Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

खेल

वार्ता निष्कर्षविहीन

(0 votes)
काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) मा परिवर्तन हुनुपर्ने मागमा राष्ट्रिय क्रिकेट खेलाडीहरू अडिग रहेपछि मंगलबार क्रिकेटको सर्वोच्च निकायसँगको वार्ता निष्कर्षविहीन बनेको छ। वार्ता बुधबार पनि हुनेछ।


क्यानमा कार्यशैली विकाससहित, तलब–भत्ताको माग राख्दै अघिल्लो महिना ट्वान्टी–२० विश्वकप खेलेका १६ खेलाडीले असहमति जनाउँदै राजधानी र पोखरामा जारी एकदिवसीय राष्ट्रिय प्रतियोगिता नै बहिष्कार गर्दै आएका छन्। नेपाली क्रिकेटलाई कसरी व्यवस्थित गर्ने भनेर साढे ५ घन्टा वार्ता चले पनि त्यसले टुंगो पाउन सकेन।

'खासै केही भएको छैन, बूँदागत रूपमा छलफल भयो। कुनै निचोडमा पुगेका छैनौं, पुरानो पाराले हुँदैन, हामीले अडान राखेका हौं,' राष्ट्रिय कप्तान पारस खड्काले वार्तापछि भने, 'केही विषयहरूमा निर्णय हुन बाँकी छ। अर्को बैठकले टुंगो लगाउन सक्छ। हामी त्यसमा सकारात्मक छौं।'

क्यानले खेलाडीको माग सम्बोधन गर्न आफ्ना उपाध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। त्यसमा ठाकुरप्रताप थापा र दीपक साउद सदस्य छन्। दुवै क्यान सदस्य हुन्। खेलाडीहरूले क्यानसँग सिधै वार्ता नगर्ने बताएका थिए।

उनीहरूले वार्ता भएमा सरकारी प्रतिनिधि हुनुपर्ने माग राखेका थिए। त्यसैअनुरुपसरकारका निमित्त सचिव शान्तिराम शर्मा, खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, राष्ट्रिय खेलकुद परिषद संघसंस्थाका विभागीय प्रमुख प्रकाशचन्द्र घिमिरे वार्तामा सहभागी थिए। खेलाडीले वार्तामा परिषद्का सदस्यसचिव नै हुनुपर्ने नै माग राखे पनि युवराज लामा पूर्वाञ्चल भ्रमणमा रहेकाले उनी उपस्थित रहनेन्। खेलाडीहरू सबैजसो वार्तामा थिए।

'नेपाल क्रिकेट संघ सिस्टममा चल्नुपर्‍यो, तलब–भत्ता कुनै ठूलो विषय होइन,' पारसले भने, 'हामीले यही मुद्दा आजको वार्तामा पनि राख्यौं, क्यान स्थापना भएदेखि नै सिस्टममा चल्न सकेको छैन। त्यसैले हामीले यो अहिलेको क्यानलाई मात्र भनेको होइन, क्रिकेट संघको संरचना राम्रो भएन, त्यही नै हाम्रो मुद्दा हो।' उनले सिस्टम कसरी चेन्ज हुन्छ भनेर आफूहरूलाई थाहा नभएको बताए।

क्यानका वार्ता टोली संयोजक चन्दले भने विगतका कमीकमजोरी सच्याउनुका साथै सुधार गर्दै लैजानेमा आफूहरूले प्रतिबद्धता जनाएको बताए। 'क्यान पुनर्गंठनका विषयमा हामी सहमतिमा आउन सकेनौं, उनीहरूको त्यो पहिलो माग थियो, जसलाई हामीले अस्वीकार गर्‍यौं। अन्य ९ बूँदामा लगभग सहमति भएको छ,' उनले वार्तापछि भने, 'विगतमा क्यानबाट अध्यक्ष, महासचिवलगायतले मौखिक आश्वासन मात्र दिएर कार्यान्वयन नगरेको खेलाडीको आरोप थियो। त्यसैले उनीहरूले लिखित प्रतिबद्धतामा मात्र सहमति जनाउने बताए।'

खेलाडीहरूले क्यानमा परिवर्तनको विषयमा आन्तरिक कमिटी पनि हुनसक्ने विकल्प दिएको पारस बताउँछन्। खेलाडीले ५ जनाको नयाँ कमिटी बनाएर त्यसलाई बोर्डभन्दा माथि राख्नुपर्ने सुझाएको चन्दले बताए। तर वार्तामा सहभागी मन्त्रालयका प्रतिनिधिले कानुनी जटिलताका कारण त्यो सम्भव नभएको जनाएका छन्।

'क्यानको वार्ता टोलीबाट एउटा स्वतन्त्र समिति बनाउने र त्यसमा क्यान, खेलाडी, परिषद्, मन्त्रालयको प्रतिनिधि राखेर चलाउने भन्दा खेलाडीको असहमति रह्यो,' चन्दले भने। खेलाडीहरूले आफ्नो माग पूरा नभए मे १ देखि मलेसियामा हुने एसिसी प्रिमियर लिग पनि नखेल्ने चेतावनी दिँदै आएका छन्।

'सबै प्रक्रियागत हिसाबमा जाने हो यसमा केही समय लाग्छ, त्यसैले एसिसी प्रिमियर लिग जस्तो ठूलो प्रतियोगिता खेलाडीले खेल्नुपर्छ र यसमा राम्रो गर्न सकेमा दुईदिवसीय प्रतियोगिता खेल्नुपर्छ भन्दा पनि उनीहरूले मानेनन्,' संयोजक चन्दले भने, 'खेलाडीले क्यानमा सिस्टम परिवर्तन भएपछि मात्र खेल्छौं भने।' क्यान गतिशील नभएको कारण खेल्न नसकेको आरोप पारसले लगाउँदै आएका छन्।

'हामीले पहिलो लगातार रुपमा यु–१९ विश्वकपमा सहभागिता जनायौं, केही वर्षयता नेपाल यु–१९ विश्वकपमा छनोट नै हुन छाडेको छ। क्यान राम्रा खेलाडी नभएकाले छनोट हुन नसकेको भन्छ,' क्यानमा परिवर्तन आउनुपर्ने कारण देखाउँदै पारस भन्छन, 'नेपालको महिला क्रिकेट पनि पहिलोपल्ट फाइनल पुग्यो, त्यसपछि सेमिफाइनलमै रोकिँदै आएको छ। हामी पनि अहिले विश्वकप खेलेर आयौं। यस्तै हिसाबले फेरि विश्वकप खेल्न गाह्रो भइसकेको छ, त्यसैले अहिले नै सिस्टम नबसाउने हो भने नेपाली क्रिकेट अगाडि बढ्न सक्तैन।'

खेलाडीले वार्तामा सेन्ट्रल कन्ट्र्याक्ट र तलब वृद्धिका साथै क्यानमा अनियमियता भएको विषय पनि उठाएका छन्। 'भ्रष्टाचार भए नभएबारे हामी छानबिन गर्न तयार छौं, कसैलाई ढाकछोप गर्दैनौं,' चन्दले भने, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि हामीले भ्रष्टाचारको छानबिन प्रक्रियामा सघाइरहेका छौं।'
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।