Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

समाज

नेपालीभाषीद्वारा आरक्षण माग्दै धर्ना

(0 votes)
इलाम— भारतको हिमाली राज्य सिक्किममा नेपालीभाषीले गुमेको आरक्षण सिट पुन दिनुपर्ने माग राख्न थालेका छन् । राज्य विधानसभामा गुमेको नेपालीको सिट पुनःस्थापनाको माग राख्दै सिक्किम प्रदेश तृणमुल कांग्रेसले सिच्छेस्थित जिल्लापाल कार्यालयअघि धर्ना दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सिक्किममा नेपालीभाषीलाई दिइँदै आएको आरक्षण सिट सन् १९७९ देखि गुमेको उल्लेख गर्दै कांग्रेस पार्टीका प्रदेश अध्यक्ष पीटी लक्समले 'त्यो अधिकार फर्काउन धर्ना र अनशन बसेको' बताएका छन्। लक्समको नेतृत्वमा सोमवार पाँच घण्टा धर्नामा बसेका ३० जनाभन्दा धेरैले आवश्यक परे फेरि लम्ब्याउने बताउ"दै आफ्ना मागप्रति लचिलो बन्न सिक्किम सरकारलाई सुझाएका छन्।

सिक्किममा छोग्याल टासी नामग्यालले नेपालीभाषीका लागि आरक्षणको व्यवस्था गर्दै १७ सिट दिएको र सन् १९७४ को विधानसभामा त्यो कार्यान्वयनसमेत भएको स्मरण गराउँदै कांग्रेसले त्यसपछिको विधानसभामा उक्त आरक्षण खोसिएको जनाएको छ। सिक्किम विधानसभामा नेपालीभाषीको आरक्षण सुनिश्चित गराउन राज्यपाल र तृणमुल नेतृत्वलाई ज्ञापन पत्र बुझाउने तयारी भइरहेको बताइएको छ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...