Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

खेल

डेम्बा फेरि नायक

  • मङ्गलबार २ बैशाख, २०७१
  • एपी
  • DISQUS_COMMENTS
(0 votes)
लन्डन– इङलिस प्रिमियर लिग उपाधि दौडमा मुख्य दावेदार म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले आफ्नो सम्भावना बलियो बनाएको आइतबारको दिन अर्को दावेदार चेल्सीले पनि विजय हासिल गरेको छ।

चेल्सीले डेम्बा बाको गोलमा स्वान्सीमाथि १–० को जित दर्ता गराउँदै उपाधि जित्ने सम्भावना कायम राख्यो। आइतबारका नतिजापछि ३४ खेलको समाप्तीमा लिभरपुल ७७ अंकका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको चेल्सीले ७५ अंक जोडेको छ। दुई खेल कम खेलेको सिटीको खातामा भने ७० अंक छ।
अधिकांसजसो खेल १० जनामा सीमित भएर टुंगाउने गरेको स्वान्सीको नियति आइतबार पनि त्यस्तै रहयो। १६ औं मिनेटमा चिको फ्लोरसले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि टोलीले अन्तिम ७४ मिनेट १० जनामा सीमित भएर खेल्यो। तर, अवे मैदानमा विपक्षी एक खेलाडी कम भए पनि चेल्सीले त्यसको फाइदा उठाउन सकेन। गोलका लागि निकै संघर्ष गर्नुपरेको टोलीका लागि ६८ औं मिनेटमा बाले गोल गरे। पेनाल्टी बक्सको छेवैबाट बाले वायाँ खुट्टाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो। मंगलबार च्याम्पियन्स लिग क्वाटर फाइनलको दोस्रो लेगथमा पेरिस सेन्ट जर्मेमविरुद्ध पनि बाले नै अन्तिम समयमा निर्णायक गोल गर्दै चेल्सीलाई सेमिफाइनलको बाटो देखाएका थिए। 
चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले आफ्नो टोलीका लागि यसपाली प्रिमियर लिगको उपाधि जित्नु कठिन भइसकेको स्विकार्दै भने, 'व्यवहारिक रुपमा हामी उपाधि दौडमा छैनौं। तर, फुटबलमा जे पनि सम्भव छ। त्यसैले अन्तिम अवस्थासम्म हामी प्रयास जारी राख्नेछौं। आजको जित त्यो प्रयासका लागि महत्वपूर्ण थियो।'
हल फाइनलमा
उता वेम्बलीमा हल सिटीले तेस्रो डिभिजनको शेफिल्ड युनाइटेडमाथि ५–३ को विजय हासिल गर्दै एफए कपको फाइनलमा स्थान पक्का गरेको छ। फाइनलमा हलले आर्सनलको सामना गर्नेछ। आर्सनलले अघिल्लो दिन साविक विजेता विगानमाथि टाई–ब्रेकरमा विजय हासिल गरेको थियो। 
क्लबको १ सय १० वर्षको इतिहासमा पहिलो पटक एफए कपको फाइनल पुग्नका लागि हलले वेम्बलीमा शनिबार दुई पटकसम्म पछि पर्नाका बावजुद खेलमा पुनरागमन जनाएको थियो। 
हलका प्रशिक्षक स्टिभ ब्रुसले फाइनलमा आर्सनलसँग खेल्नुपर्ने भए पनि आफूहरु कुनै दवावमा नरहेको बताएका छन्। 'फाइनलमा दवाव आर्सनलमा हुनेछ। उनीहरुले वर्षौदेखि कुनै उपाधि जित्न सकेका छैनन्,' ब्रुसले भने, 'ठूलो खेलमा जहिले पनि दावेदारलाई दवाव हुन्छ। हामी त अन्डरडग हौं।'
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।