Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

खेल

विनोद पाण्डे

विनोद पाण्डे

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वार्ता निष्कर्षविहीन

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) मा परिवर्तन हुनुपर्ने मागमा राष्ट्रिय क्रिकेट खेलाडीहरू अडिग रहेपछि मंगलबार क्रिकेटको सर्वोच्च निकायसँगको वार्ता निष्कर्षविहीन बनेको छ। वार्ता बुधबार पनि हुनेछ।


राष्ट्रिय क्रिकेट टिमद्वारा राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा

काठमाडौं-ट्वान्टी–२० विश्वकप खेलेको महिना दिन नबित्दै राष्ट्रिय क्रिकेट खेलाडीहरूलेे न्यूनतम भत्तादेखि ८ महिनासम्मको तलब नपाएको भन्दै राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेका छन्। उनीहरूले नेपाल क्रिकेट संघ (क्यान) मा परिवर्तनको मागसमेत राखेका छन्।

काठमाडौंलाई सामसुङ मोबाइलको प्रायोजन

काठमाडौं– काठमाडौं क्रिकेट टोलीलाई सामसुङको स्मार्ट मोबाइल फोनले प्रायोजन गरेको छ। सामसुङ मोबाइल फोनको आधिकारि विक्रेता आइएमएस इन्टरनेश्नल मार्केटिङ सर्भिसले झन्डै ३ लाख बराबरको खेल सामाग्री काठमाडौं टोलीलाई प्रदान गरेको छ।

सम्झौता अनुसार काठमाडौं टोलीले बुधबारबाट सुरु हुने एकदिवसीय राष्ट्रियमा सामसुङ स्मार्ट फोनको लोगो भएको जर्सी लगाएर खेल्ने छ। सामसुङ र्स्माट फोनले काठमाडौं टोलीलाई दुई सेट जर्सी, ट्रयाक सुट र प्रत्येक खेलका दिन ५ सय म्याच फी प्रदान गर्नेछ। काठमाडौंको क्षेत्रीय प्रतियोगितामा सहभागि काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटा जिल्ला तथा त्रिभुवन विश्व विधालयको टोलीलाई पनि काठमाडौंले जर्सी प्रदान गरेको थियो।
‘अहिलेको माहोलमा क्रिकेटबाट बाहिर रहन सकिन्न,' आइएमएसका प्रबन्ध निर्देशक मिश्रले भने, ‘हाललाई यो सुरुआतीमात्र हो। भविष्यमा यसलाई अझ लम्बाउन सकिन्छ।' काठमाडौं क्षेत्रका सचिव किरण राणाले स्मार्टफोन जस्तो अन्तर्राष्ट्रिय ब्रान्ड पाउनु आफुहरुका लागि गौरवको विषय भएको र यसलाई निरन्तरता दिन प्रयास गर्ने बताए।
यसै बीच काठमाडौंले राष्ट्रिय प्रतियोगिताका लागि विजय गौतमको कप्तानीमा क्षेत्रीय टोलीको घोषणा गरेको छ। क्षेत्रीय छनोटमा गरेको प्रदर्शनका आधारमा काठमाडौं टोलीमा छनोट भएको खेलाडीमा प्रमोद बस्नेत, प्रशन्न शाक्य, सन्जय बस्नेत, प्रविण जोशी, सुमन उदय, मन्जील मन्जुश्री, सुधिर महर्जन, अर्जुन अधिकारी, आशिष धामी, सन्जय शाह, श्रीजन सुवेदी, सोनु तामाङ र राहुल बंशल छन्। प्रशिक्षकमा सामसुनजङ थापा र व्यवस्थापकमा ज्योती गुरुङ छन्।

राष्ट्रिय क्रिकेट बुधबारदेखि

काठमाडौं– पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय प्रतियोगिताको नयाँ संस्करण बुधबार सुरु हुँदैछ। प्रतियोगिताका खेलहरु काठमाडौं र पोखरामा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

अन्तर्राष्ट्रिय अवसरको खाँचो

काठमाडौं-दुई वर्षअघि इन्डियन प्रिमियर लिग (आइपिएल) मा शक्ति गौचनको ‘ट्रायल' यात्रा निकै चर्चित रह्यो। ट्वान्टी–२० विश्वकप छनोटमा जगमगाउदो प्रदर्शनपछि नेपाली क्रिकेटका लोकप्रिय खेलाडी शक्ति राजस्थान रोयल्सको सम्पर्कमा पुगेका थिए।

