Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

खेल

वाचाल पारस

(1 Vote)
वाचाल पारस
कप्तान पारस खड्का समावेश पत्रकार सम्मेलन विशेष हुन्छ। उनले बोल्न लागेपछि सवैको ध्यान उनकै बोलाइमा एकोहोरिन्छ। नेपालले अफगानिस्तानलाई पराजित गरेपछि पत्रकार सम्मेलन पनि फरक थिएन।

नेपालको स्मरणीय विजय भएकाले र लगातार अफगानिस्तानसँगको हार टुंगाएकाले होला पारस फरक मुडमा देखिएका थिए। उनी हरेक प्रश्नको उत्तर नयाँ शैलीमा दिइरहे। केही प्रश्नको उत्तर उनले यस्तो शैलीमा दिए।

तपाईले आज दुई राम्रो क्याच लिनुभयो, त्यसले नेपाललाई खेल जिताउन सहयोग गर्योो होइन?

हामीले बिर्स्यौं जस्तो छ, क्याचहरूले नै म्याच जिताउँछ। क्याच लिनु बाहेक मसँग अन्य कुनै विकल्प थिएन।

यो जित नेपाली क्रिकेटका लागि कति अर्थ राख्दछ?

राष्ट्रका लागि खेल्दा हामी प्रत्येक खेल जित्न खेल्छौं।

नेपालले ट्वान्टी–२० विश्वकपमा दुई विजय पाएको छ, यसले नेपाललाई एकदिवसीय मान्यता पाउन कति सहयोग गर्छ?
यो प्रश्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसीका मिडिया म्यानेजरतर्फ हेरेर मुसुक्क हाँस्दै) लाई सोध्नुस्, आइसिसीले नै निर्णय गर्ने विषय हो यो। हामीसँग एकदिवसीय मान्यता पाउने र एकदिवसीय विश्वकप खेल्ने अवसर थियो, तर जनवरीमा न्युजिल्यान्डमा छनोट चरण खेल्न जाँदा हाम्रो खेलाडीहरू घाइते हुन पुगे, प्रदर्शन पनि राम्रो भएन।


तपाईलाई अफगानिस्तानसँग आजको खेल कतिखेर जितिन्छ जस्तो लाग्यो?

 अफगानी इनिङ्सको अन्तिम ओभरको दोस्रो अन्तिम बल फालेपछि। तर सोमपालले अन्तिम बलमा नो वा वाइड फाल्छ कि भन्ने डर लागेको थियो।

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।