Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

खेल

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

(0 votes)
पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई निराश पारेको छ।
आठ वर्षकै उमेरदेखि क्लबसँग आबद्ध कोकेको गोलमा १–० को विजय पाउँदै एट्लेटिको ४० वर्षमा पहिलोपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको सेमिफाइनल पुग्न सुरक्षित सफल भयो। अघिल्लो लेग १–१ को बराबरी खेलेका टोलीबीच बुधबार दोस्रो लेगको नतिजापछि एट्लेटिको २–१ को समग्र अन्तरमा अघि बढेको हो। 
एट्लेटिकोले स्पेनिस तथा युरोपेली फुटबलमा नयाँ शक्तिमा आफूलाई उभ्याउँदा साविक विजेता बायर्न म्युनिखले पनि सेमिफाइनल तय गरेको छ। म्यानचेस्टर युनाइटेडसँग पहिलो लेगमा १–१ को बराबरी खेलेको बायर्नले बुधबार ३–१ को नतिजा हात पारेको थियो। जर्मन बुन्डेसलिगाको उपाधि पक्का गरिसकेको बायर्न ४–२ को समग्र अन्तरमा सेमिफाइनल पुग्यो।
सेमिफाइनलका लागि शुक्रबार हुने ‘ड्र' मा बायर्न र एट्लेटिकोले युनाइटेडको प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सी र एट्लेटिकोको सहरी प्रतिद्वन्द्वी रियाल मड्रिडसँग भाग्य परीक्षण गर्नेछन्। 
बार्सिलोनामाथि पछिल्लोपल्ट चार वर्षअघि जित दर्ता गराएको एट्लेटिकोको जितमा बुधबार कोकेले पाँचौं मिनेटमा गरेको गोल पर्याप्त भयो। जारी सिजनमा कोकेको यो पहिलो गोल हो। स्पेनिस ला लिगाको त्रिकोणीय उपाधि प्रतिस्पर्धामा बार्सिलोना र रियाललाई पछि पार्दै शीर्ष स्थानमा रहेको एट्लेटिको बुधबार १५ मिनेटमा तीन गोलले माथि हुने अवस्था थियो। बार्सिलोनाका पूर्वस्ट्राइकर डेविड भियाका दुई प्रहार पोस्टमा लाग्दा टोली अग्रता फराकिलो पार्नबाट वञ्चित भयो। 
गत वर्ष क्लबको ऋण १७ करोड युरो नाघेको आधिकारिक पुष्टि हुँदा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले फाल्काओलाई ६ करोड युरोमा बेच्नुपरेको थियो। तर, एक वर्षको अन्तरमा बार्सिलोनामाथि विजय हासिल गर्दै च्याम्पियन्स लिगको सेमिफाइनल पुग्नुलाई उनले उल्लेखनीय सफलताका रूपमा बयान गरे। 
‘सेमिफाइनलमा पुग्ने अरु टिम एट्लेटिको मड्रिडभन्दा कमजोर हुने छैनन्। हामीले यो कुरा राम्ररी बुझेका छौं। तर, हामी ४० वर्षमा पहिलोपल्ट यो अवस्थामा पुगेका छौं। त्यसैले हामी यो उपलब्धिमा गौरव गर्छौं। साथमा योभन्दा माथि जान पूरा प्रयास गर्नेछौं,' ४३ वर्षे प्रशिक्षकले भने। 
एट्लेटिको र रियाल युरोपियन कपको एकैपटक सेमिफाइनल पुगेको यो दोस्रो पटक हो। यसअघि १९५९ मा पनि मड्रिडका यी दुई टोली सेमिफाइनल पुगेका थिए। यसैगरी एकै सहरका दुई टोली च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको भने यो चौथो पटक हो। यसअघि २००३ मा एसी मिलान र इन्टर मिलान, २००९ मा लन्डनका आर्सनल र चेल्सी पनि सेमिफाइनल पुगेका थिए। 
अर्को खेलमा बल पोजेसन बायर्नले आफ्नो पक्षमा राखे पनि फ्रान्सेली रक्षक प्याटि्रस इभ्राले लामो दुरीबाट गरेको गोलमा युनाइटेडले खेलमा अग्रता लिएको थियो। तर, तत्कालै वायर्नका लागि मारियो मान्डजुकिकले बराबरी गोल गरेर युनाइटेडको खुसी धेरैबेर टिक्न दिएनन्। थोमस मुलर र आर्येन रोवेनले गोल थपेपछि वायर्नको सेमिफाइनलयात्रा सहज बन्यो।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।