Thursday 26 Mangshir, 2076 | December 12, 2019
Menu

खेल

आर्मी र धनगढीको पहिलो जित

(0 votes)
काठमाडौं– त्रिभुवन आर्मी क्लब र धनगढीले पेप्सी स्ट्यान्डर्ड चार्टडए एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो विजय पाएका छन्। पहिलो खेलमा पराजित आर्मीले मंगलबार बैतडीलाई २ विकेटले पराजित गर्‍यो भने धनगढीले नेपालगन्जमाथि ६६ रनको विजय पाएको थियो ।


पोखरामा चन्द्र साउदले अलराउन्ड प्रदर्शन गरी आर्मीको पराजय टारे। राष्ट्रिय खेलाडीले प्रतियोगिता बहिष्कार गरेको आरोप आर्मीमा पनि परेको छ। आफ्ना ७ राष्ट्रिय खेलाडीबिना उत्रिएको आर्मी पहिलो खेलमा वीरगन्जसँग १ सय २२ रनले पराजित भएको थियो।

१ सय ३५ रनको लक्ष्य पाएको आर्मी ५१ रन बनाउँदा ७ र ८० रन बनाउँदा ८ विकेट गुमाउँदा फेरि अर्को पराजय नजिक पुगेको थियो। तर अहिले राष्ट्रिय टोलीमा नरहेका म्यान अफ द म्याच चन्द्रले पवन श्रेष्ठसँग ५७ रनको अविजित साझेदारी गरेपछि आर्मीले ३३ ओभरमा १ सय ३७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

चन्द्र २८ र पवन ३५ रनमा अविजित रहे। चन्द्रले ४० बल खेली २ चौका र २ छक्का तथा पवनले ५० बल खेली ४ चौका प्रहार गरे। सुरेन्द्र चन्द १९ र रविन जोशी १३ रनमा आउट भए। कप्तान महेश क्षेत्री ४, सुमन श्रेष्ठ १, इन्द्रकमल मानन्धर शून्य, राजेश पुलामी ७, दीपेन्द्र चन्द १, रुपेश श्रीवास्तव २ रनमा आउट भएका थिए। बैतडीका प्रेम तामाङले ३, सन्तोष भट्ट र सुनील तामाङले २–२ तथा खेम भट्टले १ विकेट लिए।

यसअघि टस जितेको बैतडी ३६.१ ओभरमा १ सय ३४ रनमै खुम्चियो। टोलीबाट महेश चन्दले २१, दिलीप नाथले २८ र वसन्त खत्रीले २५ रन बनाए। आर्मीका राजेश पुलामीले ८ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। चन्द्र, रुपेश र सुरेन्द्रले २–२ विकेट लिए।

ललितपुरको पुल्चोक क्याम्पस मैदानमा धनगढी ४८.५ ओभरमा २ सय ५६ रनमा अलआउट भयो। म्यान अफ द म्याच दीपेन्द्र ऐरीले सर्वाधिक ५४ रन बनाए। उनले ७० बल खेली ५ चौका प्रहार गरे। सुनील धमलाले २९ बल खेली ७ चौकासहित ३६, कप्तान राजु रिजालले ३३, सुनील भट्ट र दिनेश अग्रीले समान २० तथा कमलराज जोशी र महेश शाहले समान ११ रन बनाए।

नेपालगन्जबाट इनामुद्दिन हलवाईले ३ विकेट लिए। उनले १० ओभरमा ५८ रन खर्चे। अमरसिंह राउटेला, प्रज्वल शाही र आकाश विष्टले २–२ तथा नासिर अन्सारीले १ विकेट लिए।

नेपालगन्ज ४२.३ ओभरमा १ सय ९० रनमा खुम्चियो। टोलीबाट प्रविण गिरीले ३३, अनुपम सिंहले ३१, अमरसिंह र कप्तान सुवेन्दु पाण्डेले समान १९ तथा प्रज्वलले १७ रन बनाए। नासिर १५ रनमा अविजित रहे। धनगढीका ललित भण्डारी, दीपेन्द्र ऐरी, सुनील धमला र विनोद लामाले २–२ तथा दिनेश अग्रीले १ विकेट लिए।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।