Friday 9 Falgun, 2076 | February 20, 2020
Menu

समाज

‘हत्या गरिएका' ज्युँदै फर्किए

खोटाङ– प्रहरीले हत्या आरोपमा तीन जनालाई दुई महिनादेखि थुना राखेकोमा हत्या गरिएका भनिएका व्यक्ति भने जीवितै भेटिएका छन्। ५ महिनाअघिदेखि बेपत्ता ओखलढुंगा पलापु–८ का ६० वर्षीय ज्ञानबहादुर माझी जिउँदै भेटिएका हुन्।
विस्तृतमा पढ्नुस्

पत्रकारिता पुरस्कार गौतमलाई

इलाम- नेपाल पत्रकार महासङ्घ, इलाम शाखाले प्रत्येक वर्ष वैशाख १ गतेका दिन प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार युवराज गौतमलाई प्रदान गरिएको छ। प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले गौतमलाई आज नगद पाँच हजार एक र सम्मानपत्रले पुरस्कृत…
विस्तृतमा पढ्नुस्

भीषण आगलागी ५० लाखको क्षति

गौशाला- जिल्लाको एक गाविसमा भीषण आगलागी भएको छ भने सो आगलागीमा परी रु ५० लाख बराबरको क्षति भएको छ। गएराति करिब ९ बजे महोत्तरी गाविस–४ मा अवस्थित सन्तोषी यादवको फर्निचर र देवनन्दन ठाकुरको सैलुनमा आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला…
विस्तृतमा पढ्नुस्

नमुना सडक योजना रोकियो

काठमाडौं-चीन सरकारको सहयोगमा विस्तार भइरहेको कलंकी–कोटेश्वर सडकमा पहिलो चरणमा निर्माण गर्ने भनिएको नमुना सडक खण्ड नबन्ने भएको छ।
विस्तृतमा पढ्नुस्

६८ लाख किताब अपुग

काठमाडौं-विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यार्थीका लागि भने अझै ६८ लाख किताब अपुग छ। वैशाख २ गते सुरु हुने शैक्षिक सत्रका लागि विद्यालयहरू कक्षागत अन्तिम परीक्षाको नतिजा प्रकाशन गरी नयाँ विद्यार्थी भर्नाको तरखरमा जुटेका छन्। तर, सबै विद्यार्थीको…
विस्तृतमा पढ्नुस्

ट्रकले किच्दा युवकको मृत्यु

पर्सा– वीरगन्ज–पथलैया सडक खन्डको लिपनी बिर्तास्थित परवानीपुर बजारमा ट्रकले किच्दा एक युवकको मृत्युभएको छ। गिट्टी ना४ख २६५० नम्बरको ट्रकले राति ८ बजेतिर किच्दा युवकको घटनास्थलमै मृत्युभएको हो।
विस्तृतमा पढ्नुस्

बिस्केटको लिंगो भाँचियो

भक्तपुर-भक्तपुरको भेलुखेलमा उठाउँदै गरिएको बिस्केटको मुख्य लिंगो भाँचिएको छ। ५ बजे देखि उठाउन सुरु गरिएको लिंगो ७:१५ मा करिव आधा उठिसक्दा दुई टुक्रा भएर भाँचिएको हो।
विस्तृतमा पढ्नुस्

कांग्रेस कार्यालयमा व्यापार श्रमिकको धर्ना

काठमाडौं– नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालय घेराउ गरेको छ। सडक व्यवसायीलाई व्यवस्थित तथा मर्यादित बनाउनुपर्ने, वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्नेलगायतसहित आन्दोलनमा रहेका व्यवसायीले दोस्रो चरणको कार्यक्रमअन्तर्गत विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना तथा घेराउ गर्दै आएका छन्।
विस्तृतमा पढ्नुस्

इन्जिनियरिङ पढिरहेका युवक सुन्दरीजलमा मृत भेटिए

धुर्कोट– इन्जिनियरिङ अध्ययन गर्न काठमाडौं गएका गुल्मी तम्घासका एक विद्यार्थी काठमाडौंको सुन्दरीजलमा मृत भेटिएका छन्। ललितपुरको हिमालय कलेजमा अध्ययनरत पुतलीबजारका १९ वर्षीय विराट भुसाल शुक्रबार मृत फेला परेका हुन्। उनी ११ दिनदेखि बेपत्ता थिए।
विस्तृतमा पढ्नुस्

आगलागीबाट १४ घर नष्ट

कपिलवस्तु– भलवारी–४ बुटहनियामा आइतबार आगलागीबाट १४ घर नष्ट भएको छ। स्थानीय रामशेष चौधरीको घरबाट अचानक सल्किएको आगोले ती घर सखाप पारेको हो।
विस्तृतमा पढ्नुस्

कृष्ण अधिकारी हत्याप्रकरण : १३ जनालाई सर्वस्वसहित जन्मकैद माग

चितवन– गाेरखा फुजेलका कृष्ण अधिकारी हत्याप्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर गरेको छ। अभियोगपत्रमा १३ जनालाई सर्वस्वसहित जन्मकैदको माग गरिएको छ।
विस्तृतमा पढ्नुस्

नयाँ वर्षमा बागमती स्नान

काठमाडौं-बागमती सफाइमा जुट्दै आएका नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलसहित एक सय भन्दा बढीले वैशाख १ गते सोमबार बागमतीमा नुहाउने भएका छन्।
विस्तृतमा पढ्नुस्

एसएलसी नतिजा असार तेस्रो साता

काठमाडौं-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७० मा सञ्चालन गरेको एसएलसी परीक्षाको नतिजा असार तेस्रो साता प्रकाशनको तयारी गरिरहेको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed