Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

समाज

इन्टरपोलमा नेपालले उठायो वन्यजन्तु अपराधको मुद्दा

(0 votes)
सभामा सहभागी हुँदै महानिरीक्षक अर्याल नेतृत्वको नेपाली टोली सभामा सहभागी हुँदै महानिरीक्षक अर्याल नेतृत्वको नेपाली टोली
काठमाडौं— अन्तरदेशीय प्रहरी संगठन इन्टरपोलको सभामा नेपालले वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बनाउनु पर्ने मुद्दा उठाएको छ। सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सभामा सहभागी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपालमा वन्यजन्तु अपराध नियन्त्रणमा भएको प्रयास प्रस्तुत गरेका थिए।
अन्तरदेशीय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन डिजिटल क्राइम सेन्टरको स्थापना हुने भएको छ। फ्रान्सको लियोनमा भएको इन्टरपोलको सभामा बिद्युतीय अपराध न्यूनीकरणका लागि इन्टरपोलले उपलव्ध गराएको डिजिटल क्राइम सेन्टरसँग आवद्ध हुने गरी सदस्य राष्ट्रमा सेन्टर स्थापनाको निर्णय भएको हो ।

नेपालको प्रतिनिधित्व गरेर सोमवार फर्किएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार सभामा संगठित र वन्यजन्तु अपराध नियन्त्रण, आतंकवादी गतिविधि नियन्त्रण, वन्यजन्तु, वातावरणीय र साइबरक्राइम सम्बन्धी विषयमा छलफल भएको थियो ।

आइजीपी अर्यालका अनुसार सभाले सदस्य राष्ट्रहरुलाई इन्टरपोलको पुलिस डाटा बेसलाई व्यापकता दिने,सूचनाको आदान प्रदान सुरक्षित गर्न प्रविधिजन्य सहयोग आदान प्रदान गर्ने निर्णय समेत गरेको छ ।

सम्मेलन नेपाल प्रहरीका लागि फलदायी रहेको बताउँदै उनले बन्यजन्तु अपराधको विरुद्धमा क्षेत्रीय स्तरमा विभिन्न मुलुकहरुको वीचमा सहकार्य गरेर आगामी दिनमा व्यवस्थित रुपमा सामुहिक अभियान चाल्नुपर्ने विषयमा नेपालले जोड दिएको जानकारी दिए ।

वातावरण विगार्ने कुनै पनि खालको अपराधिक क्रियाकलाप नियन्त्रणका बारेमा व्यवस्थित रुपमा सामुहिक अभियान चाल्नु पर्ने विषयमा समेत छलफल भएको उनले बताए।

२ अप्रिल देखि ४ अप्रिलसम्म भएको सभामा सहभागी भएर आइजीपी अर्याल सहित प्रहरी नायव महानिरीक्षक सुरेन्द्र बहादुर शाह र प्रहरी नायव उपरीक्षक नरहरी रेग्मी सोमवार बेलुका नेपाल फर्किएका हुन्। अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा नेपाल सहित १ सय ९२ राष्ट्र सदस्य छन् ।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...