उनीहरुको रिभर भ्याली अस्पताल रामपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

एसएलसी परीक्षामा रामतुल्सी उच्च माविमाबाट ८८ जना विद्यार्थी परीक्षामा सहभागी मध्ये १९ जना प्रथम श्रेणी, २२ जना द्वितिय श्रेणी र ३ जना तृतीय श्रेणी गरी जम्मा ४४ जना नियमिततर्फ उत्तीर्ण भएका छन्।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...