यस्तो प्रदर्शन पनि आइपिएलमा खेल्न पाउन योग्य नहुने शक्तिले राजस्थान पुगेपछि मात्र थाहा पाए। शक्ति राजस्थान पुगेको समयसम्म विश्व ट्वान्टी–२० छनोट नेपालले खेलेको माथिल्लो प्रतियोगिता थियो। ‘आइपिएल खेल्न उनीहरुले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिला कस्तो खेलेको हो भनेर रेकर्डहरु खोज्दथे, जुन कुनै नेपाली खेलाडीसँग थिएन,' शक्ति सम्झन्छन, ‘ट्वान्टी–२० को माथिल्लो स्त्तर (ट्वान्टी–२० अन्तर्राष्ट्रिय) मा नखेलेसम्म नेपाली खेलाडीका लागि आइपिएल सपनामात्र हुने तथ्य मैले त्यहाँ बुझेको थिए।'
अघिल्लो हप्ता हङकङसँगै विश्व ट्वान्टी–२० मा उत्रिदै नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने १७औं राष्ट्र बन्यो। पहिलो चरणबाटै बाहिरिए पनि नेपालले प्रभावशाली प्रदर्शन गर्योा। पारस, शक्तिसहित ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी र जितेन्द्र मुखियाको प्रदर्शन धेरैको नजरमा पर्योो। यसले नेपाली खेलाडीलाई विदेशमा व्यवसायीक हिसाबमा खेल्न पहिलो चरणको बाटो खोलिदियो। 
पारससहित केही नेपाली खेलाडीको बंगलादेश प्रिमियर लिगमा खेल्ने चर्चा चल्यो। नेपाली टोलीका अफिसियलमा उत्तम कर्माचार्य र किरण राणा थिए। नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राख्दा बंगलादेशसँग नै पहिलो खेल खेलेको थियो। ‘बंगलादेशका पुराना खेलाडीसँग चिनजानको आधारमा हामीले नेपाली खेलाडीलाई ढाकामा खेलाउने सम्भावनाको बारेमा विश्व ट्वान्टी–२० का क्रममा प्रारम्भिक चरणको छलफल गरेका थियौं, उनीहरु त्यसमा सकरात्मक थिए,' राणाले भने, ‘विश्व ट्वान्टी–२० मा पनि खेलेकाले कुरा अगाडी बढाउन सजिलो भएको छ।' 
अफगानिस्तानविरुद्ध नेपाललाई स्मरणीय विजय दिलाउने जितेन्द्र मुखिया विश्व ट्वान्टीमा गरेको प्रदर्शनकै आधारमा धेरैको ध्यान तान्न सफल भए। ‘कसैले जितेन्द्र मुखियालाई सिपिएल (क्यारेबियन प्रिमियर लिग) मा लियोस, चार ओभरसम्म एकोहोरो योर्कर गरिरहनुको मुल्य सुन बराबर हो, उनी २१ वर्षकामात्र छन, उनले एक्सपोजर पाएको कल्पना गरौं त!,' वेस्ट इन्डिजका पूर्व खेलाडी इयान बिशपले ट्विट गरेका थिए। 
जितेन्द्रले अफगानिस्तानसँगको खेलमा ८० प्रतिसतभन्दा बढी योर्कर बर्साएका थिए। त्यसबाट वेस्ट इन्डिजका पूर्व तीब्र बलर विशपसहित धेरै प्रभावित भएका थिए। आइपिएलको टोली दिल्ली डेरडेभिल्सले नेपालले अफगानिस्तान र अर्को दिन नेदरल्यान्ड्सले आयरल्यान्डलाई पराजित गरेकोमा विश्व क्रिकेटलाई परिवर्तन गरेकोमा एसोसिएट टोलीलाई बधाई दिएको थियो। 
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो क्षमता देखाएपछि नेपाली खेलाडीलाई विदेशी क्लबमा खेल्ने वातावरण पुर्यााउन पुल बनाउनु अर्को ठुलो आवश्यक्ता हो। दुई वर्ष कप्तान पारस खड्काले क्यानाडामा ओन्टारियो क्लबबाट खेले। अर्को वर्ष उपकप्तान ज्ञानेन्द्र मल्ले यही क्लबबाट खेले भने वसन्त रेग्मी क्यानाडाको पहिलो डिभिजन लिगमा जेटिए च्यालेन्जर्सबाट उत्रिए। सुवास खकुरेल, प्रदीप ऐरी र अनिल मण्डलले श्रीलंकामा गेल क्रिकेट क्लबबाट यु–२३ लिग खेले। यी सहित शक्तिको आइपिएल यात्राको व्यवस्था सवै नेपालका प्रशिक्षक पुबुदु दासानायकेले मिलाएका थिए। विदेशी टोलीसँग नेपाली पक्षको अन्य प्रत्यक्ष सम्बन्ध छैन्। 
नेपालसँग सम्बन्धका आधारमा आरिफ इस्लामले पारस र ज्ञानेन्द्रलाई ढाका प्रिमियर लिगमा खेल्ने व्यवस्था मिलाईदिएका थिए। तर विश्व ट्वान्टी–२० छनोट आइरहेकाले उनीहरु गएका थिएनन्। त्यसयता नेपाली खेलाडीले त्यस्तो मौका पाएका छैनन्। ‘हामीले प्रदर्शन देखायौं, अव विदेशमा खेल्नसक्ने बातावरण पनि बन्न सक्छ,' शक्ति भन्छन्।

