Friday 19 Ashad, 2077 | July 02, 2020
Menu

खेल

लिभरपुलको महत्वपूर्ण जित

  • सोमबार १ बैशाख, २०७१
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
लिभरपुलको महत्वपूर्ण जित
लन्डन– लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड बलियो पार्ने क्रममा अर्को दाबेदार म्यानचेस्टर सिटीलाई आइतबार ३–२ ले हराएको छ।
लिगमा लगातार दसौं जितपछि लिभरपुल शीर्ष स्थानमा थप मजबुद बनेको छ। फिलिपे काउटिन्होले खेल सकिन १२ मिनेट बाँकी रहँदा गरेको गोलमा लिभरपुलको जित निश्चित भएको थियो। पहिलो हाफमै लिएको २–० को अग्रतालाई लिभरपुलले जोगाउन सेकन।
रहिम स्टर्लिङले छैटौं र मार्टिन स्कर्टेलले २६ औं मिनेटमा गोल गरेपछि लिभरपुल पहिलो हाफमा २–० ले अघि बढेको थियो। दोस्रो हाफमा सिटीले दवाव बढाउँदै लग्यो। त्यही क्रममा ५७ औं मिनेटमा डेभिड सिल्भाले गोल गरे भने ६२ औं मिनेटमा ग्लेन जोन्सनको आत्मघाती गोलमार्फत खेलमा २–२ को बराबरी भएको थियो।
सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लियर गर्न नसकेको बल काउटिन्होले गोलकिपर जोय हार्टलाई समेत छक्काउँदै गोलमा परिणत गरेपछि लिभरपुलको जित पक्का भयो।
जितपछि शीर्ष स्थानको लिभरपुलको ७७ अंक पुगेको छ, दोस्रो स्थानको चेल्सीको ७२ अंक छ। लिभरपुलभन्दा २ खेल कम खेलेको तेस्रो स्थानको सिटीको ७० अंक छ।
एभर्टनले शनिबार पुछारको सन्डरल्यान्डमाथि १–० को विजय हासिल गर्दै इङलिस प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।
एभर्टनको जितले आर्सनल भने चौथो स्थानबाट पाँचौंमा झरेको छ। गत सप्ताहन्तमा आर्सनललाई ३–० को नतिजामा हराएको रोवर्टो मार्टिनेजको टोलीले सन्डरल्यान्डमाथि अग्रता लिन भने शनिबार ७५ मिनेटसम्म संघर्ष गर्नुपर्‍यो। म्यानचेस्टर युनाइटेडका पूर्व रक्षक वेस ब्राउनले जुरार्ड डिउलोफेउको क्रसलाई आफ्नै पोष्टमा गोल गरेपछि एभर्टनको जित निश्चित भएको थियो।
'सिजनको यस्तो अवस्थामा गोल नखाई जित हासिल गर्नु भनेको महत्वपूर्ण कुरा हो। हामीलाई जितका लागि कति मिहिनेत गर्नुपर्‍यो भन्दा पनि खेल सकिँदा तीन अंक हासिल गरेको कुराले बढि अर्थ राख्छ,' लगातार सात जित हासिल गरेपछि एभर्टन प्रशिक्षक मार्टिनेजले भने। एभर्टनले यसअघि १९८७ मा उपाधि जित्दा यस्तै लगातार सात जित हासिल गरेको थियो।
हिल्सब्राउ दूर्घटनाको २५ औं वर्षको सम्झनामा खेल एक मिनेटको मौन धारणपछि सुरु गरिएको थियो। नटिङघम फरेस्ट विरुद्धको एफए कप सेमिफाइनल दौरान शेफिल्ड वेनस्डेको प्यारापिट खस्दा त्यहाँ बसेका ९६ लिभरपुल समर्थकले ज्यान गुमाएका थिए।
शनिबारै हथोर्नमा वेस्ट ब्रोमले सुरुमा ३–० को अग्रता लिए पनि टोटेनह्यामसँग ३–३ को बराबरीमा चित्त बुझायो। माटेज भाइद्राले पहिलो मिनेटमै अग्रता दिलाएको वेस्ट ब्रोमका लागि क्रिस ब्रुन्टले चौथो मिनेटमा दोस्रो गोल गरे भने ३१ औं मिनेटमा स्टेफन सेसेग्ननले गोल गर्दै टोलीलाई तीन गोलले अघि बढाए। तर, टोटेनह्यामले उत्कृष्ट पुनरागमन जनाएको खेलको ३४ औं मिनेटमा आरोन लेननको बल जोनास ओल्सनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो। भ्रमणकारी टोटेनह्यामले ह्यारी कानेको गोलमा समय सकिन २० मिनेट बाँकी रहँदा खेल ३–२ को अवस्थामा ल्यायो। इन्जुरी समयमा क्रिस्टियन इरिक्सनले गोल गरेपछि टोटेनह्याम अंक बाढन सफल भयो।
प्रिमियर लिगमा शनिबारै सम्पन्न अन्य खेलमा स्टोक सिटीले इरिक पिटर्सको गोलमा न्युक्यासलमाथि १–० को विजय हासिल गर्दा कालाको गोलमा कार्डिफले साउथह्याम्पटनलाई १–० कै अन्तरमा पराजित गर्‍यो। यसैगरी फुलह्यामले नर्विच तथा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई पनि १–० कै अन्तरमा हराए। फुलह्यामको जितमा हुगो रोडालेगाले गोल गरे भने क्रिस्टल प्यालेका लागि जेसन पन्चेनले गोल गरेका थिए।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।