Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

एनपिजिए टुर आजबाट

(0 votes)
काठमाडौं– सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०१३–१४ सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबार गोकर्ण गल्फ क्लबको कोर्समा सुरु हुनेछ। 
चारदिने प्रतियोगितामा ७२ होलमा प्रतिस्पर्धा गराइने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ। ३४ व्यावसायिक तथा १७ एमेच्योर खेलाडी सहभागी रहने प्रतियोगिताको अन्तिम दुई चरणलाई कटमा २१ शीर्ष व्यावसायिक खेलाडकिो छनोट गरिनेछ। पहिलो ३६ होलको खेल समाप्तिसँगै कट हुनेछ। 
५ लाख १४ हजार ५ सय रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता विजेताले ९५ हजार र उपविजेताले ६० हजार पाउने छन्। तेस्रो हुनेले ४४ हजार पाउने प्रतियोगिताको कटमा सफल हुने सबै व्यावसायिक खेलाडी नगद पुरस्कारको भागिदार बन्नेछन्।