Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

खेल

नेपालको अर्को हार

(0 votes)
काठमाडौं– झन्डै तीन साताको फरकमा नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो पटक मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा पराजित भएको छ। कतारको दोहामा शुक्रबार फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल नेपालले ३–० ले गुमाएको छ।
दोहामा चैत ११ गतेको मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो। दुई बर्षमा फिलिपिन्ससँग नेपालको यो दोस्रो हार हो। त्यति बेलाको मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो। 
शनिबार पहिलो हाफमा नै नेपाल २–० ले पछि परेको थियो। क्रुट डिजोनले १५ औं मिनेटमका पहिलो र मार्टिनन मार्कुसले ३१ औं मिनेटमा अर्को गोल थपे। अन्तिम मिनेटमा रुविन डोक्ट्राले गोल गरेपछि नेपाल ३–० ले पराजित भएको थियो। 
नेपाली टोलीले पछिल्ला ४ खेल जित्न सकेको छैन। भदौमा काठमाडौंमा भएको साफ च्याम्पियसिपको सेमिफाइनलमा अफगानिस्तानसँग टाइब्रेकरमा पराजित भएयता नेपालले खेलेका तीनवटा मैत्रीपूर्ण खेल गुमाएको छ। साफ च्याम्पिनसिपमा भारतलाई २–१ ले हराएको नेपालले त्यहि टोलीविरुद्ध मंसिर ४ को मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो। त्यसयता नेपाल यमन र फिलिपिन्ससँग पराजित भएको हो।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।