Friday 9 Falgun, 2076 | February 20, 2020
Menu

खेल

भैरहवा र वीरगन्ज सेमिफाइनलमा

(0 votes)
काठमाडौं– भैरहवा र वीरगन्ज लगातार विजय पाउँदै पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका छन्। भैरहवाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालगन्जलाई ४ विकेटले पराजित गरी लगातार चौथो विजय पाएको छ। 
समूह 'ए' मा भैरहवाले विराटनगरसँगको अन्तिम खेल खेल्न बाँकी छ। पोखरामा वीरगन्जले घरेलु टोलीलाई १ सय १४ रनले पराजित गर्योँ। वीरगन्जले समूह 'बी' का सबै ४ खेल जित्यो। 
टस जितेको नेपालगन्ज २ सय १ रनमा अलआउट हुनुपूर्व टोलीले ४६.५ ओभर खेल्यो। तल्लोक्रममा ब्याटिङ गरेका प्रविण गिरीले ५३ रन बनाए। उनले ५७ बल खेली ८ चौका प्रहार गरे। ओपनरद्वय भूपेन्द्र थापा २० र सिद्धान्तराज शाही ४५ रनमा आउट भए। आकाश विष्टले १९ र अमरसिंह राउटेलाले १७ रन बनाए। भैरहवाका सुशन भारी, रुपेश बाँस्तोला र लालबहादुर अधिकारीले ३–३ तथा मैनुद्दिन खानले १ विकेट लिए।
लालबहादुरले ४९ रन बनाएपछि भैरहवाले ३०.१ ओभरमै लक्ष्य पूरा गर्योि। म्यान अफ द म्याच लालबहादुरले ६३ बल खेली ८ चौका प्रहार गरे। कप्तान अन्तिम थापाले ४३ रन बनाउँदै लालबहादुरसँग पाँचौं विकेटमा १ सय ९ रन जोडे। अघिल्लो दिन काठमाडौंसँग ९३ रन बनाएका अन्तिमले ५१ बल खेली ५ चौका प्रहार गरे। शंकर राणा २४ रनमा आउट भए। प्रकाश केसी ११ र सुशन २० रनमा अविजित रहे। नेपालगन्जका प्रज्वल शाही, अमरसिंह र नासिर अन्सारीले २–२ विकेट लिए।
उच्च प्रदर्शन गर्दै आएका आरिफ शेखले ५४ रन बनाएपछि वीरगन्जले पोखरामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय २४ रन बनायो। ८१ बल खेलेका आरिफले ७ चौका प्रहार गरे। तल्लोक्रममा रामनरेश गिरीले ३० बलमा २ चौका र १ छक्का प्रहार गरी ३७ रन बनाएपछि वीरगन्जको मध्यम स्कोर बनेको थियो। अन्य खेलाडीमा अनिल शाह ३२, सुमित कडेरिया २७ र कप्तान सुरज कुर्मी १३ रनमा आउट भए। कुमार थापा ११ रनमा अविजित रहे। पोखराका निश्चल पाण्डेले ३, करण केसीले २ तथा सुशील कँडेल र शिव सुवेदीले १–१ विकेट लिए।
जवाफमा पोखरा ३४.४ ओभरभित्र १ सय १० रनमा अलआउट भयो। दिपेश खत्री ८५ बल खेली ३ चौका प्रहार गरी ३० रनमा अविजित रहे। रिजन प्रजु १३, इशान बानियाँ १२ र खेमराज पौडेल १० रनमा आउट भए। वीरगन्जका कुमार थापाले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राखी २५ रन खर्चे। रामनरेशले ३, किरण बुढाथोकीले २ र हासिम अन्सारीले १ विकेट लिए।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।