22 Chaitra, 2076 | April 04, 2020
Menu

खेल

अवे गोलमा चेल्सीको भाग्य

(0 votes)
अवे गोलमा चेल्सीको भाग्य
पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि अन्तिम चार प्रवेश गर्‍यो। पहिलो लेग फ्रान्समा ३–१ ले पराजित भए पनि मंगलबार स्टामफोर्ड ब्रिजमा चेल्सीले २–० को जितका साथ पुनरागमन जनायो।
दुवै लेगको समग्र नतिजा ३–३ को बराबर भए पनि पहिलो लेगमा गरेको अवे गोलको फाइदा उठाउँदै चेल्सी पछिल्लो ११ वर्षमा सातौंपटक सेमिफाइनल पुग्न सफल भयो। बाले मंगलबार अन्तिम समयमा निर्णायक गोल गरे। 
पहिलो लेगको जित पेरिस सेन्ट जर्मेनलाई पर्याप्त नहुँदा अघिल्लो लेग ३–० ले जितको रियालले पनि जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई पछि पार्दै अघि बढ्न निकै संघर्ष गर्नुपर्‍यो। जर्मन टोलीले मंगलबार दोस्रो लेग मार्को रिउसको दुई गोलमा २–० ले आफ्नो पक्षमा पारेको थियो। 
तीन फरक क्लबबाट च्याम्पियन्स लिग जित्ने लक्ष्यमा रहेका चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले पनि मंगलबार निकै संघर्षपछि नतिजा निकालेका थिए। ६ दिनअघि फ्रान्सेली राजधानीमा बेहोरेको हारबाट खेल मोड्ने कठिन लक्ष्यमा माउरिन्होले खेल सुरु भएको १८ मिनेटमै चोटका कारण आक्रमणका मुख्य खेलाडी इडिन हाजार्डलाई गुमाउनुपरेको थियो। हाजार्डलाई आन्द्रे सुरलले स्थानान्तरण गरे। त्यसो त विपक्षीलाई पनि चोटका कारण स्टार फरवार्ड याल्टन इब्राहिमोभिचको साथ थिएन। 
हाजार्डको अनुपस्थिति पुर्न मैदान छिरेका जर्मन विङ्गर र सुरलले ३२औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएर पुनरागमनको संकेत गरे। जसमा बाले समय सकिन तीन मिनेट बाँकी रहँदा चेल्सीलाई आवश्यक अर्को निर्णायक गोल गरेर सेमिफाइनलयात्रा पक्का गराए। 
पहिलो लेगमा दुई गोलले पछि परिसकेपछि सेमिफाइनल पुग्नेमा कममात्र आशा राखेका चेल्सी प्रशिक्षक माउरिन्होले दोस्रो लेगको सफलतालाई मिहिनेतको हकलाग्दो परिणामका रुपमा वयान गरे। ‘रक्षात्मक प्रदर्शनको प्रयास गर्ने टोलीले त्यसको सजाय पायो। मनदेखि सफलताका लागि खेलेको टोलीले अघि बढ्न हक राख्छ,' माउरिन्होले भने। 
माउरिन्होले आफूले हकलाग्दो नतिजा ल्याएको दाबी गरिरहँदा पेरिस सेन्ट जर्मेनका प्रशिक्षक लाउरेन्ट ब्लांकले भने आफ्ना खेलाडीलाई भाग्यले साथ नदिएको प्रतिक्रिया दिए। ‘हामीले थुप्रै खतरनाक मौका पाएका थियौं, तर उपयोग गर्न सकेनौं। मेरो विचारमा दुई टोलीको प्रदर्शनमा खास अन्तर थिएन। भाग्यमा मात्र हामी पछि पर्‍यौं,' ब्लांकले भने। 
चेल्सी पछिल्ला तीन सिजनमा दोस्रोपल्ट च्याम्पियन्स लिग जित्ने सम्भावनामा कायम रहँदा माउरिन्होको पूर्वक्लब रियालले पनि सधैंझै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। माउरिन्हो सान्टियागो बेर्नाबेउमा पछिल्ला तीन वर्ष रहँदा रियाल हरेक पटक सेमिफाइनलससम्म पुगेको थियो। 
गत साता पहिलो लेगमा पाएको ३–० को जित रियाललाई यसपालि पनि सेमिफाइनल पुग्न पर्याप्त भयो। तर, दोस्रो लेगमा भोगेको पराजयले आफूहरूलाई ब्युँझाएको रियालका गोलकिपर इकर कासियासले बताए। ‘मेरो विचारमा दास्रो लेगमा आज भोगेको हार हाम्रा लागि फाइदाजनक भयो। यसले हामीलाई सही समयमा ब्युँझाएको छ। आगामी खेलमा यस्तो नतिजा भोग्नुपरेको भए त्यो हामीलाई महँगो सावित हुन सक्थ्यो,' कासियासले भने, ‘पहिलो लेगमा फराकिलो जित पाएकाले हुनसक्छ, आज हामी आफ्नै स्वाभाविक प्रदर्शनभन्दा पनि धेरै टाढा रह्यौं।'
डर्टमन्डका प्रशिक्षक योर्गान क्लोपले सेमिफाइनल पुग्न नसके पनि दोस्रो लेगको खेलबाट आफू पूरा सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘यो खेलको भिडियो संग्रह गरेर राख्नुपर्छ। पहिलो लेगमा ३–० ले हारे पनि फुटबलमा सम्भावना रहन्छ भन्ने कुराको यो खेलले प्रमाण दिएको छ। नतिजा उल्टाउन नसके पनि हामीले त्यसको पूरा प्रयास गरेका छौं र सम्भावना रहन्छ भन्ने देखाएका छौं,' क्लोपले भने।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।