Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

खेल

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

(0 votes)
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा
काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर नभएको, पूर्वसहमतिअनुसार काम नगरेकोलगायतका कारण आन्दोलनस्वरुप प्रतियोगिता बहिस्कार गरेपछि त्यसको सवैभन्दा ठूलो मारमा एपिएफ परेको छ।

बहिष्कारका कारण प्रमूख खेलाडीविना पोखरा पुगेको एपिएफ पहिलो खेलमै वीरगन्जसँग ५ विकेटले पराजित भएको थियो। कप्तान पारस खड्कासहित, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सुवास खकुरेल, अमृत भट्टराई र प्रदीप ऐरी संघले खेल विकासमा कुनै काम नगरेको भन्दै कार्यसमिति पूरा परिवर्तन हुनुपर्ने मागसहित बहिस्कारको आन्दोलनमा छन्।
२००९ को राष्ट्रिय प्रतियोगितापछि बस्न्यातले औपचारिक रुपमा संन्यास लिएका थिए। त्यसयता प्रतिस्पर्धात्मक खेलका लागि उनी पहिलो पटक आइतबार खेलाडीका रुपमा मैदान उत्रिएका हुन्। जारी राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमा पराजयपछि टोली दवावमा आएका कारण उनी आफै मैदान उत्रिएका हुन्। बस्न्यातले ७ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए।
तर, खेलमा एपिएफकै अर्का देव्रेहाते स्पिनर भुवन कार्की छाए र टोलीलाई ५ विकेटको विजय दिलाए। यज्ञमान कुमालसँग नयाँ बल लिएर आएका भुवनले आफ्नै पूर्व टोलीविरुद्ध ६ विकेट लिए। लगातार १० ओभरको एकै स्पेलमा उनले ५ मेडन राख्दै १४ रन खर्चे। यज्ञमान र सञ्जम रेग्मीले १–१ विकेट लिए।
१९ रनमा ७ र ४७ रनमा ९ विकेट गुमाएको बैतडीबाट निरञ्जन बोहोरा र सुरेश झाप्रालले दशौं विकेटमा ३६ रनको साझेदारी गरे। दशौं नम्बरमा ब्याटिङ गरेका निरञ्जन २२ रनमा अविजित रहे। सुरेश १३ रन बनाई सञ्जमको बलमा आउट भए। ६ चौका प्रहार गरेको बैतडीबाट माथिल्लो क्रममा खेलेका कप्तान सन्तोष भट्टले १६ रन बनाएका थिए।
लक्ष्य पछयाउन एपिएफलाई पनि सजिलो भएन्। २८ रन जोड्दा टोलीले सुवास प्रधान (३), सञ्जय श्रेष्ठ (९), प्रदीप टन्डन (२),आकाश गुप्ता (०) र कप्तान परेश लोहनी (२) लाई गुमाइसकेको थियो। भेट्रान दीपेन्द्र चौधरीले ४२ र भुवनले १३ रनको अविजित इनिङ्स खेल्दै एपिएफलाई जित दिलाए। दीपेन्द्रले ६६ बल खेली ५ चौका र १ छक्का प्रहार गरे। म्यान अफ द म्याच भुवनले ४२ बल खेली २ चौका प्रहार गरे। बैतडीको यो लगातार तेस्रो हार हो।
सिद्धान्तको शतक
सिद्धान्त लोहनीको शतकमा विराटनगरले काठमाडौंलाई १ सय ८० रनको विशाल अन्तरले पराजित गरी सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। सिद्धान्तको अविजित १ सय ६ रनमा टस जितेको विराटनगरले पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस मैदानमा ५ विकेट गुमाई ३ सय २४ रन बनायो।
कप्तान पुष्प थापा र सिद्धान्तले चौथो विकेटमा १ सय ३ रनको साझेदारी गरी विराटनगरलाई मजबुत बनाएका थिए। पुष्प ९३ रनमा आउट भए। प्रशन्न शाक्यको बलमा बोल्ड हुनुपूर्व पुष्पले ८५ बल खेली १० चौका र २ छक्का प्रहार गरे। सिद्धान्तले ९९ बल खेली १३ चौका र ३ छक्का प्रहार गरे। उनले ९४ बलमा शतक पूरा गरेका थिए।
सन्नी पुन १७, अजय राजवंशी ८ र महबुब आलम २९ रनमा आउट भएपछि पुष्प र सिद्धान्तको जोडी जमेको थियो। महबुबले ४४ बल खेली २ चौका र १ छक्का प्रहार गरे। अमित श्रेष्ठ १३ रनमा आउट भए। अंकित सुवेदी २५ बलमा ५ चौका प्रहार गरी ३७ रनमा अविजित रहे। काठमाडौंका सोनु तामाङले २ विकेट लिए।
जबाफमा काठमाडौं ३८.३ ओभरमा १ सय ४४ रनमा अलआउट भयो। तल्लोक्रमका ब्याट्सम्यानहरु आशिष धामीले ३५ र सोनु तामाङले २८ रन बनाउदै काठमाडौंको स्कोर १ सय माथि पुर्‍याए। प्रविण जोशी र प्रशन्न १६–१६ तथा सुधिर महर्जन १० रनमा आउट भए। विराटनगरका महबुब र राजकुमार प्रधानले ३–३, पुष्पले २ तथा अजय र रोहित सिंहले १–१ विकेट लिए।
भैरहवाको लगातार विजय
गतवर्षको उपविजेता भैरहवाले लगातार तेस्रो विजय हात पारेको छ। समूह 'बी' मा विराटनगरले पनि दुवै खेल जितेको छ। कप्तान अन्तिम थापाको शतकमा भैरहवाले आइतबार जनकपुरलाई १ सय ९० रनले पराजित गर्‍यो।
अन्तिमको अविजित १ सय रनमा भैरहवाले कीर्तिपुरमा ८ विकेट गुमाई २ सय ९६ रन बनायो। अन्तिमले ९४ बल खेली ७ चौका र ३ छक्का प्रहार गरे। विकेटकिपर प्रकाश केसीले ३५ बल खेली १० चौका प्रहार गर्दै ५० रन बनाए। सविन शाक्य ३४, लालबहादुर अधिकारी ३०, फजलुर रहमान २० र शंकर राना १४ रनमा आउट भए। जनकपुरका अभिषेक झाले ३ तथा सन्जोग कर्ण, राहुलप्रताप सिंह र राज मोहम्मदले १ विकेट लिए।
जनकपुर ३०.२ ओभरमा १ सय ६ रनमै आउट भयो। ओपनर चन्दन झाले ३९ र हरिशंकर शाहले ३४ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन्। भैरहवाका सुशन भारीले ४, लालबहादुरले ३ र मैनिद्धिन खानले १ विकेट लिए।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।