Friday 19 Ashad, 2077 | July 02, 2020
Menu

खेल

वार्ता प्रकृया मंगलबारबाटमात्रै

(0 votes)
काठमाडौं– राष्ट्रिय टोलीका क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले वार्तामा आउन भने पनि त्यसको प्रकृया मंगलबार अगाडि सुरु नहुने भएको छ।
खेलाडीहरुले ८ महिना देखिको तलब भत्ता नपाएको, क्यानमा नया व्यवस्थापन आउनु पर्नेसहित विभिन्न माग राख्दै हाल जारी रहेको राष्ट्रिय प्रतियोगिता नै वहिस्कार गर्दै आएका छन्।
क्यानले अघिल्लो आकस्मिक बोर्ड बैठकबाट खेलाडीलाई वार्तामा आउन आग्रह गरेको थियो। क्यानबाट बनाइएको वार्ता टोलीका संयोजक चतुरबहादुर चन्दले खेलाडीलाई औपचारकि रुपमा वार्ता आउन आग्रह गरेको बताए। वार्ता टोलीमा क्यान सदस्यहरु ठाकुर प्रताप थापा र दीपक साउद सदस्य छन्।
'खेलाडीसँग आज फोनमा कुराकानी भयो, केही खेलाडी बाहिर रहेकाले तथा सोमबार नया वर्ष परेकाले वार्ता मंगलबार अगाडी सुरु हुनेछैन्। खेलाडीहरुले वार्तामा सरकार र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिमा जोड दिए। सरकारले पनि सहसचिव स्तरकै प्रतिनिधि पठाउने वातावरण बनाइरहेको पाएको छु,' चन्दले भने।
कप्तान पारस खड्कासहित राष्ट्रिय खेलाडीहरुलाई आइतबार बिहान खेलकुद मन्त्री पुरुषोतम पौडेलले मन्त्रालमा भेट्न बोलाएका थिए। 'के कसो भनेर मन्त्री पुरुषोतम पौडेलले बिहान भेटनु बोलाउनु भयो। हामीले पत्र पत्रिकामा आएका कुरा हुन् भनेर भन्यौं। हामी क्यानसँगैं सिधै वार्ता नगर्नेमा यथावत रहयौं,' पारसले भने, 'मन्त्री ज्युले मन्त्रालयबाट एक जना प्रतिनिधि पठाइ दिन्छु भन्नु भएको छ, राष्ट्रिय खेलकुद परिषदबाट चाहि सदस्य सचिव युवराज लामा नै हुनुपर्छ भन्ने सवै खेलाडीको चाहाना छ। सोमबार नया वर्ष परेकाले वार्ता हुदैन् ।'
यता आइतबार पनि हुने भनिएको क्यानको बोर्ड बैठक बस्न सकेन्। अख्तियारले क्यान अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्‍याल र कोषाध्यक्ष राजुबावु श्रेष्ठलाई बिहान देखि बोलाएकाले क्यानको आइतबार हुने भनिएको बोर्ड बैठक हुन सकेन्। अख्तियारका सहयाक प्रवक्ता केशव घिमिरेले क्यानका पदाधिकारीलाई बोलाईको बारे अनुसन्धानको नियमित प्रतिक्रिया भएको बताए।
अघिल्लो दिनको आकस्मिक बोर्ड बैठकलाई क्यानले आइतबारसम्म लम्बाएको थियो। अख्तियारले बोलाएका कारण बोर्ड बैठक स्थगित भएको क्यान स्रोतले जनाएको छ।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।