22 Chaitra, 2076 | April 04, 2020
Menu

खेल

चुकेन श्रीलंका

(0 votes)
चुकेन श्रीलंका
ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।
भेट्रान देब्रेहाते सांगाकाराले ३५ बलमा अविजित ५२ रन बनाएपछि श्रीलंकाले शेरे बंगला रंगशालामा १ सय ३१ को मध्यम लक्ष्य १७.५ ओभरमा पुरा गर्‍यो। थिसारा पेरेराले रविचन्द्रन अश्विनलाई विजयी चौका प्रहार गरे। उनी २१ रनमा अविजित रहे। तर श्रीलंकालाई विजयको बाटो देखाउने इनिङ्स सांगाकाराले खेलेका थिए। उनले ६ चौका र एक छक्का प्रहार गरे।
श्रीलंकाले १८ वर्षपछि विश्व उपाधि जितेको हो। सन् १९९६ मा एकदिवसीय विश्वकप जितेयता श्रीलंकाको यो ठुलो उपाधि हो। त्यसयता टोली २००७ र २०११ को एकदिवसीय विश्वकपको फाइनलमा तथा २००९ र २०१२ मा विश्व ट्वान्टी–२० को फाइनलमा पराजित भएको थियो। 
विश्व ट्वान्टी–२० को पाँच संस्करणमा पाँच फरक विजेता बनेका छन्। २००७ मा महेन्द्रसिंह धोनीको भारतले पहिलो संस्करण जितेको थियो। त्यसपछि २००९ मा पाकिस्तानले, २०१० मा इङ्ल्यान्ड र २०१२ मा वेस्ट इन्डिजले जितेको थियो। 
‘यो स्थितिसम्म आउन हामीले ५ फाइनल खेल्यौं,' सांगाकाराले भने। २००९ मा सांगाकाराकै कप्तानीमा श्रीलंकाले यस प्रतियोगिता र २०११ मा एकदिवसीय विश्वकपको फाइनल खेलेको थियो। सांगाकारा र अर्का भेट्रान माहेला जयबर्द्धने दुवैले यस खेलसँगैं ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिइसकेका छन्। सांगाकाराले भने, ‘मैले टोलीलाई केही योगदान दिन सकेकोमा म निकै खुशी छु, हामीलाई यसले ठुलो अर्थ राख्छ, हामी सफलताले निकै उत्साहित छौं,'
भारतको निरन्तर प्रमुख उपाधिमा श्रीलंकाले अंकुश लगाइदिएको छ। २०११ को एकदिवसीय विश्वकप जितेको भारत गत वर्ष इङ्ल्यान्डमा पनि च्याम्पियन्स ट्रफीको विजेता बनेको थियो। भारतीय कप्तान धोनीले श्रीलंकाको खुलेर प्रसंसा गरे। ‘उनीहरुका लागि यो उत्कृष्ट खेल बन्यो,' धोनीले भने, ‘मध्य ओभरमा हाम्रा ब्याट्सम्यानले राम्रो खेल्ने प्रयास गरेका हुन्। तर हामीले राम्रो सुरुआतलाई निरन्तरता दिन सकेनौं। विराटले सानदार ब्याटिङ गरे तर हामीले केही रन कम बनायौं।'
ओपनर कुशल पेरेरा ५ र तिलकरत्ने दिलशान १८ रनमै आउट भएपछि सांगाकाराले जयाबर्द्धनेसँग तेस्रो विकेटमा ३४ र थिसारासँग पाँचौं विकेटमा अविजित ५४ रन जोडे। जयाबर्द्धनेले २४ रन बनाए। 
वर्षाले ४० मिनेट ढिला सुरु भएको खेलमा कोहलीलले ५८ बलमा सानदार ७७ रन बनाए पनि पहिला ब्याटिङ गर्न बोलाइएको भारतलाई श्रीलंकाले १३०–४ को स्कोरमा रोक्यो। उनको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो चौथो अर्धशतक हो। अजिन्क्या राहनेलाई एन्जेलो म्याथ्युजले दोस्रो ओभरमै बोल्ड गरेपछि कोहलीले भारतीय इनिङ्स सम्हालेका थिए।
कोहलीले ११ रनमा पहिलो जिवनदान पाए। रंगना हेराथको बलमा लासिथ मालिङ्गाले उनको क्याच छाडे। ६५ रनमा अर्को जिवनदान पाएका कोहलीले ५ चौका र ४ छक्का प्रहार गरे। कोहलीले दोस्रो विकेटमा रोहित शर्मासँग ६० र युवराज सिंहसाग तेस्रो विकेटमा ५५ रन जोडे। तर युवराजले २१ बलमा ११ रनमात्र बनाउन सक्नु भारतको हारको प्रमुख कारण बन्यो। भारतले अन्तिम ५ ओभरमा १९ रनमात्र बनाउन सक्यो। २६ बलमा २९ रन बनाएका शर्मालाई हेराथले आउट गरे। 
दुई महिना भित्र श्रीलंकाको दोस्रो उपाधि हो। श्रीलंकाले बंगलादेशमै पाकिस्तानलाई पराजित गरी पाँच राष्ट्रसम्मिलित एसिया कप जितेको थियो।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।