Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

खेल

आरसिटीले फुटबललाई निरन्तरता दिने

(0 votes)
काठमाडौं– शहिद स्मारक ‘ए' डिभिजनबाट यसैवर्ष घटुवामा परेपछि फुटबलमा रानीपोखरी कर्नर टिम (आरसिटी) को उपस्थितीप्रति उत्पन्न अन्योल चिर्दै क्लबले शनिबार आगामी दिनमा खेललाई निरन्तरता दिने निर्णय गरेको छ।
शनिबार सम्पन्न क्लबको आठौं साधारण सभाले घरेलु फुटबलमा लगातार सहभागिता जनाउने निर्णय गरेको सचिव राजु शाहीले जानकारी दिए। महंगिदै गएको फुटबल थेग्न नसक्ने भन्दै क्लबमा पछिल्लो वर्ष ‘खेल्ने कि नखेल्ने' भन्नेमा लामो वहस भएको थियो। अन्तिम समयसम्म एक वर्षका लागि फुटबल खेल्ने निर्णय भएपछि टोलीले यो वर्षको ‘ए' डिभिजन लिगमा सहभागिता जनाएको थियो। अन्तिमसम्म निर्णय लिन नसक्दा विनातयारी लिगमा उत्रँदा आरसिटी रेलिगेसनमा परेको थियो। रेलिगेसनमा परेपछि झन आरसिटीले अव सधैका लागि फुटबल त्याग्ने आशंका बढेको थियो। 
‘अघिल्लो साधारण सभाबाट एक बर्ष फुटबल खेल्ने म्यान्डेड थियो। यसपाली आउने वर्षमा सहभागिता जनाउँदै जाने निर्णय भएको छ। यसले आगामी दिनको बाटो तय गर्न मद्दत गर्‍यो,' शाहीले भने। शाहीले फुटबलप्रतिको लगावका कारण क्लबले थुप्रै समस्याका बावजुद पनि निरन्तरताको निर्णय गरेको बताए। आरसिटीले अर्को वर्ष ‘बी' डिभिजन लिग खेल्नेछ। ‘यसपटक साधारण सभाले कुनै शर्त राखेको छैन। क्लबले खेल्नु पर्ने प्रतियोगितामा भाग लिनेछ,' शाहीले थपे। 
गत वर्ष चैत १७ मा बसेको विशेष साधारण सभाले एक वर्षको लागि फुटबल खेल्ने र त्यसपछि अवस्था हेरी आवश्यक कदम चाल्ने निर्णय गरेको थियो। फुटबल खेल्नका लागि ठूलो आर्थिक भार पर्ने जनाउँदै साधारण सभाले त्यति बेला एक वर्षकोमात्र म्यान्डेड दिएको थियो। 
आरसिटी गत महिना ‘ए' डिभिजन लिगबाट घटुवामा परेको थियो। खेल्ने नखेल्ने अन्योलका कारण त्यसअघि ‘ए' डिभिजन क्लबका लागि अनिवार्य गरिएको नकआउट प्रतियोगिता एनसेल कप नखेलेका कारण कारवाही स्वरुप लिगमा आरसिटीको तीन अंक कट्टा गरिएको थियो। 
‘त्यो तीन अंकले हामीलाई निकै घाटा पर्‍यो। रेलिगेसनमा पर्नुको एउटा कारण त्यो पनि हो,' सचिव शाहीले भने, ‘त्यसैलाई मनन गरेरसर्वसम्मतिले आउने वर्षमा फुटबल खेल्ने निर्णय गरियो।' उनले आर्थिक विषयमा भने साधारण सभाले छुट्टै कुनै निर्णय नगरेको जनाए। ‘कति आवश्यक पर्छ खर्च गर्दै जाने। फुटबलको लागि भनेर बजेट छुट्टाइएको छैन।'
आठ दशक भन्दा पुरानो क्लब आरसिटीले छ पटक ‘ए' डिभिजन लिगको उपाधि जितेको छ।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।