22 Chaitra, 2076 | April 04, 2020
Menu

खेल

कन्सर्टसँगै वसन्त उत्कृष्ट

(0 votes)
वसन्त रेग्मीलाई मोटरसाइकलको साँचो प्रदान गर्दै शेखर गोल्छा । वसन्त रेग्मीलाई मोटरसाइकलको साँचो प्रदान गर्दै शेखर गोल्छा । तस्बिर : दिपेश श्रेष्ठ
काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट खेलाडी चुन्दै बजाज पल्सर मोटरसाइकल प्रदान गरेको छ।
हंशराज हुलासचन्द गोल्छा समूहका निर्देशक शेखर गोल्छाले टुँडिखेलमा वसन्तलाई मोटरसाइकलको साँचो प्रदान गरे। बंगलादेशमा वसन्तले ३ खेलमा ५ विकेट लिएका थिए। उनीसँगै शक्ति गौचनले ५–५ विकेट लिएका थिए। वसन्त तीनै खेलमा विकेट लिने नेपालका एक्लो खेलाडी हुन्।
‘सम्मानको उत्सव' कार्यक्रममा नेपाली टोलीका सदस्यलाई पनि सम्मान गरिएको थियो। कन्सर्टको टिकट बिक्रीको रकम नेपाली टोलीलाई दिइने भनिए पनि प्रशासनले टिकट बिक्रीमा रोक लगाएपछि निःशुल्क प्रवेश दिइएको थियो।
कन्सर्टको प्रिज्मा एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले संयोजन गरेका थिए। उनले क्रिकेट खेलाडी राहत कोष बनाइएको र त्यसमा अहिलेसम्म ४ लाख ८० हजार जम्मा भइसकेको बताए। क्रिकेट खेलाडी राहत कोषमा वेस्टर्न युनियन मनी ट्रान्सफर, युनिभर्सल ग्रुप (गोल्डस्टार जुत्ता), आइएमईले १ लाख १ रुपैयाँ, मेगा बैंकका कार्यकारी प्रमुख अधिकृत अनिल शाहले १ लाख, कैलाश विकास बैंकले २५ हजार प्रदान गरिसकेको आचार्यले जानकारी दिए।
बजाज पल्सर, जगदम्बा स्टिल्स र माइक्रोम्याक्स मोबाइललगायतले प्रायोजन गरेको कन्सर्ट कार्यक्रममा रविन एन्ड द न्यु रेभोलुसन, दीपक वज्राचार्य ग्रुप, धर्मेन्द्र सेवान, सन्तोष लामा द लिजेन्ड ब्याडका साथ कुटुम्ब ब्यान्डले सांगीतिक प्रस्तुति दिएका थिए।
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अतीततिर फर्कदै आफूले टुँडिखेलबाट क्रिकेट खेल्न थालेर यो स्थितिमा आइपुगेको स्मरण गराए।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।