वाचाल पारस

कप्तान पारस खड्का समावेश पत्रकार सम्मेलन विशेष हुन्छ। उनले बोल्न लागेपछि सवैको ध्यान उनकै बोलाइमा एकोहोरिन्छ। नेपालले अफगानिस्तानलाई पराजित गरेपछि पत्रकार सम्मेलन पनि फरक थिएन।

टिम नेपाल नागरिक नायक

चित्तागोङ (बंगलादेश)-विश्वकप ट्वान्टी–२० क्रिकेटमा नेपाली खेलाडीले देखाएको ऐतिहासिक खेलको सम्मानस्वरुप नेपाल रिपब्लिक मिडियाले १६ खेलाडी, प्रशिक्षक र सहायक प्रशिक्षकलाई ‘नागरिक नायक घोषणा गर्दै एक–एक लाखका दरले १८ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

नागरिक नायक

१. पारस खड्का
२. ज्ञानेन्द्र मल्ल
३. सागर पुन
४. सुवास खकुरेल
५. सरद भेषावकर
६. विनोद भण्डारी
७. वसन्त रेग्मी
८. शक्ति गौचन
९. जितेन्द्र मुखिया
१०. सोमपाल कामी
११. प्रदीप ऐरी
१२. अनिल मण्डल
१३. अविनास कर्ण
१४. अमृत भट्टराई
१५. नरेश बुढाऐर
१६. राहुल विके
१६. पुवुदु दसानायके (प्रशिक्षक)
१७. जगत टमाटा (सहायक प्रशिक्षक)

लन्डनबाट ढाका

चित्तागोङ- विनोदविकास सिम्खडा १० वर्षदेखि लन्डन बस्दै आएका छन्। नेपालको पहिलो विश्वकप क्रिकेट सहभागितालाई उनी कुनै हालतमा गुमाउन चाहँदैनथे। उनी सिधै लन्डनबाट नेपालको खेल हेर्न चित्तोगोङ आइपुगे।

अफगानसँग नेपालको व्यग्रता

चित्तागोङ (बंगलादेश)- अफगानिस्तानविरुद्ध बिहीबार विजय हात पारेमा त्यो नेपाललाई विश्व ट्वान्टी–२० नै जितेसरह हुनेछ। तर, त्यसले नेपाललाई सुपर–१० मा पुर्याहउँछ भन्ने निश्चित छैन।

'मेरो शैली यही नै हो'

चित्तागोङ-१० वर्षपछि चित्तागोङ फर्किदा शक्ति गौचनले त्यही अनुभव बटुले, जुन यसअघि उनको खेलजीवनकै सबैभन्दा स्मरणीय थियो। उनले नेपालको पहिलो ट्वान्टी– २० अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट खेलाडी बन्न पाएको सौभाग्य अन्य खेलाडीका लागि ठूलो सपना हुनसक्छ।


Subscribe to this RSS feed