Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

खेल

'पाकिस्तानमा क्रिकेट गतिविधि गरिनुपर्छ'

  • बुधबार ३ बैशाख, २०७१
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
लाहोर– एसियाली क्रिकेट परिषद (एसिसी) का एक पदाधिकारीले अन्तर्राष्ट्रिय क्रिकेट समुदायको विश्वास जित्दै पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि पुनःस्थापित गर्नुपर्ने बताएका छन्।


२००९ को मार्चमा भ्रमणकारी श्रीलंकाली टिम बसमाथि लाहोरमा आतंकवादी आक्रमण भएयता पाकिस्तानले कुनै अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गरेको छैन। एसिसीका प्रमुख कार्यकारी असरफुल हकले परिस्थितिमा सुधार आए पनि पाकिस्तानले अन्य देशका क्रिकेट पदाधिकारीलाई सुरक्षा अवस्थाबारे विश्वास दिलाउन नसकेको बताए। 'एसिसीबाट पाकिस्तानको सहयोगमा हामीले सक्दो प्रयास गरिरहेका छौं। यु–१५ र यु–१९ टोलीलाई पाकिस्तान ल्याउने प्रयास पनि यहाँको क्रिकेटलाई बचाउने उद्देश्यमा नै भएको हो। तर, पाकिस्तानले आफै अन्य क्रिकेट खेल्ने देशलाई विश्वासमा लिनुपर्छ,' एसिसी विकास समितिको बैठकपछि मंगलबार हकले भने।

आठ जनाको ज्यान जाने गरी भएको उक्त आतंकवादी आक्रमणमा श्रीलंकाली टोलीका सात खेलाडी घाइते भएका थिए। त्यो घटनापछि पाकिस्तान सबै देशको भ्रमण सूचीबाट हटेको थियो। यसबीच पाकिस्तानले आफ्ना सबै घरेलु शृंखला तटस्थ भूमिका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) मा खेल्दै आएको छ। हकले एसियाकै साना देशलाई फेरि एकपटक पाकिस्तान भ्रमण गराउने प्रयास भइरहेको जानकारी गराए।

'पाकिस्तानमा कुनै सुरक्षा खतरा म देख्दिनँ,' बंगलादेशका पूर्व पहिलो श्रेणीका क्रिकेटरले भने, 'हामी एसियाका साना क्रिकेट राष्ट्रहरू हङकङ, युएई र नेपाललाई पाकिस्तान भ्रमण गराउने प्रयास गरिरहेका छौं। यसो भएमा भारत, श्रीलंका र बंगलादेशजस्ता देशलाई पनि पाकिस्तान भ्रमणको बाटो सहज हुनेछ।'

बंगलादेशले समस्याग्रस्त आमनिर्वाचनका कारण उत्पन्न सुरक्षाको खराब अवस्थाका बाबजुद फेबु्रअरी–मार्चमा एसिया कप तथा मार्च–अप्रिलमा ट्वान्टी–२० विश्वकप गरेको स्मरण गर्दै उनले पाकिस्तान पनि सबैखाले प्रतियोगिता सुरक्षित रूपमा गर्न सक्षम रहेको दाबी गरे।

'बंगलादेशमाथि पनि शंका गरिएको थियो। तर, दुवै प्रतियोगिता बिनाकुनै समस्या भव्य रूपमा सम्पन्न भए,' हकले भने।

उनले भर्खरै सम्पन्न विश्वकपमा आइसिसीले एसोसिएट्सलाई राख्ने निर्णय लिँदा साना देशले पनि आफूलाई प्रमाणित गरेको दाबी गरे। 'विश्वकपलाई छनोट हुने ६ एसोसिएटमध्ये चार एसियाका थिए। यसर्थमा एसिया क्रिकेटमा सबैभन्दा तीब्र गतिमा विकास गर्ने महादेश हो,' उनले भने, 'नेपालले ट्वान्टी–२० विश्वकपमा निकै राम्रो प्रदर्शन गर्‍यो। हङकङले बंगलादेशलाई हराउनु अर्को सुखद नतिजा थियो। यसर्थमा हामीले एसियाकै साना देशलाई पनि अगाडि बढाउनु छ।'
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।