Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

खेल

जितेन्द्रलाई नागरिक सम्मान

(0 votes)
जितेन्द्रलाई नागरिक सम्मान
रौतहट-विश्व ट्वान्टी–२०क्रिकेटमा अफगानिस्तानविरुद्ध म्यान अफ द म्याच बनेका रौतहटका खेलाडी जितेन्द्र मुखियालाई सोमबार गौरमा नागरिक सम्मान गरिएको छ। जनस्तरबाट रौतहटमा अबिर यात्रा गरेर सम्मान पाउने जितेन्द्र पहिलो खेलाडी हुन्।
रौतहट जिल्ला क्रिकेट संघ र नेपाल पत्रकार महासंघको संयुक्त आयोजना उनको सम्मान गरिएको हो। बलर जितेन्द्र जितेन्द्रलाई चन्द्रनिगाहपुरबाटै आयोजकहरूले गाडीमा राखेर ४२ किलोमिटर टाढा रहेको सदरमुकाम पुर्यािएका थिए। 
सदरमुकाम पुग्नुअघि दर्जनौं स्थानमा खेलाडी तथा स्थानीय बासिन्दाले उनलाई सम्मान गरेका थिए। यात्राक्रममा पैत्रिक राजपुर तुल्सी पुगेका जितेन्द्रले आमा जयावती देवीबाट फुलमाला र टीका थापे। स्थानीयको आग्रहमा जितेन्द्र बाल्यकालमा अध्ययन गरेको प्राथमिक विद्यालय तुल्सीसमेत पुगेका थिए।
सदरमुकाम गौरको बिपी चोकदेखि सुरु नगर परिक्रमापछि आयोजित सम्मान कार्यक्रममा जितेन्द्रले भने, ‘सानैदेखि सबैमा राम्रो मान्छे बन्ने जाँगर हुन्छ, मलाई बाल्यकालदेखि नै क्रिकेटर बनेर नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्ने सपना थियो, जुन बंगलादेशको चटगाउँस्थित रंगशालामा साकार गर्न सफल भएँ।' 
उनले आफ्नो क्रिकेट रुचिलाई काका हितलालले सहयोग पुर्याबएको चर्चा गरे। ‘मलाई काकाले आफैसँग चन्द्रनिगाहपुर लगेर अध्ययनका साथै क्रिकेट खेल्न प्रेरित गर्नुभयो। एसएलसीपछि उहाँले दिल्लीमा दुई वर्षसम्म क्रिकेटको प्रशिक्षण दिन सहयोग पुर्या्उनुभयो,' जितेन्द्रले सुरुआती दिन सम्भि्कए। 
उनले अगाडि थपे, ‘दिल्लीमा प्रशिक्षण लिइरहँदा मलाई भारतीय क्रिकेटरहरूले सोध्थे? जितेन्द्र तिमी कहाँबाट आएको। आफूले नेपाल भन्नेबित्तिकै त्यहाँ पनि क्रिकेट हुन्छ भने आश्चर्य व्यक्त गर्थे। तर, आज नेपालबाटै ट्वान्टी–२० विश्वकपमा भाग लिँदा आफूलाई धेरै भाग्यमानी ठानेको छु।' उनले आफूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याशउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले जितेन्द्र मुखियाले रौतहटको मात्रै नभई सम्पूर्ण नेपालीको शिर उचाइमा पुर्याहएको चर्चा गरे। उनले जितेन्द्रझै प्रतिभावान खेलाडी छनोट गराउनमा स्थानीय प्रशासन र सरोकारवाला निकाय जागरुकताका साथ अघि बढेकोमा खुसी व्यक्त गरे। 
जितेन्द्रलाई जिल्ला विकास समिति रौतहटले ५१ हजार, रौतहट क्षेत्र–५ का नेपाली कांग्रेसका सभासद जितन्द्र यादवले एक महिनाको पारिश्रमिक ४१ हजार, आयसर ट्रेक्टर एजेन्सीले २१ इन्चको कलर टिभी प्रदान गरेका थिए।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।